होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मोटरसाइकल एकापसमा ठोक्किंदा एक जनाको मृत्यु, एक जना घाइते
समाचार

मोटरसाइकल एकापसमा ठोक्किंदा एक जनाको मृत्यु, एक जना घाइते

  • नागरिक रैबार
मोटरसाइकल एकापसमा ठोक्किंदा एक जनाको मृत्यु, एक जना घाइते
फाईल फोटो

मोटरसाइकल एकापसमा ठोक्किँदा बिहीबार साँझ एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ३६ वर्षीय रामचन्द्र रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

भरतपुरबाट रामपुरतर्फ गइरहेको ना ४० प ७३१३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै  गरेको लु ४ प ६६५० नम्बरको मोटरसाइ्कल भरतपुर महानगरपालिका–१५ रामपुरमा साँझ ५ः४५ बजे ठक्कर खाएको हो। प्रहरीका अनुसार ना ४० प ७३१३ नम्बरको मोटरसाइकल चालक रेग्मीको उपचारका क्रममा साँझ ६ः५५ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।

सोही दुर्घटनामा परी  घाइते भएका लु ४ प ६६५० नम्बरको मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२० का २५ वर्षीय मानबहादुर मस्याङ्गीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।  रासस

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै