होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १० असोज।बाजुराको सदरमुकाम मार्तडीमा रहेको एक मासु पसलमा खसीको सडेको मासु विक्री गर्न राखेको भेटिएको छ । मार्तडी बजार भित्रका खसी, बोका, राँगा र कुखुराको मासुका १५ वटा मासु पसलको अनुगमन मालिका मासु पसलमा सडेको खसीकाे ५ केजि मासु भेटिएको हाे। सोमबार दिउसो भेटेरिनरी अस्पतालको आयोजनामा मार्तडी बजारका मासुपसलहरुको अनुगमन गर्दा मालिका मासु […]
नागरिक रैबार/बाजुरा १० असोज।अछामका बाढीपिडित परिवारलाई सुदूरपश्चिम प्रदेशका संघ, प्रदेश र स्थानीय तहमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुले आर्थिक सहयोग गरेका छन् । भाद्र महिनाको १० गते देखि ३५ दिनसम्म सम्म डोटीको पुन्नामा सञ्चालन भएको सेवा कालिन तालिममा सहभागी संघ प्रदेश र स्थानीय तहका सहायक स्तरका ४५ जना निजामती कर्मचारीहरुले आर्थिक संकलन गरेर अछामका बाढीपिडित परिवारलाई सहयोग […]
दसैँ, तिहारका लागि आआफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ । दसैँको पूर्णिमा (असोज २३ गते) सम्मका लागि लागि यात्रु आआफ्नो घर जान र फर्कन सजिलो होस् भनी यो व्यवस्था गरिएको हो । यातायात व्यवस्था विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका आकार […]
देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानी बस्ने २८ वर्षीय राम हरि भण्डारीको टहराभित्र जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५६ हजार १ सय रुपैयाँ, १ बुक तास र १३ […]
काठमाडौं : प्रेम गीत ३ ले पहिलो दिन विश्व बजारमा साढे ७ करोड ७५ लाख बढी कमाइ गरेको छ। बलिउड हंगामाका अनुसार प्रेम गीत ३ ले पहिलो दिन ४.८४ करोड भारतीय रुपैयाँ कमाइ गरेको हो। यो फिल्मले भारतमा मात्र १.१२ करोड भारतीय रुपैयाँ (करिब १ करोड ८० लाख) कमाइ गरेको छ। ७५ रुपैयाँमा टिकट बेच्दा […]
काठमाडौं । यसवर्षको दशैंका लागि भोलि शनिबारदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभागका अनुसार भोलि विश्वकर्मा पूजाको दिनदेखि अग्रिम टिकट बुकिङ खोल्ने तयारी लगभग पुरा भएको छ । यसपटकको दशैंका लागि २७ असार, २०७९मा तोकिएको भाडादर अनुसार यात्रुले टिकट काट्ने सुविधा पाउनेछन् । बढी भाडा लिएमा ट्राफिक प्रहरी, यातायात […]
नागरिक रैबार/बाजुरा ३१ भदौ। जिल्ला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले चाडपर्वलाई लक्षित गर्दै सहुलियत दरमा चामल बिक्रि शुरु गर्ने भएको छ। खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा र कोल्टि डिपो बाट प्रतिकेजी ८ रुपैया छुट गरेर असोज १ गतेबाट बिक्रि शुरु गर्ने खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख मेघराज ओझाले बताएका […]
काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुलाई निःशुल्क ई-सिम वितरण थालेको छ । ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने छन् । दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट आज शुक्रबार विहानदेखि ई-सिम वितरण सुरु भएको हो । हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई-सिममा परिवर्तन गर्न […]
नेपाल टेलिकमले शुक्रबारदेखि ग्राहकलाई निःशुल्क ई–सिम वितरण गर्ने निर्णय गरेको छ । ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने कम्पनीले जानकारी दिएको हो । हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने छ । त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको […]
काठमाडौं । नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदरमा गरेको ‘भद्र सहमति’ खारेज गर्ने निर्णय गरेको छ । असोज महिनामा बैंकहरुले निक्षेपको ब्याजदर बढाएर प्रकाशित गर्ने भएका छन् । बैंकहरुले असारका लागि हाल कायम रहेको ११.०३ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार १० प्रतिशतले वृद्धि गर्ने निर्णय भएको बैंकर्स संघका उपाध्यक्ष समेत रहेका एनएमबि बैंकका प्रमुख […]
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से करिब साढे २ प्रतिशतले वृद्धि भएको छ । बुधबार बजार परिसूचक नेप्से ४७.४४ अंक (२.४५ प्रतिशत) ले वृद्धि हुँदा १९८१.४८ अंकमा बन्द भएको छ । गत साताबाट लगातार ६ कारोबरा दिनसम्म घटेर करिब १९०० को बिन्दु नजिक झरेको नेप्से २८ भदौ मंगलबारबाट भने सुधार […]
कैलालीको भजनी नगरपालिकामा सामाजिक सुरक्षा भत्ताको रकम कम आएपछि सेवाग्राहीहरुले पाउनुपर्ने पूरा रकम नपाएको खुलासा भएको छ । आर्थिक वर्ष २०७८/०७९ को अन्तिम चौमासिकमा सामाजिक सुरक्षा भत्ता पाउने नागरिकहरूका लागि सरकारबाटै आउने रकम कम आएका कारण सेवाग्राहीहरुले पाउनुपर्ने रकममा कटौती भएको पाइएको हो । आर्थिक वर्षको तेस्रो चौमासिकसम्म मागअनुसारको रकम आए पनि अन्तिम चौमासिकमा रकम […]
काठमाडौँ — सामसङ, एप्पल, गुगलजस्ता प्रमुख ब्रान्डका नयाँ–नयाँ मोडलका मोबाइल फोन चलाउनेहरू यति बेला ई–सिमको पर्खाइमा छन् । नेपाल टेलिकम (एनटीसी) मा यसबारे सोधीखोजी गर्ने क्रम बढिरहेको प्रवक्ता शोभन अधिकारीले बताए । टेलिकमले अबको केही दिनभित्र ग्राहकलाई ई–सिम वितरण गर्ने जनाएको छ । ‘यो सिम कसरी लिने, कहाँबाट लिने भनेर हामीलाई धेरै जिज्ञासा आइरहेका छन्,’ अधिकारीले भने, ‘जतिसक्दो […]
बाजुरा । बाजुराको अर्गानिक स्याउ धनगढी आएको छ। कृषि ज्ञान केन्द्रको सहयोगमा व्यापारीहरुले स्याउ धनगढी ल्याएका हुन्। कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरि पनेरुका अनुसार स्वामिकार्तिक–खापर गाउँपालिकाको स्याउ शनिबार धनगढी पुगेको छ। किसानको बारीबाट भरिया र खच्चरमा तिलिचोसम्म ढुवानी गरिएको स्याउ ट्रकमा धनगढी ल्याइएको हो। साँफे–मार्तडी सडक अवरुद्ध भएकाले कर्णाली करिडोरबाट सुर्खेत–कोहलपुर हुँदै स्याउ धनगढी […]
काठमाडौँ — दसैंमा सार्वजनिक सवारीसाधनलाई देशभर रुट पर्मिट खुला हुने भएको छ । दसैंमा यात्रुको चाप हुने स्थानमा सवारीसाधनको व्यवस्थापन सहज होस् भन्ने उद्देश्यले यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाहरूको बैठकले यस्तो निर्णय गरेको हो । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक प्रहरी तथा यातायात व्यवसायीबीच बुधबार बसेको बैठकले सो निर्णय […]
काठमाडौँ — यसपटक एप्पलले अपनाएको सबैभन्दा ठूलो परिवर्तनमध्ये एक हो, आफ्नो स्मार्टफोनलाई भूउपग्र (स्याटलाइट) मा जोड्ने प्रविधि । कम्पनीले प्रयोगकर्ताको सुरक्षा र कनेक्टीभिटीलाई बढी महत्व दिएको छ । नेपाली समयअनुसार बुधबार राती एप्पलले आइफोन १४, एप्पल वाच र एयरपड्सका नयाँ मोडल सार्वजनिक गरेको थियो । कम्पनीका प्रमुख कार्यकारी टिम कुकसहित अन्य नेतृत्वदायी ओहदाका कर्मचारीले नयाँ […]
काठमाडौं । यसवर्षको दशैंका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ १ असोजदेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले विश्वकर्मा पूजाको दिनदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको विभागका महानिर्देशक डा. टोकराज पाण्डेले जानकारी दिए । उनका अनुसार दशैंमा काठमाडौं छाड्ने यात्रुहरुले अग्रिम टिकट बुकिङको सुविधा लिन सक्ने छन् । विभागका महानिर्देशक […]
काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामै एक हजार रुपैयाँ र चाँदीको मूल्य तोलामै १५ रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार, तेजावी सुनको मूल्य ९२ हजार ५ सय र चाँदीको मूल्य प्रतितोला ११ सय १० रुपैयाँ तोकिएको छ […]
काठमाडौँ — दसैंका लागि राष्ट्र बैंकले भदौ अन्तिम सातादेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको छ । भदौ २६ देखि बैंक तथा वित्तीय संस्था र २९ देखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने आन्तरिक तयारी गरिएको मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए । गत वर्षजस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर […]
यस पटकको दसैँतिहार जस्ता ठुला चाडपर्व विशेष सार्वजनिक यातायातको भाडा नबढ्ने भएको छ । स्वचालित मूल्य प्रणाली अनुसार नै सार्वजनिक यातायातको भाडा निर्धारण हुने हुँदा तत्काल चाडपर्व अघि भाडा वृद्धि नहुने यातायात व्यवस्था विभागले जनाएको हो । तर, चाडवाडलाई नै लिएर यात्रुहरूको चाप र सवारी साधनको व्यवस्थापनमा भने विभाग लागिसकेको प्रवक्ता ईश्वरी दत्त पनेरुले रातोपाटीलाई […]