होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, कार्तिक ११, २०८१
जोडिनुहोस
आइतवार, कार्तिक ११, २०८१
  • होमपेज
  • समाचार
  • नेपालबाट भारतको दिल्ली जादै गरेको यात्रुवाहक बस दुर्घटना !
समाचार

नेपालबाट भारतको दिल्ली जादै गरेको यात्रुवाहक बस दुर्घटना !

  • नागरिक रैबार
नेपालबाट भारतको दिल्ली जादै गरेको यात्रुवाहक बस दुर्घटना !

काठमाडौं । नेपालबाट भारतको राजधानी नयाँदिल्ली जाँदै गरेको बस लखनउमा दुर्घटना हुँदा दुई दर्जनभन्दा बढी यात्री घाइते भएका छन् । घाइते हुनेमा अधिकांश नेपाली नागरिक रहेको बताइएको छ । आइतबार बिहान भारतको उत्तरप्रदेश राज्यको राजधानी लखनउस्थित इकाना स्टेडियम नजिकै ट्रकसँग ठोक्किएर उक्त बस दुर्घटना भएको हो । घाइतेहरुलाई लोहिया अस्पताल भर्ना गरिएको र उनीहरुको अवस्था सामान्य रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सो बस नेपालको कुन स्थानबाट प्रस्थान गरेको हो भन्ने प्रष्ट हुन सकेको छैन । नेपालगञ्ज प्रहरीका अनुसार बस दुर्घटनाबारे प्रारम्भिक जानकारी आएको र यसबारे थप विवरण आउन बाँकी रहेको बताएको छ । चालक निदाएका कारण उक्त दुर्घटना भएको समाचारमा उल्लेख छ । ट्रकसँग ठोक्किएर बसको अगाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ । बसका चालक र परिचालक पनि घाइते भएका छन् ।

भारतीय अखबार दैनिक जागरणले आफ्नो अनलाइन संस्करणमा जनाएअनुसार नविन थापा, नन्दू, टेकबहादुर, धनकुमारी, अनिता थापा, तारा, प्रेम, मुमादेवी थापा, चरण विस्ट, सुनिता विस्टलगायत घाइते भएका छन् । समाचारमा उनीहरुको ठेगाना भने खुलाइएको छैन । घाइते हुनेमा ६ महिनाको बालकसमेत रहेको जनाइएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार