होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • गीत हिट तर रिलिज हुन पाएनन् फिल्म
मनोरञ्जन

गीत हिट तर रिलिज हुन पाएनन् फिल्म

  • नागरिक रैबार
गीत हिट तर रिलिज हुन पाएनन् फिल्म

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ‘तिम्रो घरको वरिपरी’ बोलको गीत डेढ बर्ष अगाडि सार्वजनिक भयो । यो गीत सार्वजनिक भएसँगै दर्शकको मनमा बस्यो । गीत हिट भएपछि चलचित्रको व्यापारमा पनि प्रभाव पर्ने निश्चित थियो । तर, गीतले २ करोड भ्यूजा पार गरिसक्दा पनि चलचित्र भने कोभिडका कारण रिलिज हुन पाएन । अब, यो चलचित्र रिलिज हुने समयसम्म गीतको बजारमा चर्चा कस्तो हुने हो, त्यो भविष्यले नै बताउनेछ ।

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को मात्र होइन, अरु केही चलचित्रका गीत पनि सुपरहिट भैसकेका छन् । तर, चलचित्र भने रिलिज हुन पाएका छैनन् ।

 

विज्ञापन

चलचित्र ‘प्रेमगीत ३’को अवस्था पनि उस्तै छ । यो चलचित्रको पनि गीत हिट भयो । तर, चलचित्र रिलिज हुन पाएन । बरु, निर्माता यतिबेला हिन्दी भर्सनमा पनि चलचित्र रिलिज गर्ने दौडमा छन् ।

चलचित्र ‘हिजो आजको कुरा’को ‘माया जदौं’ बोलको गीत पनि सुपरहिट भयो । यो गीतले चर्चा पाएपनि चलचित्र भने रिलिज हुन पाएन । चलचित्र रिलिजको समयमा गीतको क्रेज कस्तो रहने हो, भन्न सकिने अवस्था छैन ।

चलचित्र ‘कृष्ण लीला’ गतबर्षको चैत्र २७ गतेबाट रिलिज हुनुपर्ने हो । यो चलचित्रको ‘कुनै दिन’ बोलको गीतले पनि दर्शकको मन जित्यो । पुष्प खड्का र श्रद्धा क्षेत्रीलाई फिचरिङ गरिएको यो गीत चलेपनि चलचित्र रिलिज हुन सकेन । चलचित्र रिलिज अब कहिले हुन्छ पक्का छैन ।

गीत चलिरहेको समयमा चलचित्र रिलिज भएको भए यसले पक्कै पनि फाइदा हुने थियो । चलचित्र ‘लक्का जवान’ होस् या ‘निरफूल’ । केही चलचित्रका गीतले बजारमा राम्रै चर्चा पाउँदा कोभिडका कारण चलचित्र रिलिज हुन पाएनन् ।

गीत राम्रो चल्यो भने चलचित्रको व्यापारमा फाइदा हुने गरेको छ । तर, यसपटक केही चलचित्रका गीतहरु चलेपनि चलचित्र भने चल्न पाएनन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार