होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार बाजुरा १२ बैशाख जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकामा नेकपा माओबादी र नेकपा एकिकृत समाजबादी पार्टी बिच गठबन्धन भएको छ । सत्तारुढ दल नेपाली काँग्रेसले एक्लै चुनाव लड्ने भए पछि एकिकृत समाजबादी पार्टी र नेकपा माओबादी बिच गठबन्धन भएको नेकपा माओबादी केन्द्रकी सुदुर पश्चिम प्रदेशकी कोषाअध्यक्ष कमल कुमारी शाहले बताएकि छन् । स्वामिकार्तिक खापर गाउँपालिकामा […]
नागरिक रैबार बाजुरा १२ बैशाख। नेपाली काँग्रेस बाजुराले जिल्लाका ५ पालिकाको अध्यक्ष उपाध्यक्ष पदका उम्मेदवारको टुंगो लगाएको छ । जस अनुसार स्वामीकार्तिक खापर गाउँपालिका भरत रोकाया, उपाध्यक्ष मैना जोशी, जगन्नाथमा सुन्दर विष्ट अध्यक्ष, उपाध्यक्षमा भने माओवादी केन्द्र दिएको छ । त्यस्तै खप्तड क्षेडेदह खड्क बहादुर बुढा, उपाध्यक्षमा विशु नाथ, गौमुलमा हिरेन्द रोकाया अध्यक्ष, उमा रोकाया […]
नागरिक रैबार बाजुरा १२ बैशाख। जिल्लाको हिमाली गाउँपालिकाको अध्यक्षमा गोरखबहादुर सार्कीले स्वतन्त्रबाट मनोनयन दर्ता गरेका छन् । नेकपा माओवादी केन्द्रका कार्यालय सचिव तथा दलित अधिकारकर्मी सहित रहेका सार्कीले गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् । स्वतन्त्रबाट गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गराएका सार्कीलाई जंग सार्की समर्थक रहेका छन् भने वविता चंदारा प्रस्तावक रहेकी छन् । […]
बागलुङ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्तारुढ गठबन्धनले बागलुङमा चुनावी तालमेल गरेर जाने सहमति गरेको छ । सोमबार विहान सत्ता गठबन्धनका दलहरुले स्थानीयतहको भागवन्डा गर्दै निर्वाचनमा मिलेर जाने निर्णय गरेका हुन् । सहमति अनुसार बागलुङका १० स्थानीय तहमध्य नेपाली कांग्रेसले बागलुङ नगरपालिका, काठे खोलागाउँपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका र तमानखोला गाउँपालिकामा प्रमुख […]
नेकपा एमालेको लालबन्दी नगर कमिटीका कार्यकर्ताहरूले पार्टीको निर्वाचन प्रचार कार्यालयमा ताला लगाएका छन् । स्थानीय तह निर्वाचनको उम्मेदवारी वितरणप्रति असन्तुष्टि जनाउँदै एमालेको एउटा पक्षले निर्वाचन प्रचार कार्यालयमा ताला लगाएको हो । पार्टी विभाजनका क्रममा नेतृत्वप्रति गालीगलौज गर्ने तथा सडकमा नाराबाजी गर्ने समूह नै अहिले उम्मेदवारी हासिल गर्ने लगायतका भूमिकामा अग्रणी देखिएपछि आफूहरुले तालाबन्दी गर्नुपरेको उनीहरुको […]
काठमाडौं । निर्वाचन आयोगले आइतबार अपरान्हसम्म विभिन्न दलले पेश गरेको समानुपातिक प्रणालीतर्फको बन्दसूची संशोधन गर्ने निर्णय गरेको छ । उनीहरुले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ पेश गरेको बन्दसूचीबाट नाम हटाउन अनुरोध गरेकाले आयोगले ती नाम हटाएको हो । समानुपातिकको बन्दसूचीमा रहेकाहरुको नाम नहटाएसम्म उनीहरु स्थानीय तह निर्वाचनमा उम्मेद्वार हुन पाउँदैनन् । समानुपातिक सूचीमा रहेका तर स्थानीय […]
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि अधिकांश ठूला पार्टीले तामझामका साथ घोषणा पत्र सार्वजनिक गरिसकेका छन् । तर माओवादी केन्द्रले भने केन्द्रबाट घोषणा पत्र वा प्रतिवद्धता पत्र नबनाउने भएको छ । माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनका लागि गत चैत २२ मा अपिल सार्वजनिक गरेको थियो । त्यही अपिल अनुसार स्थानीय तहले आ–आफ्नो घोषणा पत्र बनाउने […]
नागरिक रैबार/बाजुरा १२ बैशाख । नेपाली काँग्रेस खप्तड छेडेदह गाउँ कार्य समितिका सभापति हर्क बहादुर रावतले पदबाट राजीनामा दिएका छन् । पार्टी जिल्ला नेतृत्वले टिकट वितरणमा गुटगत निणर्य गरेको आरोप सहीत सभापति पदमा नबस्ने विज्ञप्ती सहीत राजीनामा दिएका हुन् । खप्तड छेडेदह गाउँपालिका ३ का वडा अध्यक्ष समेत रहेका रावतले पार्टीको कुनै जिम्मेवारीमा नबस्ने घोषणा […]
आसन्न स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनयनको आज दोस्रो र अन्तिम दिन हो । देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन सुरु हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले सोमबार पनि बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्न सक्ने कार्यतालिका बनाएको छ । […]
रोल्पा । सत्ता गठबन्धनबीच चुनावी तालमेल हुन नसकेपछि नेकपा माओवादी केन्द्र रोल्पाले जिल्लाका सबै स्थानीय तहको उम्मेदवारी टुंगो लगाएको छ । आइतबार बसेको पार्टी जिल्ला कमिटी बैठकले जिल्लाका १० वटै स्थानीय तह र वडाको उम्मेदवारको टुंगो लगाएको हो । माओवादी केन्द्रका अनुसार रोल्पा नगरपालिकाको नगरप्रमुखमा सुरेन्द्र थापा घर्ती र उपप्रमुखमा गीता आचार्य सिफारिस भएका छन् […]
नागरिक रैबार बैशाख ११ बाजुरा । दलाल पुँजीवादी संसदीय व्यवस्थाको भण्डाफोर गरौँ, स्थानीय तहको निर्वाचन बहिस्कार गरौँ भन्दै वैज्ञानिक समाजवादी कम्युुनिस्ट पार्टी नेपालले सात बुँदे प्रस्ताव सहित आह्वान जारी गरेको छ । पार्टी प्रवक्ता जागृत रायमाझीले आफ्नो समामजिक सञ्जाल मार्फत सात बुँदे प्रस्ताव सहित आह्वान पत्र जारी गर्दै सम्पूणर् नेपाली जनतालाई दलाल पुँजीवादी व्यवस्थाको स्थानीय […]
स्थानीय तहको निर्वाचनका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाका लागि जनमत पार्टीबाट अनितादेवी साहले मेयर पदमा उम्मेदवारी दर्ता गराएकी छन् । आइतबार जनकपुरधामस्थित निर्वाचन अधिकृतको कार्यालयमा जनमत पार्टीकी केन्द्रीय सचिवसमेत रहेकी साहले मेयर पदमा उम्मेदवारी दिएकी हुन् । अहिलेसम्म उपमहानगरको मेयर पदमा अनिताले मात्रै उम्मेदवारी दिएकी छिन् भने उपमेयर पदमा उमेश चौधरीले उम्मेदवारी दिएका छन् […]
सल्यान । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको समर्थनमा सल्यानको छत्रेश्वरी गाउँपालिका अध्यक्षमा लोक्पाल केसीले उम्मेद्वारी दिएका छन् । केसीले आज निर्वाचन अधिकृतको कार्यालय छत्रेश्वरीमा उम्मेदवारी स्वतन्त्रबाट पहिलो उम्मेद्वारी दर्ता गराएका हुन् । उनको समुहबाट उपाध्यक्षमा हिरा बुढाले पनि स्वतन्त्र उम्मेद्वारी दर्ता गराएकी छन् । यहि टिमबाट वडा नम्बर १, २, ३, ४ […]
धनगढी । नेकपा एमालेले कैलालीका ११ वटा स्थानीय तहका उम्मेदवारको टुङ्गो लगाएको छ । केन्द्रीय सचिवालय बैठकले धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार छनोट गरेको भोलिपल्ट आइतबार एमालेको प्रदेश कमिटिले बाँकी रहेका १२ मध्ये १० वटा स्थानीय तहका उम्मेदवारको टुङ्गो लगाएको हो छ भने चुुरे र मोहन्याल गाउँपालिकामा उम्मेदवार चयन गर्न बाँकी छ । एमाले […]
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन मेयर पदमा उम्मेदवारी दिन प्रदेश १ का दुई सांसदले राजीनामा दिएका छन् । प्रदेश सांसद काजिमान कागते र गोपालचन्द्र बुढाथोकीले राजीनामा दिएका हुन् । कागते इलाम क्षेत्र नम्बर १ ख र बुढाथोकी झापा १ को ख बाट निर्वाचित भएका थिए । एमालेबाट निर्वाचित दुवै सांसदको राजीनामा स्वीकृत भएको […]
, बागलुङ । बागलुङका १० वटै स्थानीय तहमा रहेका निर्वाचन अधिकृतका कार्यालय आइतबार सुनसान रहेका छन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गर्ने दिन भए पनि दिउँसो १ बजेसम्म मनोनयन दर्ताका लागि कुनैपनि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु नआएको निर्वाचन अधिकृतहरु बताउँछन् । राजनीतिक दल र उम्मेदवारलाई सहज होस् भनेर […]
धनगढीः वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार देशैभर उम्मेदवारी दर्ता भइरहेको छ। यो क्रम सोमबार पनि जारी रहनेछ। उम्मेदवारी दर्ताका लागि वडा सदस्यमा ५००, वडाध्यक्षमा १ हजार र अध्यक्ष–उपाध्यक्ष वा मेयर–उपमेयरमा १ हजार ५०० रुपैयाँ धरौटी राख्नुपर्नेछ। निर्वाचन आयोगले यस्तो धरौटी महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न व्यक्तिको […]
अछामः अछाममा एमालेले १० पालिकाका उम्मेदवारको नाम टुंगो लगाएको छ। एमाले सुदूरपश्चिम प्रदेश कमिटीले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका जिल्लाका १० वटा पालिकामध्ये ३ पालिकाका ४ पद बाहेक अन्य सबै पालिकाको उम्मेदवारको टुंगो लगाएको हो। रामारोशन गाउँपालिकाको अध्यक्ष, मेल्लेख गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र साफेबगर नगरपालिकाको उपप्रमुखको नाम भने टुंगो लाग्न बाकी नै छ।
नागरिक रैबार बाजुरा ११ बैशाख बडीमालिका नगरपालिकाको मेयरमा राप्रपाबाट दलबहादुर थापाले उम्मेदवारी दर्ता गरेका छन् । मार्तडीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर थापाले मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउन थापा मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । राप्रपाको जिल्ला सचिव समेत रहेका थापा बडीमालिका नरपालिका वडा नं. ८ का स्थायी बासिन्दा […]
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले नयाँ पुस्ताको चिन्ता गरेर पुरानै पुस्तालाई भोट गर्नु उचित नहुने बताएका छन् । आइतबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै शाहले यस्तो आग्रह गरेका हुन् । ‘राजनीतिक दल र नेताहरुलाई गाली गर्नुको कारण देख्छु– नयाँ पुस्ताको चिन्ता । अहिलेको पुस्ताले परिवर्तन ल्यायो, जनताको छोरो शासन सत्तामा […]