होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी: हालै सामाजिक सञ्जालमा एक फोटो भाइरल बनेको छ। सामाजिक सञ्जाल ट्विटमा एक प्रयोगकर्ता समर राजले सो तस्विर सेयर गरेका हुन। उक्त तस्बिरमा एक पत्नीको लाचापरिपन देखिएको छ। ती महिलाले आफ्ना पतिलाई बचाउन मुखमा मुख जोडेर श्वास दिइरहेकी देखिन्छन्। अक्सिजन सिलिन्डरको अभावमा ती महिलाले आफ्नो पतिलाई अन्तिम क्षणसम्म मुखबाट सास दिँदै बचाउन खोजिकी जस्तै देखिन्छन्। […]
लोकगायक प्रकाश सपुत फरक गीतका कारण चर्चामा आउने गर्छन् । अहिले फेरि उनी बेग्लै पहिचान बोकेर चर्चामा आएका छन् । गायक सपुतको नयाँ गीत ‘मेरो पनि होइन र यो देश ?’ अहिले चर्चामा छ । राष्ट्रिय एकता र सांस्कृतिक विविधतालाई समेटिएको यो गीत शुक्रबार युट्युबमार्फत सार्वजनिक भएको हो । सार्वजनिक भएलगत्तै चर्चामा रहन सफल यो […]
काठमाडौंँ । २०७२ सालको विनाशकारी भूकम्प गएको आज ६ वर्ष पुगेको छ । महाभूकम्पको सम्झना अहिले विभिन्न कोणबाट भैरहेका छन् । भूकम्पले भत्काएको ऐतिहासिक धरहरा पुरानै स्वरुपमा आधुनिक सामग्री प्रयोग गरेर नयाँ निर्माण भएको छ । जसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार गरेका थिए । धरहरा पहिलेभन्दा झन् बलियो बनोटका साथ निर्माण भएकोमा सबै […]
चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ‘तिम्रो घरको वरिपरी’ बोलको गीत डेढ बर्ष अगाडि सार्वजनिक भयो । यो गीत सार्वजनिक भएसँगै दर्शकको मनमा बस्यो । गीत हिट भएपछि चलचित्रको व्यापारमा पनि प्रभाव पर्ने निश्चित थियो । तर, गीतले २ करोड भ्यूजा पार गरिसक्दा पनि चलचित्र भने कोभिडका कारण रिलिज हुन पाएन । अब, यो चलचित्र […]
काठमाण्डौ कलाकार दयाहाङ राई चलचित्र ‘बिहे पास’को बाहिरको छायांकन सकेर काठमाण्डौ फर्किएका छन् । यो चलचित्रको केही दृश्य र २ वटा गीतको छायांकन काठमाण्डौमा गरिने निर्माणपक्षले बताएको छ । यो चलचित्रको काठमाण्डौ बाहिरको छायांकन सकेर दयाले चलचित्र ‘कबड्डी ४’को काम सुरु गर्नुपर्ने हो । यसको निर्माणपक्षले पनि वैशाखको ९ गतेबाट छायांकन सुरु गर्ने तयारी गरेको […]
बलिउड नायक सलमान खान अभिनित चलचित्र ‘राधेः योर मोस्ट वान्टेड भाई’को ट्रेलर सार्वजनिक गरिएको छ । प्रभु देवाको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलर एक्सनले भरिएको छ । प्रभु देवाले नै निर्देशन गरेको तथा सलमानको मुख्य भूमिका रहेको चलचित्र ‘वान्टेड’कै झल्को दिने यो चलचित्रको ट्रेलरमा सलमानले नायिका दिशा पटानीसँग रोमान्स गरेका छन् । यो चलचित्रले भारतको […]
काठमाडौंँ । सदाबहार अभिनेत्री करिश्मा मानन्धर एकान्तबास बस्ने भएकी छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै एकान्तबास बस्ने जानकारी दिएकी हुन् । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र अभिनेत्री केकी अधिकारीलाई कोरोना पोजेटिभ देखिएकोले उनले केही दिन एकान्तबास गर्ने निर्णय गरेकी हुन् । उनले कन्ट्याक्ट ट्रेसिङमा परेकोबारे भने केही खुलाएकी छैनन् । ‘आदरणीय मदनकृष्ण दाइको […]
बलिउड नायक सलमान खानले आफू अभिनित तथा निर्मित चलचित्र ‘राधे’को रिलिज मे १३ मै गर्ने तयारी गरेका छन् । भारतमा बढ्दो कोरोना भाइरसका कारण हलहरु बन्द भएका छन् । केही राज्यमा लकडाउन समेत लगाइएको छ । तर, सलमानले भने चलचित्रको प्रदर्शन मिति पछि सारेनन् । बरु, उनले चलचित्र रिलिजका लागि नयाँ उपाय अपनाएका छन् । […]
सोमबारदेखि छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘घिन्ताङ’को सेड्यूल प्रभावित भएको छ । चलचित्रकी नायिका केकी अधिकारीको कोरोना रिपोर्ट पोजिटिभ आएपछि छायांकन प्रभावित भएको हो । दिपक श्रेष्ठको निर्देशनमा तयार हुन लागेको चलचित्रको छायांकन सोमबारदेखि सुरु गर्ने निर्माणपक्षको योजना थियो । तर, केकीमा कोरोना संक्रमण देखिएसँगै छायांकन केही दिन पछि सारिएको हो । पहिलो पटक […]
काठमाडौंँ । फिल्म हल फेरि बन्द हुने भएको छ । कोरोना संक्रमण बढेसँगै सोमबार बसेको मन्त्रीपरिषदको बैठकले फिल्म हल फेरि बन्द गर्ने निर्णय गरेको हो । गत बर्षको फागुनमा कोरोनाको पहिलो चरणको कहर देखिएसँगै फिल्म हल बन्द भएका थिए । कोरोनाको संक्रमण कम हुँदै गर्दा सबै क्षेत्र खुले पनि सरकारले फिल्म हल भने खोलेको थिएन […]
बैसाख ५ काठमाण्डौं। बाजुराका पत्रकार अनिल शाहीद्धारा अभिनित लोक दोहोरी गित संधै मनपेट खोल्ने गर्या भा को म्युजिक भिडियो आइतवार सार्वजनिक गरिएको छ । काठमाण्डौंमा एक सामान्य कार्यक्रमका विच जय मष्टा मिडिया युटुव च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो । गायक प्रभुराज पाण्डे र गायीका माया पाख्रिनको आवाजमा रहेको भिडियोमा पत्रकार अनिल शाही र कलाकार आशा […]
नेपाली गायक दिवेश पोखरेलले फेरि अमेरिकन आइडलमा प्रतिस्पर्धा गर्ने भएका छन् । उनी, १८ औं सिजनको प्रतियोगीतामा उप–विजेता बनेका थिए । विश्वभरका नेपालीले उनलाई गतबर्षको सिजनमा साथ दिएका थिए । बिलबोर्ड अनलाइनका अनुसार, कमब्याक प्रतिस्पर्धीहरुमध्ये सबैभन्दा बढी भोट पाउनेले उत्कृष्ट १० मा स्थान सुरक्षित गर्नेछन् । अप्रिल १९ मा प्रशारण हुने आइडलमा स्टेजबाट नै उनीहरुले […]
नायिकाहरू हिजोआज सन्तान जन्माउन लागेको खुसीयाली सार्वजनिक गर्न व्यस्त छन्। केही समयअघि नायिका प्रियंका कार्कीले आफ्ना श्रीमानसँगै गर्भवती अवस्थाको फोटो सार्वजनिक गरिन्। गर्भवती अवस्थाको फोटो सार्जनिक हुँदा उनले आलोचना र बधाई एकैसाथ पाइन्।अहिले नेपाली फिल्म उद्योगबाट निकै टाढा रहेकी अर्की नायिका गरिमा पन्तले प्रियंकाको पदचाप पछ्याएकी छिन्। उनले पनि मंगलबार गर्भवती अवस्थाको फोटो सार्वजनिक गरेकी […]
चलचित्र ‘लप्पन छप्पन र लप्पन छप्पन २’का निर्देशक मुकुन्द भट्टले नयाँ चलचित्र निर्देशनको घोषणा गरेका छन् । सामाजिक संजालबाट घोषणा गर्दै उनले चलचित्रको नाम ‘एक्स ९’ रहेको जानकारी दिएका छन् । यो चलचित्रलाई नेपालकै सबैभन्दा ठूलो एक्सन र थ्रिलर कथाको चलचित्र भनेका छन् । ‘एक्स ९–लेभल १’ भनिएको यो चलचित्रको कलाकारको बिषयमा कुनै जानकारी दिइएको […]
निर्देशक दीपाश्री निरौलाले ‘महानायक’को बिषयमा दिएको एक अभिव्यक्तिपछि यसले ठूलो विवाद खडा गर्यो । यही विवादका कारण दीपाश्री जितु नेपालले संचालन गर्दै आएको ‘मुन्द्रेको कमेडी शो’बाट बाहिरिइन् । यसपछि भने जितुको सम्बन्ध ‘छक्का पन्जा’ टिमसँग चिसियो । दीपाश्री निरौला, दीपकराज गिरी, केदार घिमिरे लगायतसँग उनको सम्बन्ध विग्रिएको र टिमबाट पनि बाहिरिएको खबर सार्वजनिक भयो । […]
बलिउडलाई कोरोनाको कालो बादलले नराम्रोसँग छोपेको छ । विस्तारै पखेटा फिजाउन थालेको बलिउड कोरोनाका कारण फेरि प्रभावित बनेको छ । भारतमा दोश्रो चरणको कोरोनाको लहर फैलिएपछि धमाधम बलिउड चलचित्रहरुको रिलिज मिति पोष्टपोन्ड गर्न थालिएको छ । कोरोनाका कारण सबैभन्दा ठूलो मारमा चलचित्र ‘सूर्यवंशी’ परेको देखिन्छ । यो चलचित्रको प्रदर्शन मिति तेश्रो पटक पोष्टपोन्ड भएको छ […]
दक्षिण भारतका सुपरस्टार नायक रजनीकान्तलाई सन् २०१९ को ‘दादा साहेब फाल्के अवार्ड २०२०’बाट सम्मानित गरिने भारतको केन्द्रिय सरकारले बताएको छ । केन्द्रिय सूचना तथा प्रसारण मन्त्री प्रकाश जावडेकरले सामाजिक संजालमा ट्विट गर्दै यसको जानकारी दिएका हुन् । उनले, रजनीकान्तलाई चलचित्र क्षेत्रमा गरेको योगदानलाई हेरेर सरकारले यो निर्णय गरेको बताउँदै यसलाई राजनीतिसँग जोड्न नमिल्ने बताए । […]
काठमाडौँ- नारीलाई साडी कहिल्यै भारी हुँदैन रे, हो ?यो जिज्ञासामा गायिका सुनिता दुलाल एकछिन मुस्कुराइन् । अनि भनिन्, ‘मलाई पनि त्यस्तै लाग्छ । साडीमा कम्फर्टेबल फिल हुन्छ । साडी सम्हाल्न गाह्रो हुन्छ भन्छन्, मलाई चाहिँ सजिलो लाग्छ ।’ सुनितासँग शुरूमै यो जिज्ञासा किन पनि थियो भने उनले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्वीरहरू साडीविनाका विरलै देखिन्छन् […]
चलचित्र ‘होस्टेल’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका अनमोल केसीले ८ वटा चलचित्रमा अभिनय गरिसकेका छन् । ८ वटा चलचित्रमा अभिनय गरेका अनमोल अधिकांश चलचित्रलाई आफै बोक्ने हिम्मत राख्छन् । यसैले, पनि उनले मल्टिस्टारर चलचित्रमा मन नबनाएको देखिन्छ । पहिलो चलचित्र ‘होस्टेल’देखि पछिल्लो चलचित्र ‘ए मेरो हजुर ४’सम्म आइपुग्दा चलचित्रमा अनमोल एक्ला नायक छन् । उनले मल्टिस्टारर […]
आउँदो बर्षको भदौ १८ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘ए मेरो हजुर ४’को शिर्ष गीतको छायांकन डोल्पाको शे–फोक्सुन्डो तालमा गरिएको छ । यसको निर्माणपक्षले १० दिन लगाएर गीतको छायांकन गरेको हो । फागुण ३० गीत शिर्ष गीतको छायांकनका लागि चलचित्रको टिम शे–फोक्सुन्डो ताल पुगेको थियो । चलचित्रका मुख्य कलाकार नायक अनमोल केसी र नायिका […]