होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • सलमानको ‘राधे’ हल र ओटीटीमा एकसाथ रिलिज हुने
बलिउड/हलिउड

सलमानको ‘राधे’ हल र ओटीटीमा एकसाथ रिलिज हुने

  • नागरिक रैबार
सलमानको ‘राधे’ हल र ओटीटीमा एकसाथ रिलिज हुने

बलिउड नायक सलमान खानले आफू अभिनित तथा निर्मित चलचित्र ‘राधे’को रिलिज मे १३ मै गर्ने तयारी गरेका छन् । भारतमा बढ्दो कोरोना भाइरसका कारण हलहरु बन्द भएका छन् । केही राज्यमा लकडाउन समेत लगाइएको छ । तर, सलमानले भने चलचित्रको प्रदर्शन मिति पछि सारेनन् । बरु, उनले चलचित्र रिलिजका लागि नयाँ उपाय अपनाएका छन् ।

अब, यो चलचित्र मे १३ मा हलमा र ओटीटी प्लेटफर्ममा एकसाथ रिलिज हुने भएको छ । तर, दर्शकले ओटीटीमा पनि यो चलचित्र सब्सक्राइब गरेकै आधारमा हेर्न पाउने भने छैनन् ।

 

विज्ञापन

भारतीय मिडियाका अनुसार, यो चलचित्र हलमा गएर हेर्न चाहने दर्शकले टिकट काटेर हलमै हेर्न सक्नेछन् । तर, हलमा जान नचाहने दर्शकले ओटीटी प्लेटफर्ममा पैसा तिरेर चलचित्र हेर्नुपर्नेछ ।

यो चलचित्र जी प्लेक्सबाट रिलिज हुनेछ । चलचित्रको ट्रेलर भोली सार्वजनिक गर्ने तयारी गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । प्रभु देवाको निर्देशनमा तयार भएको चलचित्रमा सलमान खान, दिशा पटानी लगायतका कलाकारको मुख्य भूमिका छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार