होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा एकल अंकको गिरावट भएको छ । सोमबार बजार परिसूचक नेप्से ४.२९ अंक (०.२२ प्रतिशत) ले गिरावट भएर १९७३.०१ अंकमा बन्द भएको छ । नेप्सेमा गिरावट हुँदा उत्पादन तथा प्रशोधन र लघुवित्त बाहेक सबै उपसूचकमा गिरावट भएको छ । बजार परिसूचमा सुस्ताता देखिंदा कारोबार रकम पनि १ अर्बबाट […]
नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु दुई अर्ब बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र व्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो । केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न […]
काठमाडौं । ‘अर्थतन्त्रको संरचना परिवर्तन हुँदैछ, परिवर्तित सन्दर्भमा मध्यकालीन र दीर्घकालीन लगानी आवश्यक देखिन्छ, यसका लागि बैंकहरूले सोही अनुरुपको लगानी गर्नुपर्छ, जसका लागि ठूला बैंक आवश्यक पर्छ । ग्लोबल आईएमई र जनता बैंकबीचको मर्जरपछि यो बैंक ठूलो बनेको छ । यसले अब दीर्घकालीन र मध्यकालीन लगानी गर्न सक्छ ।’ तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले २०७६ […]
बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका पाटनमा डोजर मार्फत सडक निर्माण भइरहेको छ । डोजर मार्फत बडिमालिका क्षेत्रका पाटनहरु छियाँ छिया पारेर सडक निर्माण भइरहेको छ । मार्तडी बडिमालिका पर्यटकीय सडकको नाम दिइएको उक्त सडकमा स्थानिय सरकार, प्रदेश र संघ सरकारको समन्वय तथा सहयोगमा बडिमालिका जाने सडक निर्माण भएको हो । स्थानियले फुलचढाउने अगाडि […]
धनगढी: सुदूरपश्चिम युवा स्वरोजगार विकास कोषले कृषि कर्जा उपलब्ध गराउने भएको छ। व्यवसायिक खेती खर्न चाहने करिव २ हजार युवाहरूलाई युवा स्वरोजगार कोषले चालु आर्थिक वर्षमा कर्जा प्रदान गर्ने योजना बनाएको हो। प्रदेश भरका सहकारी संस्थालाई कार्यक्रममा सहभागी हुन कोषले सार्वजनिक सूचना जारी गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारले १ अर्व २ करोड पुँजीको प्रदेश स्वरोजगार […]
नागरिक रैबार/बाजुरा १५ भदाै। जिल्लाको बडीमालिका नगरपालिका ३ रजालि बस्ने भिडि सार्कीका २० बर्षको छोरा क्यान्सर पिडित प्रकाश सार्कीको उपचारका लागि २ लाख ८७ हजार ६ सय ३६ रुपैया संकलन भएको छ । शार्कीकी आमा भिडि शार्कीले छोरो बचाउनका लागि सदरमुकाम मार्तडीमा गुहार गरेपछि समाज सुधार युवा क्लवले अभियान मार्फत सो रकम संकलन गरेको हो […]
नेपाल राष्ट्र बैंकले दसैंका लागि १० अर्ब रुपैयाँ बराबरको सुकिला (नयाँ नोट) को व्यवस्था गरेको छ । केन्द्रीय बैंकले भदौ २६ गतेदेखि बजार पठाउने गरी उक्त परिणामको नयाँ नोटको व्यवस्था गरेको हो । यद्यपि, भदौ २६ गतेदेखि नै बैंक तथा वित्तीय संस्थाहरुलाई सुकिला नोट उपलब्ध गराइने तयारी भएपनि औपचारिक निर्णय भने भइनसकेको राष्ट्र बैंकका मुद्रा […]
काठमाडौं । पशुपतिनाथ क्षेत्रमा सोमबारबाट लागू हुने गरी मासु, मदिरा र नसालु पदार्थको उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवनमा निषेध गरिएको छ । हिन्दु नारीहरुको महान चाड तीजको अवसर पारी जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस्तो आदेश जारी गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचना अनुसार सोमबारबाट लागु हुने गरी गौशाला मित्रपार्क सडकदेखि […]
विराटनगर — उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समयमा आवश्यक परिमाण माग नगर्दा भारतले गहुँ निकासी गर्ने मुलुकको सूचीबाट नेपाल बाहिरिएको छ । रुस र युक्रेनबीचको युद्धका कारण भारतले गहुँको संकट पर्ने भन्दै वैशाख अन्तिममा यसको निकासीमा रोक लगाएको थियो । परिस्थितिअनुकूल भएसँगै निकासीलाई पुनः निरन्तरता दिन भारतले गहुँ आवश्यक पर्ने मुलुकसँग आवश्यक परिमाण मागेको थियो […]
धनगढीः डोटी र डडेल्धुरामा पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लागि प्रयोगात्मक परीक्षा (ट्रायल) हुने भएको छ। यातायात व्यवस्था कार्यालय डडेल्धुरा र डोटीले साउन अन्तिम साता लाइसेन्सको लिखित परीक्षा सञ्चालन गरेकोमा शनिबार ट्रायल उद्घाटन गर्न लागेका हुन्। दुवै जिल्लामा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले ट्रायल उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। कार्यालय प्रमुख मेखराज […]
धनगढी: बैतडीमा छोटो दुरीका सवारीमा पनि यात्रुलाई अनिवार्य टिकट दिनुपर्ने भएको छ। जिल्ला प्रशासन कार्यालयले बिहीबार आयोजना गरेको बैठकले भदौ १५ गतेबाट अनिर्वाय रुपमा सबै यातायातका सवारीसाधनहरुले टिकट काटेर मात्र यात्रु बोक्नुपर्ने निर्णय गरेको हो। जिल्ला भित्र सञ्चालित सवारीसाधनमा यातायात व्यवसायीहरुले टिकट नदिएर तोकिएको भन्दा बढी भाडा लिने गरेको गुनासो आएपछि यस्तो निर्णय गरिएको बताइएको […]
भन्सार छलेर वीरगञ्जबाट काठमाडौं ल्याएको सामान प्रहरीले बरामद गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ स्थित त्रिभुवन पार्कबाट ३ ट्रक सामान बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । भन्सार छलेर ल्याएका कपडा, किराना सामग्री, स्टेशनरी र मोटरसाइकलका पाटपुर्जा र भाँडा वर्तन बरामद गरिएको छ । बरामद गरिएको सामान राजस्व अनुसन्धान विभागमा […]
काठमाडौं । शरद ऋतुका लागि हिमाल चढ्न आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार बुधबारसम्म ३ वटा हिमाल चढ्न कुल १५ जनाले अनुमति लिइसकेका छन् । विभागका अनसार हिमलुङ हिमाल (७१२६ मि.), सारिबुङ (६३४६ मि.) र मनास्लु (८१६३ मि.) हिमाल चढ्न अनुमति जारी भएको छ । यी हिमाल चढ्न ३ वटा टिमका […]
काठमाडौं । सेयर बजारमा एकल अंकको सामान्य सुधार भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से २.८७ अंक (०.१४ प्रतिशत) ले वृद्धि भएर २०५७.८५ अंकमा बन्द भएको छ । नेप्सेमा सामान्य सुधार भएपनि कारोबार रकममा भने खासै उत्साह देखिएन । आइतबार २ अर्ब माथिको कारोबार भएको बजारमा सोमबार करिब १ अर्ब ७३ […]
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर आइतबार बिहान ११ बजे मन्त्रालयको कल सेन्टरमा पुगे । श्रमिकले भोग्नु परेको विभिन्न समस्या फोनमार्फत प्रत्यक्ष रुपमा सुन्न उनी कल सेन्टर पुगेका थिए । सो क्रममा एक जना श्रमिकले मलेसियालगायत अन्य देशमा जान मेनपावरहरुले लाखौं रकम लिएको गुनासो सुनाए । सरकारले शून्य लागतमा नै खाडीका देश […]
मन्दाकिनी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेसँगै प्रतिकित्ता ३१५ रुपैयाँ पुगेको हो । बुधबारदेखि कारोबारमा आएको कम्पनीको सेयर मूल्यमा आज प्रतिकित्ता २८ रुपैयाँको वृद्धि आएको छ । आज यस कम्पनीको ८६ हजार ४८१ कित्ता सेयर माग छ । तर, बिक्रीमा एक कित्ता पनि राखिएको छैन […]
काठमाडौं । सरकारले भन्सार छुटमा दशैं–तिहारका लागि ५० हजार मेट्रिकटन चिनी ल्याउने तयारी गरेको छ । पूर्ण सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले बिक्री गर्ने गरी भन्सार छुटमा उक्त परिमाणको चिनी ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । खाद्यलाई १० हजार मेट्रिकटन र साल्टलाई ४० हजार सहुलियतको चिनी […]
काठमाडौं । वैदेशिक ऋण कुल गार्हस्थ उत्पादनको एक तिहाइ सीमा भित्र राखिने भएको छ । प्रतिनिधिसभाबाट मंगलबार पास भएको सार्वजनिक ऋण व्यवस्थापन विधेयकमा यस्तो व्यवस्था गरिएको हो । यो विधेयकमा अर्थ समितिले पठाएका ११ वटा संशोधित बुँदालाई प्रतिनिधिसभाले स्वीकार गरेको छ । जस अनुसार अब वैदेशिक ऋणको सीमा जीडीपीको एक तिहाइ सीमा भित्र राखिने छ […]
राष्ट्रिय स्तरका ‘क’ वर्गका वाणिज्य बैंकहरुले विदेशी विनिमय जोखिम मिलानका लागि हेजिङ सुविधा पाउने भएका छन् । यस्तो सुविधा बैंकहरुले एक वर्ष वा सोभन्दा बढी अवधिको विदेशी ऋण भित्र्याउँदा सो बापतको सावाँ तथा ब्याज बराबर हुने रकम र ऋणको अवधिसम्मको डेरिभेटिभ्स (प्रोपर्टी फर्वाड) को खरिद कारोबार गर्दा पाउनेछन् । यसका लागि सोही व्यवस्थाको बुँदा नम्बर […]
धनगढीः महालेखाले सुदूरपश्चिम प्रदेशसभा सचिवालयले ०७७/७८ मा पदाधिकारी र कर्मचारीको बैठकबापतको ३८ लाख ६ हजार खर्च नियमविपरीत गरेको जनाएको छ। महालेखा परीक्षकको प्रतिवेदन ०७९ को प्रदेशसभा सचिवालयअन्तर्गत बैठक खर्च शीर्षकमा भनिएको छ, ‘सचिवालयको मुख्य काम नै कानुन निर्माण गर्ने हो। सचिवालयका पदाधिकारी र कर्मचारीको बैठक भत्तामा ३८ लाख ६ हजार खर्च भएको छ। कार्यालय समयमा […]