होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • छाउ’गोठमा मृत भेटिएकी पार्वतीको घटनाले लियो फरक मोड
समाचार

छाउ’गोठमा मृत भेटिएकी पार्वतीको घटनाले लियो फरक मोड

  • नागरिक रैबार
छाउ’गोठमा मृत भेटिएकी पार्वतीको घटनाले लियो फरक मोड

अछाम । जिल्लाको साँफेबगरमा छाउगोठमा मृ’त भेटिएकी पार्वती बुढा रावतका जेठा’जु छत्र राउत’लाई प्रहरीले प्रक्राउ गरेको छ । मुलुकी अपराध संहिताको दफा १६८ अनुरुप छाउपडी (महिनावारी) भएको बेला छाउगोठमा बस्न बाध्य पार्ने परिवारका सदस्यलाई कारबाही गर्नुपर्ने व्यवस्था अनुरुप घटना सम्बन्धमा छानबीन गर्न उनलाई पक्राउ गरिएको हो ।

गएको सोमबार बिहान छाउगोठमा घोप्टो परेको अवस्थामा मृत भेटिएकी साँफेबगर नगरपालिका ३ सिद्धेश्वरको डिग्रेनी गाउँकी २१ वर्षीया बुढालाई घरपरिवारका सदस्यहरुले नै छाउबार्नेगरी गोठमा बस्न बाध्य बनाएको हुनसक्ने आशंकामा छानबीनका लागि मृतकका जेठाजु रावतलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीले बताउनुभयो ।

घटना सम्बन्धमा सोधपुछका लागि भनेर जिल्ला प्रहरी कार्यालय मंगलसेन बोलाएर उनलाई नियन्त्रणमा लिई हिरातमा राखिएको हो । २०४६ साल यताको तथ्यांक अनुसार अछाममा ११ वर्षको अन्तरालमा छाउगोठमा १४ जना महिला तथा किशोरीको ज्यान गइसकेको छ । तर डीएसपी शाहीका अनुसार छाउबारेकै कारण मृत्यु भएकाहरुका परिवारका सदस्यलाई पक्राउगरी अनुसन्धान थालिएको भने यो पहिलो घटना हो । मृतक बुढा शिक्षित महिला भएकाले उनी आफै छाउबार्न गोठमा नगएर कसैको दबाबकै कारण घरदेखि टाढिएर छुट्टै छाउगोठमा बसेको हुनसक्ने आशंका प्रहरीको छ ।

विज्ञापन

घटना सम्बन्धमा परिवारका अन्य सदस्यहरु माथि समेत अनुसन्धान गर्नुपर्ने देखिएतापनि उनका पति र सासुससुरा कामको सिलसिलामा भारतमा रहेकाले तत्काललाई घरको सबैभन्दा नजिकको हक लाग्ने अभिभावकका रुपमा रहेका आधारमा जेठाजुलाई अनुसन्धानका लागि क्रममा पक्राउ गरिएको उहाँले बताउनुभयो । घटना घटेको दिनदेखि नै प्रहरीले अनुसन्धान थालेको भएपनि महान्यायाधिवक्ता अग्नि खरेलले आग्रह गरे बमोजिम प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले परिवारका सदस्यहरुलाई नियन्त्रणमा लिन निर्देशन दिएपछि घटना झन पेचिलो बनेको डिएसपी शाहीले बताउनुभयो ।

उहाँका अनुसार नियन्त्रणमा लिइएका रावतलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने मृतक बुढाका अन्य छरछिमेकिसँग सोधपुछ गर्ने काम समेत भइरहेको छ । मुलुकी अपराध संहिताको दफा १६८ को उपदफा ३ मा महिलाको रजश्वला भएको वा सुत्केरीको अवस्थामा छाउगोठमा राख्न वा कुनै किसिमका भेदभाव, छुवाछुत र अमानवीय व्यवहार गर्नु गराउनु हुँदैन भनिएको छ । सो दफा अनुसार छाउ गोठमा बस्नु पनि दण्डनीय हो । छाउगोठमा बस्ने वा बस्न लगाउने अर्थात कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद र ३ हजारसम्म जरिवाना वा दुबै सजाय हुने कानुनी व्यवस्था छ । ऐनमा सरकारी कर्मचारीले यस्तो गरेको रहेछ भने थप तीन महिना सजाय हुने व्यवस्था छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै