होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमालेकै कार्यकर्ताले लगाए पार्टीको निर्वाचन प्रचार कार्यालयमा ताला
समाचार

एमालेकै कार्यकर्ताले लगाए पार्टीको निर्वाचन प्रचार कार्यालयमा ताला

  • नागरिक रैबार
एमालेकै कार्यकर्ताले लगाए पार्टीको निर्वाचन प्रचार कार्यालयमा ताला

नेकपा एमालेको लालबन्दी नगर कमिटीका कार्यकर्ताहरूले पार्टीको निर्वाचन प्रचार कार्यालयमा ताला लगाएका छन् । स्थानीय तह निर्वाचनको उम्मेदवारी वितरणप्रति असन्तुष्टि जनाउँदै एमालेको एउटा पक्षले निर्वाचन प्रचार कार्यालयमा ताला लगाएको हो ।

पार्टी विभाजनका क्रममा नेतृत्वप्रति गालीगलौज गर्ने तथा सडकमा नाराबाजी गर्ने समूह नै अहिले उम्मेदवारी हासिल गर्ने लगायतका भूमिकामा अग्रणी देखिएपछि आफूहरुले तालाबन्दी गर्नुपरेको उनीहरुको भनाइ छ । टिकट वितरण प्रक्रियाको मापदण्ड के हो र स्थानीय कमिटीबाट सिफारिस भएकामध्ये टिकट नपाउनेले के कमी–कमजोरीका कारण टिकट पाउन नसकेका हुन् भन्नेबारे जानकारी माग गर्दै आफूहरुले ताला लगाएको एमालेका स्थानीय कार्यकर्ता कमल पौडेलले बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै