होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सुदूरपश्चिम प्रदेश सरकारले खरिद गरेका १६ वटा एम्बुलेन्स बुधवार वितरण गरिएको छ । सवा ६ करोड बजेटमा प्रदेश सरकारले १६ वटा अत्याधुनिक एम्बुलेन्स खरिद गरेको थियो।गत साउनको अन्तिम साता खरिद गरिएको एम्बुलेन्स झन्डै तीन महिना पछि बुधवार वितरण गरिएको हो ।कैलालीको सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली अस्पताल लगाएत पहाडी अन्य जिल्लाहरूमा ४ वटा सम्म […]
डडेल्धुरा पुगेर १७ औं अनशन बसेक डा.गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिन थालेको छ। केसीले अनसन सुरु गरेको तेस्रो दिनमै स्वास्थ्यमा समस्या देखिन थालेको चिकित्सकहरुले बताएका छन्। रक्तचाप निकै कम हुादा केसीलाई रिंगटा लाग्ने समस्या सुरु भएको हो। डडेलधुरा अस्पतालका प्रमुख डाक्टर जितेन्द्र काडेलले भने, पहिलो र दोस्रो दिनको तुलनामा केसीको स्वास्थ्य अवस्था कमजोर बनेको बताए। […]
काठमाडौं : सत्तारुढ दलका नेताले नै भारतीयले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि भारत भनी देखाएको भन्दै आपत्ति प्रकट गरेका छन्। नेकपाका स्थायी समिति सदस्य भिम रावलले ट्विट गर्दै नेपालको लिम्पियाधुरा लिपुलेक क्षेत्र भारत सरकारले नक्शामा भारतीय भूमी भनी देखाएको प्रति आपत्ति जनाएका छन्। उनले नेकपा स्थायी कमिटीको र सर्बदलीय बैठक बोलाउनुका साथै कूटनीतिक माध्यमबाट तत्काल […]
कार्तिक २० । भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग अतिक्रमण गरेको भन्दै आज नेपाल मजदुर किसान पार्टीले भक्तपुरमा विरोध र्यालि निकालेको छ । भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई गएको शनिबार भारतले सार्वजनिक गरेको […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीका सशस्त्र प्रहरी निरिक्षक सहित तीन प्रहरी विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज सशस्त्र प्रहरी बल बिओपी भजनीका सशस्त्र प्रहरी निरिक्षक रबिन्द्र कार्की, सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञानबहादुर चौधरी र सशस्त्र प्रहरी जवान रतिराम चौधरी विरुद्ध विशेष अदालथमा आरोपत्र दायर गरिएको जनाएको छ। सशस्त्र प्रहरी […]
बझाङमा सशस्त्र द्धन्द्धका बेला बारीमा लुकाएर राखेको सकेट बम फेला परेको छ। जिल्लाको बुंगल नगरपालिका वडा नम्बर ६ दानतोलीमा द्धन्द्धकालमा खेतबारीमा लुकाई राखेको अवस्थामा सकेट बम फेला परेको प्रहरीले जनाएको छ। कालो प्लाष्टिकको बाल्लीटनमा बारीमा लुकाईछिपाई राखेको सकेट बम फेला परेको संग्राम सार्दुल गुल्म पानकोट बझाङका मेजर तारा बहादुर खड्काले जानकारी दिए। बुंगल नगरपालिका वडा […]
नागरिक रैबार/बाजुरा २० कार्तिक। सुदूरपश्चिम प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीलाई नेपाल कृषि तथा भेटेरिनरी प्राविधिक हकहित संरक्षण समिति बाजुराका प्राविधिकहरुले प्राविधिकको समस्याका बारे ध्यानाकर्षण गराएका छन् । बुधबार कृषि मन्त्री चौधरीलाई ध्यानाकर्षण पत्र मार्फत बाजुरा जिल्ला भित्रका सम्पूर्ण कृषकहरुलाई आवस्यक पर्ने प्राविधिक सेवा प्रभावकारी रुपमा संचालन गर्न स्थानीय निकाय संग समन्वय […]
सुदूरपश्चिम प्रदेश सरकारले खरिद गरेका १६ वटा एम्बुलेन्स झण्डै तीन महिना पछि वितरण गर्ने तयारी गरेको छ। गत साउनको अन्तीम साता अत्याधुनिक १६ वटा एम्बुलेन्स खरिद गरिएको भएपनि झण्डै तीन महिना पछि वितरण गर्ने तयारी भएको हो। प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले २० गते एम्बुलेन्स वितरण गर्ने तयारी भईरहेको बताए। सुरुवातमा दशैं अगाडी […]
काठमाडौं– आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ। निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो। कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य तथा […]
कार्तिक १० । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका आमन्त्रित सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराई नरके चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताए […]
अछाम ९ कात्तिक। अरिंगालको टोकाइबाट अछाममा एकजनाको ज्यान गएको छ । जिल्लाको ढकारी गाउँपालिका–८ घोडासैनका ८४ वर्षीय धर्मे जैसीको ज्यान गएको हो । घर नजिकैको घारमा रहेको अरिंगालको समूह आएर टोकेपछि जैसीको ज्यान गएको हो । शुक्रबार बिहान ९ बजे जैसीलाई अरिंगालले टोकेको थियोे ।
९ कात्तिक, काठमाडौं । संस्थागत (निजी) विद्यालयले १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने कानून शैक्षिक सत्र शुरु भएको छ महिनासम्म पनि कार्यान्वयन हुन सकेको छैन । वैशाखदेखि नयाँ शैक्षिक सत्र शुरु हुन्छ । शिक्षा नियमावलीमा जेठ १५ गतेसम्म संस्थागत विद्यालयका विभिन्न समूहले पाउने छात्रवृत्तिको निर्णय गरी सम्बन्धित स्थानीय तहको शिक्षा शाखामा पेश गर्नुपर्ने व्यवस्था छ । […]
नागरिक रैबार/ बाजुर ८ कार्तिक । समाजसेवी तथा राजनीतिज्ञ कविता कुमारी बुढा (विष्ट) एजेन्सी म्यानेजरलाई आइएमई लाइफ इन्स्योरेन्स कम्पनी बाजुरा शाखाले गत असार महिनाको स्किम वितरण स्वरुप मोटरसाईकल प्रदान गरेको छ । आईएमई लाईफ इन्सोरेन्स कम्पनि बाजुरा शाखाका प्रमुख गोपालराज उपाध्याय र कम्प्युटर अपरेटर धनसिंह विकले बुधबार समाजसेवी एंव राजनीतिज्ञ विष्टलाई मोटर साईकल प्रदान गरेका […]
कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । शुक्रबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान शुक्रबारदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक ९ गते शनिबार परेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।यसैगरी धनवन्तरी […]
काठमाडौं । सर्वोच्च अदालतले पूजा बोहोरा बलात्कार प्रकरणमा घटनाको आठ वर्षपछि सागर भट्ट र अम्मरराज अवस्थीलाई दोषी ठहर गरेको छ। उच्च अदालत महेन्द्रनगरको फैसला उल्ट्याउँदै बिहीबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र हरि फुँयालको संयुक्त इजलासले उनीहरुलाई बलात्कारी ठहर गरेको हो। जिल्ला अदालत बैतडीकोको फैसला उल्ट्याउँदै उच्च अदालत महेन्द्रनगरले यी अभियुक्तले सफाई पाउने फैसला सुनाएपछि घटना […]
जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाका वडाध्यक्ष वीरेन्द्रबहादुर चन्दसहितको वडा कार्यालयको टोलीले आफनो वडामा भएका सम्पूर्ण वृद्ध तथा एकल महिलालाई घरमै पुगेर वृद्ध तथा एकल महिला भत्ता वितरण गर्न थालेका छन्। वडामा रहेका वृद्धवृद्धा तथा एकल महिलालाई वडा कार्यालयसम्म आएर वृद्ध तथा एकल महिला भत्ता लिन गाह्रो भएको भन्ने खबर आएपछि आफूहरुले सो कदम […]
काठमाडौं । नेपालबाट भारतको राजधानी नयाँदिल्ली जाँदै गरेको बस लखनउमा दुर्घटना हुँदा दुई दर्जनभन्दा बढी यात्री घाइते भएका छन् । घाइते हुनेमा अधिकांश नेपाली नागरिक रहेको बताइएको छ । आइतबार बिहान भारतको उत्तरप्रदेश राज्यको राजधानी लखनउस्थित इकाना स्टेडियम नजिकै ट्रकसँग ठोक्किएर उक्त बस दुर्घटना भएको हो । घाइतेहरुलाई लोहिया अस्पताल भर्ना गरिएको र उनीहरुको अवस्था […]
काठमाडौं : निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी भनिएकी संघीय संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले मनोवैज्ञानिक र मानसिक दबाबमा आफूले प्रहरीमा उजुरी दिएको खुलासा गरेकी छन्। एपीवान टेलिभिजनसँगको कुराकानीमा शाहीले यस्तो खुलासा गरेकी हुन्। ‘असोज १७ गतेको किटानी जाहेरी निवेदन मलाई बाध्य पारेर लेख्न लगाई दर्ता गराइएको हो’, कुराकानीमा उनले भनेकी छन्, ‘असोज १७ […]
काठमाडौं जिल्ला अदालतले संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गर्न खोजेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न अझै पाँच दिन म्याद थप गरेको छ। जिल्ला न्यायाधीश बाबुराम सुवेदीको इजलासले सरकारी वकिल र महराका वकिलहरूको बहस सुनेपछि यस्तो अनुमति दिएको जिल्ला अदालत काठमाडौंका स्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी दिए। महराको बयान लिन बाँकी रहेकाले पाँच दिन म्याद थप […]
काठमाडौं : म्यान्माको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार बिहान जापान जाँदै छिन्। थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल राति जापान पुग्नेछ । जापानी सम्राट् नारुहितोको राज्याभिषेकमा सहभागी हुन भण्डारी जापान जान लागेकी हुन् । नेपाली प्रतिनिधिमण्डलको टोली कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ । नारुहितो कस्ता छन् ? ५९ बर्से नारुहितो दोस्रो विश्व युद्धपछि जन्मेका पहिलो […]