होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • कैलालीमा सेवाग्राहीबाट घुस लिने सशस्त्र प्रहरी निरिक्षक सहित तीन प्रहरी विरुद्ध मुद्धा
पत्रपत्रिका

कैलालीमा सेवाग्राहीबाट घुस लिने सशस्त्र प्रहरी निरिक्षक सहित तीन प्रहरी विरुद्ध मुद्धा

  • नागरिक रैबार
कैलालीमा सेवाग्राहीबाट घुस लिने सशस्त्र प्रहरी निरिक्षक सहित तीन प्रहरी विरुद्ध मुद्धा
अख्तियारले घुस लिदै गर्दा रंगेहात पक्राउ परेका सशस्त्र प्रहरी हवल्दार र जवान

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीका सशस्त्र प्रहरी निरिक्षक सहित तीन प्रहरी विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज सशस्त्र प्रहरी बल बिओपी भजनीका सशस्त्र प्रहरी निरिक्षक रबिन्द्र कार्की, सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञानबहादुर चौधरी र सशस्त्र प्रहरी  जवान रतिराम चौधरी विरुद्ध विशेष अदालथमा आरोपत्र दायर गरिएको जनाएको छ।

सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञानबहादुर र जवान चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले गत असोज १७ गते सेवाग्राहीबाट लिएको २० हजार घुस सहित पक्राउ रंगेहात पक्राउ गरेको थियो।

अनुसन्धानका क्रममा रंगेहात पक्राउ परेका  सहायक हवल्दार र जवानले बिओपी भजनीका प्रमुख समेत रहेका सशस्त्र प्रहरी निरिक्षक कार्कीको आदेश र निर्देशन अनुसार सेवाग्राहीसंग भारतबाट आउने समानमा भन्सार छुट गराईदिने भन्दै घुस माग गरेको खुल्न आएको अख्तियारले जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार