होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • राष्ट्रपति भण्डारी जापान जाँदै
राजनीति

राष्ट्रपति भण्डारी जापान जाँदै

  • नागरिक रैबार
राष्ट्रपति भण्डारी जापान जाँदै

काठमाडौं : म्यान्माको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार बिहान जापान जाँदै छिन्। थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल राति जापान पुग्नेछ ।

जापानी सम्राट् नारुहितोको राज्याभिषेकमा सहभागी हुन भण्डारी जापान जान लागेकी हुन् । नेपाली प्रतिनिधिमण्डलको टोली कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

नारुहितो कस्ता छन् ?
५९ बर्से नारुहितो दोस्रो विश्व युद्धपछि जन्मेका पहिलो सम्राट हुनेछन्। यतिमात्र होइन उनी पहिलो सम्राट हुनेछन् जो पूर्णतया आफ्ना अभिभावक (आमबुवा) को काखमा मात्र हुर्किए।

विज्ञापन

उनी औपचारिक तवरबाट कुनै पनि विश्वविद्यालयमा अध्ययन गरी स्नातक हुने पनि पहिलो सम्राट बनेका छन्। यसका साथै उनी पहिलो जापानी सम्राट हुनेछन्, जसले विदेशमा उच्च शिक्षा हासिल गरेको छ।
जापानी इतिहासमा करिब २ सय वर्षयता कुनै सम्राटले गद्दी त्यागेको यो पहिलो अवसर हो र नारुहितो त्यसयता गद्दी त्यागपछि पिता जीवितै हुँदा राजगद्दी सम्हाल्ने पहिलो सम्राट बनेका छन् ।

नारुहितो अवकाश लिन लागेका सम्राट अकिहितोका ३ सन्तानमध्ये जेठा हुन्। जापानी राजपरम्पराअनुसार उनी धाईआमा, नर्स र शिक्षकहरूको छत्रछायाँमा हुर्किएनन्।  उनलाई साम्राज्ञी मिचिको आफैंले हुर्काइन्। साम्राज्ञी मिचिको राजपरिवार सर्वसाधारणसँग नजिकिन सामान्य जापानीले जस्तै नारुहितोका लागि आफैं खाजा बनाएर स्कुल पठाउने गर्थिन्।

मध्यकालीन युरोपेली जल यातायात विषयको विद्यार्थीका रूपमा नारुहितोले अक्सफोर्ड विश्वविद्यालयमा २ वर्ष अध्ययन गरेका छन्। उनले अक्सफोर्डमा पढ्दाको समय जीवनकै सबैभन्दा रमाइला क्षण भनेर बताउने गरेका छन्।

परिवारप्रति समर्पित

नारुहितो आफ्नो परिवार र पत्नी मासाकोप्रति अत्यन्त समर्पित छन्। उनले राजदरबारको परम्परा तोडेर कूटनीतिज्ञ मासाको ओवादासँग प्रेम विवाह गरे। अहिले मासाको ५५ वर्षकी भइन्। उनले मासाकोलाई पहिलोपल्ट एउटा कन्सर्टमा देखेका थिए।

तर मासाकोले उनका सुरुवाती प्रेम प्रस्ताव धेरैपल्ट अस्वीकार गरिन्। त्यसपछि मात्र उनीहरूबीच निकै वर्ष प्रेम सम्बन्ध रह्यो । जुन अन्ततः दरबारले स्वीकार गरेपछि  दाम्पत्यमा परिणत भयो।

नारुहितो–मासाको बिहेको करिब एक दशकपछि सन् २००३ को अन्त्यतिर मासाको सार्वजनिक कार्यक्रममा देखिन छाडिन् वा सर्वसाधारणको नजरबाट ‘लोप’ भइन्।

यसलाई परम्परागत औपचारिक शाही कर्तव्यको बोझ र उनका आकांक्षा तथा व्यक्तिगत जीवनबीच तादाम्यता गर्न नसक्दा उब्जेको ‘एडजस्टमेन्ट डिस्अर्डर’का रूपमा व्याख्या गरियो। यसलाई राजगद्दीको पुरुष उत्तराधिकारी जन्माउन दरबारले उनीमाथि दिएको दबाबको परिणाम वा विरोध भनेर पनि अथ्र्याउने गरिन्छ। तर पछिल्लो समय भने सार्वजनिक कार्यक्रममा उनको उपस्थिति बढेको छ।

नारुहितोले समेत कुनै बेला पत्नीको प्रतिरक्षा गर्दै युवराज्ञी मासाको आफ्नो व्यक्तित्व र करियर त्यागेर दरबारिया परम्परा र चालचलनमा अभ्यस्त हुने प्रयासबाट थाकिसकेको बताएका थिए। उनको भनाइबाट जापानीहरू आश्चर्यचकित भएका थिए।

युवराज नारुहितोको यस्तो ठाडो सार्वजनिक अभिव्यक्तिमा भाइ अकिसिनोले उनलाई झपारेका थिए भने सम्राट अकिहितोले यस्तो गुनासो दरबारबाहिर छताछुल्ल पारेकोमा दुःखमनाउ गरेका थिए।

नारुहितो आधुनिक कालमा आफूपछि पुरुष उत्तराधिकारी नभएका पनि पहिलो सम्राट भएका छन्। उनकी एउटी छोरी आइको अर्थात् प्रिन्सेस तोसी छिन्। आइको १७ वर्षकी भइन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार