होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीमा प्रहरीमाथि हातपात भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ३ बोराडाँडीको त्रिभुवन चौकमा सोमबार साँझ अस्थायी प्रहरी विट चटकपुरमा कार्यरत प्रहरी हवल्दार जनकराज पाण्डे र प्रहरी जवान नारायण सिह कार्कीमाथि हातपात भएको हो। दुवैजनामाथि हातपात गर्ने पूर्व सैनिक समेत रहेका चटकपुरका भुप्रेन्द्र पुलामीमगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले दिनेश खबरलाई […]
सिमकोटका वृद्धवृद्धा, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरु सरकारले दिने सामाजिक सुरक्षाभत्ता पाउनबाट वञ्चित भएका छन। सात गाउँपालिका रहेको हुम्लामा दशैँ अगाडि नै सरकारले दिने सामाजिक सुरक्षाभत्ता वितरण अहिलेसम्म हुनसकिरहेको छैन। जिल्लाको चङ्खेली गाउँपालिकाबाहेक अन्य छ पालिकाले सामाजिक सुरक्षाभत्ता वितरण गर्न ढिलाइ गरेका छन्। भत्ताबाट आएको रकमले न्यानो र नयाँ कपडा किनौँला, केही मिठोमसिनो खाउँला भन्ने सोच राखेका […]
मोटरसाइकल एकापसमा ठोक्किँदा बिहीबार साँझ एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ३६ वर्षीय रामचन्द्र रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। भरतपुरबाट रामपुरतर्फ गइरहेको ना ४० प ७३१३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको लु ४ प ६६५० नम्बरको मोटरसाइ्कल भरतपुर महानगरपालिका–१५ रामपुरमा साँझ […]
आफ्नै घरमा सुतिरहेकी एक ८ वर्षीया बालिका बलात्कृत भएकी छिन। बाग्लुङको बडिगाड गाउँपालिका–२ खर्वाङ्गकी बालिकालाई गत मंसिर ६ गतेसुनसरीको धरान उपमहानगर–१७ टेम्काचोर घर भई हाल खर्वाङ्ग बस्दै आएका ४२ वर्षीय दिपेन्द्र राईले जबरजस्तीकरणी गरेको खुलेको हो। बालिका र उनका आफन्तले घटनाबारे प्रहरीमा जाहेरी दिएपछि राईलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक […]
डडेल्धुरा , २० मंसिर । डडेल्धुराको भित्रि मधेसमा पर्ने जोगबुडाको जंगलमा पुरुषको शव फेला परेको छ। परशुराम नगरपालिका–१२ जोगबुडास्थित सुन्दरी सामुदायिक वनमा एक वृद्धको शव फेला परेको हो। आलिताल गाउँपालिका-४ का ७२ वर्षीय उदय कामीको शव फेला परेको ईलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ। बिहीबार दिँउसो उनको शव बेवारिसे अवस्थामा फेला परेको हो। घासँ काट्ने महिलाले शव […]
मंसिर २०, २०७६ भारतको हैदरावादमा डाक्टरलाई जलाईएको घटनामा संदिग्ध चारजना अभियुक्तलाई भारतीय प्रहरीले मारिदिएको छ। कुख्यात बलात्कार काण्डमा समातिएका चार जना अभियुक्तहरुलाई बुधबार प्रहरी हिरासतमै राखिएको थियो। तर बिहबार राति महिला चिकित्सक जलाइएकै स्थानमा लगेर उनीहरुलाई इन्काउन्टर गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । हैदराबाददेखि करिब ५० किलोमिटर टाढा पर्ने महबूब नगरस्थित चटनपल्ली गाउँमा बलात्कार एवं […]
अछाम । जिल्लाको साँफेबगरमा छाउगोठमा मृ’त भेटिएकी पार्वती बुढा रावतका जेठा’जु छत्र राउत’लाई प्रहरीले प्रक्राउ गरेको छ । मुलुकी अपराध संहिताको दफा १६८ अनुरुप छाउपडी (महिनावारी) भएको बेला छाउगोठमा बस्न बाध्य पार्ने परिवारका सदस्यलाई कारबाही गर्नुपर्ने व्यवस्था अनुरुप घटना सम्बन्धमा छानबीन गर्न उनलाई पक्राउ गरिएको हो । गएको सोमबार बिहान छाउगोठमा घोप्टो परेको अवस्थामा मृत […]
डोटी । परिवारले नै आगो लगाएर एक महिलाको हत्या गरेको घटना खुलेको छ । महिलाको पेट्रोलियम पदार्थ छर्किँदै आगो लगाएर हत्या गरिएको उनको माइती पक्षले आरोप लगाएको हो । जिल्लाको शिखर नगरपालिका–४ मुडभराकी २६ वर्षीया भावना भट्टकाे श्रीमान् मीनराज शर्माको संलग्नतामा परिवारले आगो लगाएर हत्या गरेको भावनाका दाजु शालिग्रामले दाबी गरेका छन् । जिल्ला प्रहरी कार्यालयका […]
धनगढी उपमहानगरपालिका वडा नम्बर २ बस्ने दीपेन्द्र सिहं सोमबार मात्रै लागु औषध ब्राउन सुगर सहित गौरीफन्टा नाकामा पक्राउ परे। गौरीफन्टा प्रहरी र एसएसबीको संयुक्त चेकजाँचका क्रममा सिंहलाई ६ दशमल ८ ग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको थियो। अहिले सिंह विरुद्ध भारतीय प्रहरीले नै मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडी बढाएको छ। कैलालीमा सीमावर्ती भारतीय बजारबाट […]
काठमाडौँ — उसुको थाउलुतर्फ थानछ्वानको महिलाको प्रतिस्पर्धामा सुस्मिता तामाङले स्वर्ण जितेकी छिन् । उनले ९.४४ अंक प्राप्त गर्दै स्वर्ण हात पारेकी हुन् । यो खेलमा बंगलादेशी खेलाडीले ७.५३ र श्रीलंकाकी खेलाडीले ८.८५ अंक प्राप्त गरेका छन्। यससँगै श्रीलंकाले रजत र बंगलादेशले कास्यमा चित्त बुझाउनुपरेको हो। उसुतर्फको यो पहिलो प्रतिस्पर्धा हो। नेपालले सोमबार कराँते र तेक्वान्दोमा उत्कृष्ट प्रदर्शन […]
काठमाडौं । बाग्लुङमा जीप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ । मंलबार बिहान १०.३० बजेको समयमा बा १ ज ५२१९ नम्बरको यात्रु बहाक जीप दुर्घटनामा परेको हो । १७ जना यात्रु बोकेको उक्त जीप पल्टिदा तीन जना घाइते भएका छन । कूल पूजाको लागि कार्की परिवारले रिजर्भ गरेको जीप बडीगाड गाउँपालिकाऔ७ भीमगिठेस्थित सडकबाट खोलामा खस्दा […]
काठमाडौं, १६ मंसिर । सिद्धबाबा नाम सुन्ने वित्तिकै बुटवल, पाल्पा, स्याङ्जा र गुल्मीका जनताले लामो स्वास फेर्छन् । वर्षा शुरु भएपछि त्यस सडकखण्ड भएर यात्रा नै गर्नु नपरोस् भन्ने ती जिल्लाका बासिन्दाको मनमा राम्रैगरी पर्छ । उपाय पनि थिएन । ‘पहिरोले कतिबेला कस्को जीवन खोस्ने हो ? को घाइते हुने हो भन्ने कुनै ठेगान थिएन । […]
रोल्पा : थबाङमा गाउँपालिका–१को उपनिर्वाचनमा नेकपा विजयी भएको छ । नेकपाका वडाअध्यक्ष उम्मेदवार जनकबहादुर बुढा एक सय ७४ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कलम रोकाले २६ मत ल्याएका छन् । २०९ मत खसेकोमा ९ मत बदर भएको प्रमुख निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले जानकारी दिए। थवाङमा १६.४ प्रतिशत मात्र खसेको थिो […]
कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा नेकपाका कृष्ण बहादुर तामाङ बिजयी भएका छन्। उनी ५ सय २८ मत ल्याउँदै बिजयी भएका हुन्। उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दिलबहादुर तामाङले ३ सय १० मत पाएका छन्। प्रजातन्त्र पाटी नेपालका पदमबहादुर शाहीले ७ र समाजवादी पार्टीका भीम बहादुर पाख्रिनले ७५ मत पाएका छन्। ४ मत भने बदर भएको छ। आज […]
नागरिक रैबार/ बाजुरा १४ मंसिर।सदरमुकाम मार्तडीदेखी गौमुल जोड्ने ग्रामिण सडक कालोपत्रे गरिने भएको छ । इन्कुलुटिङ्ग धुलीखेल ग्याल्बा श्याम एण्ड शंकर जेवी निर्माण सेवाले उक्त सडक यसै एक वर्षभित्र कालोपत्रे गर्ने भएको हो । सडकको एक औपचारिक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश बहादुर शाहले शनिबार उद्घाटन् गरेका हुन् । मार्तडी गौमुल […]
राजेन्द्र बिक/ बाजुरा १४ मंसिर । जिल्लाको बडिमालिका नगरपालिका वडा न.६ कोर्धमा रहेको शहरी स्वास्थ्य केन्द्र मा पुर्व सहमती कार्यान्वयन नगरेको भन्दै भवन स्थलमा रहेको जग्गा धनी लगायत स्थानिय दलित समुदायका व्यक्तिहरुले शविबार तालाबन्दी गरेका छन् । स्वास्थ्य केन्द्र को भवन बनाउने बेला मलाइ कार्यालय सहयोगी बनाउंला भनी सहमती गर्दा मैले निशुल्क जग्गा दिएको तर […]
नागरिक रैबार/बाजुरा १४ मंसिर । जिल्लाको त्रिवेणीमा शान्तिपूर्ण वातावरणमा जारी उपनिर्वाचन अन्तर्गत ४१ प्रतिशत मत खसेको छ । त्रिवेणी नगरपालिका –१ मा भईरहेको उपनिर्वाचनमा दिउँसो १२ बजे सम्म ४ सय २६ मत खसेका छ । १ हजार ३९ मतदाता रहेको त्रिवेणी वडा नं.१ मा ४१ प्रतिशत मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी […]
उच्चस्तरीय भेटवार्ता काठमाडौं : सत्तासीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा ६० सदस्यीय टोली चीन जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेकपाको जम्बो टोली त्यसतर्फ जान लागेको हो। नेकपाको टोली आगामी २४ गते चीन जानेछ। चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र दुई कम्युनिस्ट पार्टीबीच काठमाडौंमा भएको छलफलमा भ्रमण आदानप्रदान गर्ने सहमतिअनुसार नेकपाको टोली चीन जान […]
नागरिक रैबार/ बाजुरा १४ मंसिर । जिल्लाको त्रिवेणी नगरपािलका वडा नं १ छतारामा उपनिर्वाचनका लागी मतदान जारी रहेको छ । त्रिवेणी नगरपािलका वडा नं १ छताराका स्थानिय ७० वर्षिय अर्जुन बहादुर बुढाबाट विहान ७ बजे मतदान सुरु भएको थियो । हाल सम्म २ सय मत खसेकेकाे र मतदान गर्ने प्रक्रिया जारी रहेको वडा अध्यक्ष मिन […]
१४ मंसिर, पोखरा । कास्की क्षेत्र नं. २ को मतदानस्थल नजिकै शनिबार बिहान बम विस्फोट भएको छ ।पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको हो । मतदान भइरहेका बेला कसैले माथिबाट बम फालेको र विस्फोट भएको स्थानीय प्रत्यक्षदर्शी अर्जुन बस्नेतले बताए । मानिस नभएको स्थानमा बम खसेकाले अप्रिय घटना हुनबाट जोगिएको छ । बम […]