होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आगो लगाएर महिलाको हत्या
समाचार

आगो लगाएर महिलाको हत्या

  • नागरिक रैबार
आगो लगाएर महिलाको हत्या

डोटी । परिवारले नै आगो लगाएर एक महिलाको हत्या गरेको घटना खुलेको छ । महिलाको पेट्रोलियम पदार्थ छर्किँदै आगो लगाएर हत्या गरिएको उनको माइती पक्षले आरोप लगाएको हो ।

जिल्लाको शिखर नगरपालिका–४ मुडभराकी २६ वर्षीया भावना भट्टकाे श्रीमान् मीनराज शर्माको संलग्नतामा परिवारले आगो लगाएर हत्या गरेको भावनाका दाजु शालिग्रामले दाबी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीपसिंह देउवाले घटनाबारे जिल्ला प्रहरी कार्यालयमा कुनै उजुरी तथा जानकारी नआएको बताए ।

विज्ञापन

शरीरमा आगो लागेपछि यही मंसिर ७ गते गम्भीर घाइते भएकी भावनालाई भारतको बरेली अस्पतालसम्म पुर्याइएकाे थियाे । अस्पतालले स्वास्थ्यमा सुधार भएको भनि घर पठाए पनि घर आइपुग्दा उनको मृत्यु भएको परिवारले जानकारी दिए । परिवारका अनुसार भावना र शर्माबीच दुई वर्षअघि मात्रै विवाह भएको थियाे।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार