होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • राम्रो नेपाल
  • इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घट्याे
राम्रो नेपाल

इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घट्याे

  • नागरिक रैबार
इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घट्याे

काठमाण्डाै – सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो ।

सङ्घका अनुसार काठमाण्डाैदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै आठ सय ८५ रुपैयाँ भाडा घटेको छ । यो गन्तव्यका लागि सात हजार पाँच सय दश रुपैयाँ कायम भएको छ । काठमाण्डाैदेखि धनगढीसम्म अधिकतम भाडा १६ हजार एक सय ४० रुपैयाँ कायम भएको छ ।

काठमाण्डाैबाट हुने पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा छ सय ८५ भाडा घटेर अधिकतम १४ हजार दुई सय पाँच रुपैयाँ कायम भएको छ । काठमाण्डाै–सिमरामा एक सय ८० भाडा घटेको छ । त्यस्तै काठमाण्डाै–भद्रपुरमा छ सय, काठमाण्डाै–विराटनगरमा चार सय ८५ रुपैयाँ, काठमाण्डाै–जनकपुरमा दुई सय ६०, काठमाण्डाै–भरतपुरमा दुई सय १५ र काठमाण्डाै–पोखरामा तीन सय २० रुपैयाँ भाडा घटेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार