होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • ‘वान्टेड’को झल्को दिने सलमानको ‘राधे’ ट्रेलर
बलिउड/हलिउड

‘वान्टेड’को झल्को दिने सलमानको ‘राधे’ ट्रेलर

  • नागरिक रैबार
‘वान्टेड’को झल्को दिने सलमानको ‘राधे’ ट्रेलर

बलिउड नायक सलमान खान अभिनित चलचित्र ‘राधेः योर मोस्ट वान्टेड भाई’को ट्रेलर सार्वजनिक गरिएको छ । प्रभु देवाको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलर एक्सनले भरिएको छ । प्रभु देवाले नै निर्देशन गरेको तथा सलमानको मुख्य भूमिका रहेको चलचित्र ‘वान्टेड’कै झल्को दिने यो चलचित्रको ट्रेलरमा सलमानले नायिका दिशा पटानीसँग रोमान्स गरेका छन् ।

यो चलचित्रले भारतको मुम्बइमा फैलिएको ड्रग्सको धन्दा र अपराधको कथालाई भनेको छ । चलचित्रमा कलाकार रणदीप हुड्डा खलनायकको भूमिकामा देखिएका छन् । सलमान र उनीविचको टकरावको कथामा नै यो चलचित्र बनेको ट्रेलरबाट वुझ्न सकिन्छ ।

 

विज्ञापन

यो चलचित्र मे १३ मा विश्वभर रिलिज हुनेछ । चलचित्रलाई हलमा र ओटीटीमा एकसाथ रिलिज गर्ने तयारी सलमानको छ । भारतका अधिकांश राज्यमा हलहरु बन्द भैरहेको समयमा पनि सलमानले चलचित्र रिलिज गर्ने जोखिम भने मोलेका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार