होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • देउवाको गृहजिल्लामा कांग्रेसको भेलामा झडप
समाचार

देउवाको गृहजिल्लामा कांग्रेसको भेलामा झडप

  • नागरिक रैबार
देउवाको गृहजिल्लामा कांग्रेसको भेलामा झडप

धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा आयोजित पार्टीको कार्यकर्ता भेलामा झडप भएको छ ।क्रियाशील सदस्यताको विषयमा असहमति जनाएको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलामा देउवा पक्ष पनि प्रवेश गर्न खोज्दा झडप भएको हो ।

झडपका क्रममा दुवै पक्षका केही नेता कार्यकर्ता समान्य घाइते भएका छन् । तर जिल्ला प्रहरी कार्यालय डडेल्धुराले भने दुवै पक्षबीच समान्य वादविवाद मात्र भएको जनाएको छ ।

डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) महेन्द्र नेपालले एक पक्षले आयोजना गरेको भेलामा अर्को पक्ष पनि प्रवेश गर्न खोज्दा समान्य विवाद भएको बताए । अहिले अर्को पक्ष कार्यक्रमस्थलबाट बाहिरिसकेकाले अवस्था समान्य रहेको उनले जानकारी दिए ।

विज्ञापन

झडपका कारण केहीबेर सभा विथोलिएको थियो । भेलालाई सम्बोधन गर्न कांग्रेस नेता डा. शेखर कोइराला, अर्जुननरसिंह केसी र गुुरुराज घिमिरे डडेल्धुरा पुगेका छन् ।

पार्टीका जिल्ला सभापति समेत रहेका प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल पक्षले डडेल्धुरामा अवैधानिक रुपमा क्रियाशील सदस्यता वितरण गरिएको भन्दै वडा र पालिका महाधिवेशन बहिष्कार गरेको छ ।

अवैधानिक रुपबाट राखिएका क्रियाशील सदस्यको नाम हटाउनुुपर्ने, स्थानीय तहबाट सिफारिस भएका नामहरु समावेश गर्नुपर्ने र वडा अधिवेशन पुनः गर्नुपर्ने माग गर्र्दै जिल्ला पार्टी कार्यालयमा नेता, कार्यकर्ता रिले अनसनमा समेत बसेका थिए । तर आइतबार भने अनसन स्थगित गरिएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार