होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • प्रकाश सपुतको नयाँ गीत : मेरो पनि होइन र यो देश ?
मनोरञ्जन

प्रकाश सपुतको नयाँ गीत : मेरो पनि होइन र यो देश ?

  • नागरिक रैबार
प्रकाश सपुतको नयाँ गीत : मेरो पनि होइन र यो देश ?

लोकगायक प्रकाश सपुत फरक गीतका कारण चर्चामा आउने गर्छन् । अहिले फेरि उनी बेग्लै पहिचान बोकेर चर्चामा आएका छन् । गायक सपुतको नयाँ गीत ‘मेरो पनि होइन र यो देश ?’ अहिले चर्चामा छ ।

राष्ट्रिय एकता र सांस्कृतिक विविधतालाई समेटिएको यो गीत शुक्रबार युट्युबमार्फत सार्वजनिक भएको हो । सार्वजनिक भएलगत्तै चर्चामा रहन सफल यो गीतले समाचार तयार पार्दासम्म युट्युबमा ९ लाखभन्दा बढी भ्युज पाउँदै ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको छ ।

देशप्रतिको गौरव र गुनासो दुबै प्रस्तुत गरिएको गीतमा सम्मानपूर्वक जीवन बाँच्न पाउनुपर्छ भन्ने मागसमेत मर्मस्पर्शीरूपमा गरिएको छ । गीतले छिट्टै चर्चा पाउनुको कारण पनि यही विषयवस्तु समेटिएकाले हो ।

विज्ञापन

छोटो समयमै गीतले चर्चा पाउँदा गायक सपुत पनि दङ्ग छन् । गीतको सफलता उनले आफूले गरेको मिहिनेतसँग जोड्छन् ।

​‘हामी कलाकार विभिन्न सिजन, जस्तै– तीज, दसैँ, तिहारलगायतका हरेक पक्षमा विभिन्न विषयका गीतहरु बनाउने गर्छौं,’ सपुतले भने, ‘यो समय राष्ट्रियता झल्काउने कुनै एक गीत गरौँ न भन्ने सोचले यो गीत जन्मिएको हो ।’

स्वर र सङ्गीतले भन्दा पनि गीत शब्दका कारणले सबैको रुचिमा पर्न सफल भएको हो । गीतमा समेटिएको देशप्रतिको गौरव र गुनासोका विभिन्न विषयवस्तुले दर्शकका मन छोएका छन् ।

गीतको शब्द पनि प्रकाश आफैंले लेखेका हुन् । गीतका लागि उनले केही पहिले नै एक लाइन बनाएका थिए । त्यो अहिले पूरा गरेका हुन् । गीत पूरा गर्न आफूलाई निकै कठिन परेको उनले सुनाए ।

‘हिमाल, पहाड, तराई विभिन्न भेगका मानिसको आ–आफ्नै वेदना छ,’ सपुतले गीतका विषयमा भने, ‘सबैको वेदना, पीडा गीतमा राख्नुपर्ने भएकाले शब्द चयनका लागि निकै गाह्रो भयो । तर, शब्दहरु देशका सबैको प्रतिनिधित्व होस् भनेर छाने ।’

​गीत सबैको रुचिमा पर्नुको मुख्य कारण यसमा रहेका समय सान्दर्भिक विषयवस्तु नै । यो गीत सुपुतले अहिले बाहिर ल्याउनुको कारण पनि त्यही हो ।

‘कुन समय कस्तो सिर्जना ल्याउने, अडियन्सको मुड कस्तो छ भनेर म ख्याल गर्छु,’ सपुतले भने ‘अहिलेको परिस्थितिमा यो गीत ठीक भनेर बनाएको हो ।’

गीतको शब्द लेखन र कम्पोज पनि आफैंले गरेकाले सार्वजनिक गर्नका लागि उयुक्त समय भएको उनले सुनाए ।

यो नयाँ गीत उनले चर्चाका लागि भन्दा पनि सामाजिक उत्तरदायित्व पूरा गर्न ल्याएका हुन् । तर, सार्वजनिक भएदेखि नै गीतले प्रतिक्रिया राम्रो पाएर व्यवसायिकरूपमा पनि अगाडि बढ्न सफल भयो ।

‘सबैको आवाज गीतमार्फत सम्बोधन होस्, फेरि पनि यस्तो आवाज सुन्न र निकाल्न नपरोस् भन्ने हिसाबले गीत तयार गरिएको थियो,’ उनले अगाडि थपे, ‘चर्चा त भयो । त्योभन्दा पनि मेरो आशा अर्काेचोटि यस्ता अवाज समेटेर गीत बनाउन नपरे हुन्थ्यो भन्ने छ ।’

​हुन त गीत चल्दा एक किसिमले गायक गायिकालाई खुसी दिन्छ । अर्काे किसिमले हेर्ने हो भने चुनौती पनि थपिने गर्छ । सपुतलाई पनि यो गीतले चुनौती त पक्कै थप्यो होला ?

‘गीत चल्यो । अब योभन्दा राम्रो गीत प्रकाशले दिनुपर्ने चुनौती थपियो भनेर सबैले सोच्नुहुन्छ होला,’ प्रश्नको जवाफमा सपुतले भने, ‘म यसमा चुनौती महशुस गर्दिनँ । किनभने, हरेक विषय चर्चित हुन्छन् । त्यो चर्चाले चुनौती थपिन्छ भन्ने म लिन्नँ । किनभने मेरो हरेक गीतको आआफ्नै शैली र भ्यालु रहेका छन् र दर्शक पनि फरक फरक छन् ।’

उनी थप्छन्, ‘राष्ट्रिय भावनाले बनाएको गीत सबैले रुचाउनुभयो, मेरा लागि यही नै ठूलो कुरो हो ।’

गीतको भिडियो समेत आकर्षक छ । यसमा हिमाल, पहाड, तराईलगायत देशको सबै स्थानका सांस्कृतिक पहिचान झल्कने सङ्गीत र नृत्यको मिश्रण पनि गरिएको छ ।

प्रकाशकै स्वर, शब्दका साथै सङ्गीतसमेत उनकै रहेको गीतमा केही कलाकारको समूह गायन छ । गीतको भिडियोसमेत आफंैले निर्देशन गरेका प्रकाशले भिडियोमा नयाँ पुराना सबैखालका कलाकार समेटेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार