होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मन्त्री छान्ने माओवादी बैठकको समय अनिश्चित
समाचार

मन्त्री छान्ने माओवादी बैठकको समय अनिश्चित

  • नागरिक रैबार
मन्त्री छान्ने माओवादी बैठकको समय अनिश्चित

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आईतबार बस्दै छ । आईतबार बस्ने बैठकले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम छनोट गर्ने बताइएको छ ।

यद्यपी बैठकको समय भने निश्चित भइनसकेको माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । ‘बैठक बस्ने भनेको हो, तर अहिलेसम्म समय निश्चित भएको छैन’, ढकालले आइतबार बिहान भने, ‘कुनैपनि बेला बस्नसक्छ ।’ नेता नारायणकाजी श्रेष्ठले आज बैठक बस्ने नबस्ने आफुलाई अहिलेसम्म जानकारी नआएको बताए ।

शनिबारको स्थायी समितिको बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले आइतबार बस्ने बैठकले मन्त्रि बन्ने नेताको नाममा छलफल गरेर टुंग्याउने बताएका थिए । असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवाले हालसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । सरकारमा हाल माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री छन् । यसैगरी काँग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री, बालकृष्ण खाँण गृहमन्त्री, डा. नारायण खड्का परराष्ट्रमन्त्री र उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री छन् ।

विज्ञापन

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीलाई समेत समेटेर मन्त्रिमण्डललाई पूर्णता दिने भनिएपनि दलहरुबीच मन्त्रालय भागबण्डामै छलफल हुन सकिरहेको छैन । गत साता नै भागबण्डा टुंग्याउने सत्ता गठबन्धनका नेताहरुले बताएपनि गठबन्धन बैठक नै बस्न सेकेको छैन ।

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार