होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • डडेल्धुरामा पुरुषको शव फेला
समाचार

डडेल्धुरामा पुरुषको शव फेला

  • नागरिक रैबार
डडेल्धुरामा पुरुषको शव फेला

डडेल्धुरा , २० मंसिर । डडेल्धुराको भित्रि मधेसमा पर्ने जोगबुडाको जंगलमा पुरुषको शव फेला परेको छ। परशुराम नगरपालिका–१२ जोगबुडास्थित सुन्दरी सामुदायिक वनमा एक वृद्धको शव फेला परेको हो। आलिताल गाउँपालिका-४ का ७२ वर्षीय उदय कामीको शव फेला परेको ईलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ।

बिहीबार दिँउसो उनको शव बेवारिसे अवस्थामा फेला परेको हो। घासँ काट्ने महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक जनकबहादुर मल्लले जानकारी दिए। डोटीको दानकोट पुर्ख्यौली घर भएका मृतक कामी विगत २० दिनदेखि हराइरहेका थिए। प्रहरीका अनुसार उनी विगत एक वर्षदेखि मानसिक सन्तुलन गुमाएर फिरन्ते जीवन बिताइरहेको थिए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार