होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, अशोज २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चितवनमा डेंगु संक्रमितको संख्या हजार नाघ्यो
समाचार

चितवनमा डेंगु संक्रमितको संख्या हजार नाघ्यो

  • नागरिक रैबार
चितवनमा डेंगु संक्रमितको संख्या हजार नाघ्यो

यो पटक भरतपुर महानगर क्षेत्र डेंगुबाट अत्याधिक प्रभावित भएको छ । निरीक्षक केसीका अनुसार भरतपुरमा मात्रै डेंगु भएकाहरुको संख्या आठ सयको हाराहारीमा छ । महानगरको बजार क्षेत्रमा पर्ने एक, दुई, तीन, चार, १०, ११ र १२ डेंगुबाट प्रभावित वडाहरु भएको उनले बताए । नौ वर्षअघि सन् २०१० मा चितवनमा ७ सय ३९ जनामा डेंगु फेला परेको थियो । यो वर्ष त्यो संख्या पार भएको छ ।

डेंगु गराउने लामखुट्टेले जमेको सफा पानीमा अण्डा पार्छ । पाँच एमएल पानी जमे पनि त्यसमा एडिजले अण्डा पार्ने भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले बताए । ‘पुराना टायर, एसी, कुलर, ट्याङ्की जस्ता ठूला भाँडा र दियो, अण्डाको फुटेको बोक्राको सानो कप्टेरो, गमलाको पिँधमा राखेको प्लेटमा थोरै पानी जमेको छ भने पनि एडिजले अण्डा पार्छ,’ केसीले भने । त्यसैले पानी जम्न नदिनु एडिज नियन्त्रण गर्ने मुख्य उपाय हो ।

निजामती दिवसको अवसर पारेर शनिबार बिहान नारायणगढको कमलनगर क्षेत्रमा डेंगु विरुद्धको सचेतना र्‍याली निस्कियो । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको अगुवाइमा निस्केको र्‍यालीले पानी जम्ने सम्भावित क्षेत्रको पनि खोजविन गर्‍यो । ‘टायर र अन्य साना/ठूला भाँडामा जमेको पानीमा लामखुट्टेका प्रशस्तै लार्भा सल्बलाइ रहेको देख्नु पर्‍यो,’ प्रमुख जिल्ला अधिकारी बस्नेतले भने ।

विज्ञापन

कमलनगर र पुलचोक क्षेत्र डेंगुबाट बढी प्रभावित क्षेत्र हो । त्यही क्षेत्रमा लामखुट्टे निर्मूल गर्ने अभियान राम्रोसँग सञ्चालन नभएको देखियो । स्वास्थ्य सेवा विभागको इमिडोमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछाने अहिले चितवनमा खटिएका छन् । डेंगु रोग नियन्त्रण गर्न भइरहेका कामहरुको अनुगमन गर्ने जिम्मेवारी उनको हो ।

‘डेंगु लागेपछि उपचार प्रमुख कुरा हो । तर रोग नै लाग्न नदिनका लागि एडिजका लार्भा खोज्ने र नष्ट गर्ने अभियान मुख्य हो । चितवनमा पुराना रेकर्डहरु पार गरेर डेंगु फैलिएको छ । हामीले उपचार व्यवस्थापन सँगै लार्भा खोज्ने र नष्ट गर्ने कामलाई पनि जोड दिनु पर्छ,’ जनस्वास्थ्य अधिकृत लामिछानेले भने । यो काममा महानगरले वडा कार्यालाय, टोल विकास संस्था, दल र नागरिक समाजलाई परिचालन गरेको उनले बताए ।

त्यसैले केही समयपछि डेंगु नियन्त्रणमा आउनेमा उनी आशावादी छन् । पानी पर्ने र गर्मी मौसम कायमै रहेको हुँदा सचेतना नपनाए डेंगु झनै फैलने खतरा रहन्छ । पछिल्ला वर्षहरुमा दसैं/तिहारसम्म अर्थात असोज र मध्य कात्तिकसम्म पनि डेंगुले दुःख दिएको इतिहास रहेको चितवन स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केसीले बताए । सन् २०१० यता तीन तीन वर्षको फरकमा चितवनमा डेंगुले महामारीको रुप लिने गरेको छ ।

परीक्षण शुल्कको अनुगमन
उच्च ज्वरोसँगै चिकित्सकले अन्य दुई खास लक्षणहरु टाउको दुख्ने, बान्ता आउने, शरिरमा डाबरहरु देखेमा डेंगुको उपचार गर्न सक्ने विश्व स्वास्थ्य संगठनको प्रवधान छ । तर बिरामीहरु प्रयोगशाला परीक्षणबाटै डेंगु भए/नभएको प्रष्ट हुन चाहने गर्दछन् । सरकारी अस्पतालमा डेंगुको निःशुल्क परीक्षण हुन्छ । तर परीक्षण किट पर्याप्त छैन । निजी अस्पतालले चर्को शुल्क लिएको गुनासो बढेपछि प्रशासनले कडाइ गरेको छ ।

‘बिहीबार मात्रै हामीले निजी अस्पतालहरुलाई बोलाएर बैठक राखेका छौं । खरिद मूल्यभन्दा १० प्रतिशत मात्रै बढी शुल्क लिन पाउने निर्णय गरेका छौं । मूल्यमा सकेसम्म एकरुपता ल्याउनु होला भन्ने हाम्रो अनुरोध छ,’ चितवनका प्रमुख जिल्ला अधिकारी बस्नेतले भने । मुल्यका सम्बनधमा अनुगमन सुरु भएको चितवन जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दीपककुमार तिवारीले बताए ।

चितवनमा डेंगुसँगै स्क्रब टाइफसको समस्या पनि छ । मुसाको कानमा हुने साना भुसुना/किर्नाका कारणले स्क्रब टाइफस हुन्छ । जसको धेरै लक्षण डेंगुसँगै मिल्दो छ । स्वास्थ्य कार्यालयका प्रमुख तिवारीका अनुसार चितवनमा डेंगुका कारण हालसम्म एकजनाको निधन भएको छ । त्यसै गरी एकै व्यक्तिलाई डेंगु र स्क्रब टाइफस दुवै भएर एकजनाको ज्यान गएको छ । स्क्रब टाइफसले मात्रै दुईजनाको मृत्यु भएको उनले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार