होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आर्थिक वर्षको पहिलो साता ६ अर्ब ४१ करोड राजश्व संकलन
समाचार

आर्थिक वर्षको पहिलो साता ६ अर्ब ४१ करोड राजश्व संकलन

  • नागरिक रैबार
आर्थिक वर्षको पहिलो साता ६ अर्ब ४१ करोड राजश्व संकलन

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को पहिलो साता सरकारले ६ अर्ब ४१ करोड रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले साउन पहिलो साता ६ अर्ब ४१ करोड ६४ लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको हो । यो लक्षित राजस्वको ०.४४ प्रतिशतको उपलब्धि हो ।

सरकारले चालु आर्थिक वर्षका लागि राजस्व, गैर–राजस्व, अनुदान गरी १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ रुपैयाँ बराबरको स्रोत सङ्कलनको लक्ष्य राखेको छ ।सो मध्ये पहिलो हप्ता राजस्वतर्फ ३ अर्ब ९१ करोड ९ लाख रुपैयाँ उठेको छ भने भन्सार राजस्वतर्फ ३ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ उठेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

यस्तै समीक्षा अवधिमा गैरराजस्वतर्फ ३६ करोड २१ लाख रुपैयाँ उठेको छ भने विविध शीर्षकमा २ अर्ब ५० करोड ५५ लाख रुपैयाँ सङ्कलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।वैदेशिक सहायता (ग्रान्ट) तर्फ भने सरकारलाई हालसम्म कुनै सहयोग आएको छैन ।

विज्ञापन

गत आर्थिक वर्षमा लक्षित राजस्व उठ्न नसक्दा झन्डै ४ खर्ब रुपैयाँले बजेट घाटामा गएको थियो । १४ खर्ब बढी राजस्वको लक्ष्य राखेकोमा जम्मा १० खर्ब हाराहारी मात्र राजस्व सङ्कलन हुन सकेको थियो ।स्रोतको संकुचनलाई नै मध्यनजर गर्दै सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेट घटाएको छ । आर्थिक वर्षका सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । राताेपाटी बाट 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार