होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
मन्त्रालयको भागबण्डामा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालको असन्तुष्टि देखिएको छ । मंगलबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा एकीकृत समाजवादीले चार मन्त्रालय मात्र पाउने अवस्था बनेपछि नेपालले असन्तुष्टि जनाएका हुन् । काँग्रेसले ८, माओवादीले ६, एकीकृत समाजवादी र जसपाले ४–४ मन्त्रालय पाउने गरी भागबण्डा टुङ्ग्याइएको थियो । यद्यपि अध्यक्ष नेपालले बैठकमै असन्तुष्टि जनाएका थिए । […]
नागरिक रैबार बाजुरा २१ असाेज। नेपाली काँग्रेस बाजुराकाे सभापतिमा उम्मेद्वार रहेका चक्र शाहले अब हुने दाेस्राे निर्वाचनमा सभापतिमा रामसिहं रावललाई सहयाेग गर्ने घाेषणा गरेका छन् । नेता शाहले मार्तडीमा आज पत्रकार सम्मेलन गरेर अब हुने दाेस्राे चरणकाे निर्वाचनमा रामसिंह रावलाई सभापतिमा सहयाेग गर्ने घाेषणा गरेका हुन् । पहिलो निर्वाचनमा सभापतिमा उम्मेदवारी दिएका शाहको टिमको पक्षमा […]
काठमाडौं । नेकपा एमालेका नेता भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् ।बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले जोशीलाई स्वागत गरेका छन् । एकीकृत समाजवादीमा प्रवेश गर्नुअघि जोशीले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएको पत्र बाचन गरेका थिए । एमाले नीति, सिद्धान्तबाट विचलित भएकाले आफूले एकीकृत समाजवादीमा आवद्ध हुने निर्णय लिएको उनले […]
नागरिक रैबार/बाजुरा २१ असोज। नेपाली कांग्रेस बाजुराको जिल्ला अधिवेशनमा पहिलो चरणको मतदानमा कुनै पनि उम्मेद्वारको ५१ प्रतिशत मत नपुगेपछि फेरी मतदान हुने भएको छ। जिल्लामा तीन जना उम्मेदवार सभापतिको दौडमा थिए। जसअनुसार बिहीबार बिहान सम्पन्न मतगणनामा कुनै उम्मेद्वारको ५१ प्रतिशत नपुगेपछि पुनः मतदान हुने निर्वाचन समितिले जनाएको छ। जिल्लामा जम्मा १ हजार २ सय १२ […]
नेकपा एमालेको लोगो विवादमा परेको छ । केही दिनअघि सम्पन्न एमालेको पहिलो विधान महाधिवेशनले सूर्यभित्र गोलाकार हँसिया हथौडा भएको लोगो पारित गरेको थियो । परिवर्तित एमालेको नयाँ लोगो नेकपा माओवादी केन्द्रको चुनाव चिन्हसँग मिल्दोजुल्दो छ । यसबारे नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले कानुनी उपचार खोज्न सकिने बताए । ‘यसमा दावी विरोध गर्न सकिन्छ । […]
धनगढी : नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा जाने तयारी गरेका छन्। केपी शर्मा ओलीले विगतमा माधव समूहमा रहेका नेतालाई पेलेरै पार्टी चलाउन थालेको भन्दै जोशीले एमाले छाड्ने तयारी गरेका हुन्। ‘१० बुँदे सहमति कार्यान्वय हुने अवस्था पनि देखिएन्,‘ एकीकृत समाजवादीमा जाँदै हुनुहुन्छ ? भन्ने प्रश्नमा जोशीले भने, ‘त्यस […]
नागरिक रैबार/बाजुरा १९ असोज। नेपाली काँग्रेस जिल्ला कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि मंगलबार बाट निर्वाचन सूरु भएको छ । असोज १६ गतेबाट औपचारिक रुपमा सूरु भएको काँग्रेस बाजुराको ७ औ जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयन सहमतिका साथ हुन नसकेपछि मंगलबारबाट निर्वाचन प्रक्रियामा गएको छ । जिल्लामा आजबाट सूरु भएको काँग्रेसको निर्वाचनमा तिनवटा समूहबीच चुनावी प्रतिष्पर्दा […]
नागरिक रैबार/बाजुरा १९ असोज। नेपाली काँग्रेस जिल्ला कार्यसमितिको ७ औ जिल्ला अधिवशेनबाट नयाँ नेतृत्व चयनका लागि मंगलबार विहान १० बजेबाट सूरु भएको निर्वाचनमा ३ बजेसम्म ५० प्रतिशत मत खसेको छ । काँग्रेसको साताैँ जिल्ला अधिवेशनमा मतदान गर्ने १२ सय ७ जना मध्ये ३ बजेसम्म ६ सय ५० जनाले मतदान गरिसकेको निर्वाचन अधिकृत सन्तोष भण्डारीले बताएका […]
नागरिक रैबार/बाजुरा १९ असोज। नेपाली काँग्रेस जिल्ला कार्यसमितिको ७ औ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सूरु भएको छ । विहान १० बजेबाट सूरु भएको मतदानमा बाजुराका ९ वटा स्थानीय तहका नेपाली काँग्रेसका १२ सय ७ जना प्रतिनिधिहरुले मतदान गर्ने भएका छन् । असोज १६ गतेबाट अधिवेशन सूरु भएको काँग्रेस बाजुरामा उम्मेदवारहरु विच […]
धनगढी : सुदूरपश्चिम प्रदेशमा राजनीतिक आस्थाको आधारमा कर्मचारी सरुवाको चलखेल भइरहेको गुनासो गरिएको छ। राजनीतिक दलमा आस्था राख्ने, मन्त्री तथा सांसद निकट तथा कैलाली र कञ्चनपुर जिल्लामा कार्यरत कर्मचारीहरुलाई बढी बजेट खर्च हुने निकाय र कार्यालयमा ल्याउन निकै दौडधुप सुरु भएको कर्मचारी स्रोतको दाबी छ। आफूले छानेको र चाहेको कार्यालयमा सरुवा माग गर्दै नेपाली कांग्रेस, […]
नेपाली काँग्रेस बाजुराको सातौ जिल्ला अधिबेशनको निर्वाचन प्रक्रियामा अघि बढेको छ । निर्वाचन समिति बाजुराले सोमबार बिहान ८ बजे बाट मनोनयन दर्ता प्रक्रिया शुरु गरेको छ । निर्वाचन कार्यलय तालिका सार्वजनिक गर्दै मनोनयन दर्ता प्रक्रिया अघि बढेको हो । मतदान प्रक्रिया भने १९ गते बिहान ८ बजे बाट शुरु हुने निर्वाचन समिति बाजुराले जनाएको छ […]
नागरिक रैबार/बाजुरा १८ असाेज नेपाली काँग्रेस बाजुराका कार्यसमिति सदस्य तथा बडीमालिका ८ का वडा अध्यक्ष युवा नेता प्रकाश रावल साताैं जिल्ला अधिवेशनमा सहसचिवका बलिया उम्मेद्वार बनेका छन् । बडीमालिका नगरपालिकालाई काँग्रेसकाे किल्लाका रूपमा अगाडि बढाउदै गएका युवा नेता रावल काँग्रेसकाे जिल्ला सहसचिवका बलिया उम्मेदवारका रूपमा हेरिएका छन् । काँग्रेसमा युवा पुस्ताबाट राजनिती क्षेत्रमा प्रवेश गरेका […]
धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा आयोजित पार्टीको कार्यकर्ता भेलामा झडप भएको छ ।क्रियाशील सदस्यताको विषयमा असहमति जनाएको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलामा देउवा पक्ष पनि प्रवेश गर्न खोज्दा झडप भएको हो । झडपका क्रममा दुवै पक्षका केही नेता कार्यकर्ता समान्य घाइते भएका छन् । तर जिल्ला […]
नेकपा एमालेको जारी विधान महाधिवेशनले ७० वर्षे उमेर हद कायमै राख्ने भएको छ । यदि कोही ७० वर्ष पुरा हुनुअघि नै उम्मेदवार भएर जितेको खण्डमा उसले पूरा कार्यकाल काम गर्न पाउने व्यवस्था विधान संशोधनमार्फत गरेको छ । यसले मुख्य त हालका अध्यक्ष केपी शर्मा ओली लक्षित छ । आइतबार ७० वर्षे उमेर हदबारे व्याख्या गर्दै […]
नेकपा एमालेले १५ सदस्यीय केन्द्रीय पदाधिकारीको व्यवस्था गर्ने भएको छ । आइतबार विधान संशोधनमाथि उठेका प्रश्नको जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले १५ सदस्यीय पदाधिकारीको परिमार्जित प्रस्ताव अघि सारेका हुन् । त्यसमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्षसहित उपाध्यक्षको संख्या ५, महासचिव १, उपमहासचिव १ र सचिव ७ गरी परिमार्जित प्रस्ताव अघि सार्दै यो प्रस्ताव अनुमोदन हुने विश्वास […]
नागरिक रैबार/बाजुरा १७ असोज। नेपाली काँग्रेस बाजुराको ७ औ जिल्ला अधिबेशनबाट सभापतिको उम्मेदवारीमा तयारी गरेका नेता चक्र शाले सभापति सहितको आफ्नो छुट्टै प्यानल घोषणा गरेका छन् । नेता शाहले मार्तडीमा आज पत्रकार सम्मेलन गर्दै ७ औं जिल्ला अधिवेशनका लागि सभापतिमा आफु रहने गरी छुट्टै प्यानलको घोषणा गरेका हुन् । नेता शाहले ७ औं जिल्ला अधिवेशनमा […]
बझाङ, १७ असोज । बझाङ र बाजुरामा कांग्रेसको क्षेत्रीय अधिवेशन सम्पन्न गरेर नेता कार्यकर्ताहरू जिल्ला अधिवेशनको चटारोमा छन् । बझाङका दुवै प्रदेश निर्वाचन क्षेत्रमा देउवा पक्षका उम्मेदवार विजयी भएका छन् । बाजुरामा देउवा र पौडेल दुवै पक्षले एकरएकवटा निर्वाचन क्षेत्रमा विजयी भएका छन् । बझाङको प्रदेश निर्वाचन क्षेत्र क–बाट देउवा पक्षका उम्मेदवार पुस्कल बोहरा र […]
धनगढी : बझाङमा नेपाली कांग्रेसको जिल्ला अधिवेशन गर्न खटाइएका प्रमुख मतदान अधिकृत गायब भएका छन्। जिल्ला अधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले खटाएका प्रमुख मतदान अधिकृत चेतराज भट्ट शुक्रबार राति १२ बजेछि पार्टीको सम्पर्कमा नरहेको बझाङ कांग्रेसका नेताहरुले बताएका छन्। जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि दुई समूहले प्रतिस्पर्धा गरिरहेको स्रोतले बताएको छ। पूर्वमन्त्री सुरेश मल्ल, अर्जुनजंगबहादुर […]
काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आईतबार बस्दै छ । आईतबार बस्ने बैठकले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम छनोट गर्ने बताइएको छ । यद्यपी बैठकको समय भने निश्चित भइनसकेको माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । ‘बैठक बस्ने भनेको हो, तर अहिलेसम्म समय निश्चित भएको छैन’, ढकालले […]
नागरिक रैबार/बाजुरा १६ असोज।नेपाली काँग्रेस बाजुराकी नेतृ राधिका देवि सुनारले आफ्नो उम्मेदवारी महाधिवेशन प्रतिनिधिमा रहेको घोषणा गरेकी छन् । त्रिवेणी नगरपालिकाकी उपप्रखुख समेत रहेकी काँग्रेस नेतृ सुनारले नेपाली काँग्रेस बाजुराको ७ औं जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधि (दलित महिला) को तर्फबाट आफ्नो उम्मेदवारी रहेको बताएकि हुन् । बिपिको समाजवादलाई आत्मसाथ गर्दै निरन्तर नेपाली काँग्रेसको सक्रिय राजनीतिमा […]