होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • दीपक–जितुको अघि ‘मह जोडी’को सुझाव–‘प्रतिस्पर्धा नगरौं’
मनोरञ्जन

दीपक–जितुको अघि ‘मह जोडी’को सुझाव–‘प्रतिस्पर्धा नगरौं’

  • नागरिक रैबार
दीपक–जितुको अघि ‘मह जोडी’को सुझाव–‘प्रतिस्पर्धा नगरौं’

निर्देशक दीपाश्री निरौलाले ‘महानायक’को बिषयमा दिएको एक अभिव्यक्तिपछि यसले ठूलो विवाद खडा गर्यो । यही विवादका कारण दीपाश्री जितु नेपालले संचालन गर्दै आएको ‘मुन्द्रेको कमेडी शो’बाट बाहिरिइन् । यसपछि भने जितुको सम्बन्ध ‘छक्का पन्जा’ टिमसँग चिसियो । दीपाश्री निरौला, दीपकराज गिरी, केदार घिमिरे लगायतसँग उनको सम्बन्ध विग्रिएको र टिमबाट पनि बाहिरिएको खबर सार्वजनिक भयो ।

‘छक्का पन्जा’ टिममा जितु नरहने भन्ने खालका खबर सार्वजनिक भैरहेको समयमा हाँस्य कलाकार केदार घिमिरेले आफ्नो जन्मदिन मनाए । उनको जन्मदिनमा हाँस्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, जितु नेपाल, शिवहरि पौडेल उपस्थित थिए ।

 

विज्ञापन

सो समारोहमा विशेषगरि, मह जोडीले हाँस्य कलाकारहरुविच प्रतिस्पर्धा गर्न नहुने र मिलेर जानुपर्ने सुझाव दिए । मदनकृष्णले भने–‘मिलेर काम गर्नुपर्छ । मिलेर काम गर्दाखेरी एउटाले अर्कोसँग प्रतिस्पर्धा नगर्दा राम्रो हुन्छ । बग्गी तान्ने क्रममा दुइवटा घोडा प्रतिस्पर्धामा लागे भने बग्गी अगाडि बढ्न सक्दैन ।’

मदनकृष्णले हरिवंश र आफ्नो शैली फरक भएपनि ४१ बर्षदेखि सहकार्य गर्दै अगाडि बढेको बताए । यस्तै, हरिवंशले केदारको जन्मदिनमा भने–‘टिम भनेको टिम नै हो । बलियो टिम भयो भने कसैले पनि केही गर्न सक्दैन । अहिले हाँस्य कलाकारहरुले चलचित्र क्षेत्रको लिड गर्नुभएको छ ।’

कार्यक्रममा बोल्दै दीपकराज गिरीले भने–‘एउटै पेशामा रहेका मानिसहरु प्रतिस्पर्धी हुन्छन् । मित्र कम हुन्छन् । कतिपय मानिसहरुको मित्रता औपचारिकता मात्र हुन्छ ।’ जितुले भने आफ्नो र ‘छक्का पन्जा’ टिमसँगको सहकार्य नटुटेको र आफूहरु सबै एकसाथ रहेको बताए । उनले भने–‘केदारजी, दीपकजी, म र दीपाश्री एकै साथमा छौं, एक साथमा नै रहन्छौं ।’

मह जोडीले ‘छक्का पन्जा’ टिम र जितु नेपालविचको सम्बन्ध विग्रिएको बिषयमा नामै तोकेर त बोलेनन् । तर, उनीहरुले हाँस्य कलाकारहरुलाई प्रतिस्पर्धा नगरी मिल्नका लागि सुझाव दिएका छन् । के अबजितु र ‘छक्का पन्जा’ टिमको मनमुटाव सकिएर उनीहरुले हातेमालो गर्लान् त ?

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार