होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
शुक्रबारदेखि सुरु भएको छ ‘द भ्वाइस अफ नेपाल ३’को नकआउट चरण । शुक्रबार टिम तृष्णा र टिम राजुबाट ३–३ जना प्रतिस्पर्धीले आफ्नो गायनकला प्रस्तुत गरेका थिए ।शुक्रबार प्रशारण भएको नकआउट चरणमा टिम तृष्णाबाट कर्णराज गिरी लाइभ शोमा प्रवेश गरेका छन् । यस्तै, टिम राजुबाट सोनाम शेर्पा लाइभ शोमा प्रवेश गरेका छन् । आउँदो शुक्रबार प्रशारण […]
२ सातासम्म रोकिएको नेपालकै नम्बर १ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण आजबाट सुरु हुने भएको छ । शोका निर्देशक लक्ष्मण पौडेलले आजबाट निर्धारित समयमा नै शो प्रशारण हुन जानकारी दिए । २ साताअघि कोरोना संक्रमणको जोखिम बढेको भन्दै शोका नयाँ भागहरु छायांकन गर्न नसकेकाले प्रशारण रोकिएको जानकारी यसको टिमले गराएको थियो ।यो […]
सामाजिक संजालमा आफ्नो मनको भावना तथा विभिन्न बिषयमा आफ्नो भनाई सार्वजनिक गर्दै आएका नायक राजेश हमालले कोभिडका कारण त्रास फैलिएको अवस्थामा मानसिक रुपमा स्वस्थ रहन सबैलाई आग्रह गरेका छन् । उनले, मानसिक रुपमा स्वस्थ रहनका लागि विभिन्न टिप्स समेत दिएका छन् । नायक राजेश हमालले यो असामान्य परिस्थितीमा मानिसको मानसिकतामा पनि असामान्य प्रभाव पर्न सक्ने […]
मुम्बई । फिल्म ‘केजीएफ’ अभिनेता यश अभिनयको अलवा सहयोगी भावनाका कारण पनि चर्चित छन् । उनी आफ्ना फ्यानको ध्यान राख्ने र उनीहरुका लागि केही न केही समेत गर्दछन् । अहिले भने अभिनेता कन्नड फिल्म उद्योगका मजदुरका लागि सहयोगी हात बढाएका छन् । कोरोनाको कारण फिल्मको काम बन्द भएको कारण दैनिक ज्यालमजदुरी गर्ने कामदार अहिले आर्थिक […]
युटुब नेपालमा चर्चामा आएसँगै गीतसंगीतको सफलताको मापन यही प्लेटफर्म बन्ने गरेको छ । हिजोआज, गीतको युटुब भ्यूजको आधारमा त्यसको सफलताको मापन गरिन्छ । दर्शक तथा श्रोताले रुचाएका गीतले छोटो समयमा करोडौ भ्यूज पाउने गरेका छन् । सन् २०१७ को मे २८ मा रिलिज ‘कुटुमा कुटु’ बोलको गीतले भ्यूजको रफ्तारलाई छाडेको छैन । चलचित्र ‘२ रुपैयाँ’मा […]
कोरोना भाइरसको दोश्रो लहरका कारण देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू भएको छ । चलचित्रका छायांकन स्टुडियो बन्द छन् । स्टेज कार्यक्रममा व्यस्त हुने कलाकारहरु घरमै छन् । केहीले भने यो समयलाई पनि सदुपयोग गरिरहेका छन् । मोडल शंकर बिसी निषेधाज्ञाको समयमा गीत लेखिरहेका छन् । धेरैलाई जानकारी नहुन सक्छ, शंकर गीत लेख्ने र गाउने पनि […]
नागरिक रैबार/बाजुरा १७ जेठ। नेपाल लोकस्टारका टप ५ प्रतिस्पर्धी पविन्द्र सुनारको स्वरमा दोस्रो गित सार्वजनिक भएको छ । गीतमा पविन्द्र सुनारसंगै विशाखा शाही ठकुरीले स्वरमा साथ दिएकि छिन् । बाजुराको बुढीनन्दा नगरपालिकामा जन्मेका सुनारको सानै देखिको गायक बन्ने सपना थियो । उनले लोक स्टारमा आफ्नो गायकि क्षमतालाइ बलियो बनाउँदै टप ५ सम्म पुग्न सफल भएका […]
पहिलो चरणको लकडाउन भएपछि समस्यामा परेका प्राविधिकलाई सहयोग गर्नेदेखि आम मानिसको सहयोगमा लागिपरेका नायक पल शाह हाल जारी निषेधाज्ञाको समयमा पनि सामाजिक कार्यमा सक्रिय छन् । पल दोश्रो चरणको कोरोनाका कारण अक्सिजनको अभाव भएर कोरोना संक्रमितहरुले ज्यान गुमाएको खबर सार्वजनिक भएसँगै हाम्रो टिम नेपालससँगको सहकार्यमा विभिन्न अस्पतालमा अक्सिजन पुर्याउने काममा सक्रिय रुपमा लागेका छन् । […]
सामाजिक संजालमार्फत नायिका प्रियंका कार्कीले नेपाल सरकारसँग आग्रह गर्दै पहिले जनताको समस्या वुझ्न आग्रह गरेकी छिन् । उनले, यो समय चुनावको नभएर जनताको स्वास्थ्यमा ख्याल राख्ने रहेको उल्लेख गरेकी छिन् । प्रियंकाले लेखेकी छिन्–‘आखा खोलेर एक पटक नियालेर देशको स्थिती हेर्नुहोस् । अहिलेको समयमा देश र जनतालाई चुनाव चाहिदैन । यो अहिले प्राथमिकतामा पर्दैन । […]
नेपालकै नम्बर १ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण आउँदो साताबाट हुने भएको छ । यो शोको प्रशारण २ साताअघि रोकिएको थियो । शोमा सहभागी केही प्रतिस्पर्धी र कोचलाई कोरोना संक्रमण भएपछि यो शोको प्रशारण रोकिएको हो । २ साता अगाडि आयोजकले सामाजिक संजालमार्फत कोरोना संक्रमण बढेकाले जोखिम लिन नसकिने भन्दै शोको प्रशारण […]
काठमाडौं । गायक प्रमोद खरेलले कोरोनाले आफुलाई ८ महिनामा दुई पटक छोएको बताएका छन् । बिहिबार आइसोलेसनबाट मुक्त भएको खुसी शेयर गर्दै खरेलले आफु दुई पटक कोरोना संक्रमित भएको जानकारी दिएका हुन् । ‘८ महिनाको अन्तरालमा कोरोनाले २ चोटी आक्रमण गर्यो’ उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘पहिलो डोज भ्याक्सिन पनि लाएकै थिए । तर पनि […]
काठमाडौं–अभिनेत्री नीता ढुंगाना एक वर्षयतादेखि अभिनेता तथा ज्योतिष हरिहर अधिकारीको प्रेममा छिन् । हरिहर यतिबेला पितृ शोकमा छन् । उनका पिता रामबहादुरको कोरोना संक्रमणका कारण सोमबार निधन भएको हो । आफ्नो हुनेवाला ससुराको कोरोनाका कारण निधन भएपछि नीताले फेसबुकमा एक स्टाटस लेख्दै आक्रोश पोखेकी छन् । ‘मेरो देश, मेरो गौरव भनेर सोच्ने मान्छे म, आज […]
नायिका श्रृष्टी श्रेष्ठ निषेधाज्ञामा प्रेमी सौगात मल्लसँग समय बिताइरहेकी छिन् । उसो त, सौगात र श्रृष्टी एकसाथ रहन थालेको लामो समय भैसकेको छ । उनीहरुले बिहे गर्न लागेको चर्चा पनि नचलेको होइन । तर, पनि आजसम्म उनीहरुले बिहेको बिषयमा भने केही पनि बोलेका छैनन् । पहिलो चरणको लकडाउन अगाडि श्रृष्टी चलचित्रको काममा व्यस्त थिइन् । […]
काठमाडौँ — अभिनेता राजेश हमालले कोरोना महामारीको विषम परिस्थितिमा मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै नेपालको राजनीति अगाडि बढ्न पनि नसकेको र यथास्थितिमा सहज रुपले काम गर्न नसकेको उनले बताए । ‘बेलायतको संसद्मा नेपालको गम्भीर परिस्थितिबारे छलफल भएको मैले हेरेको थिएँ । त्यहाँ एकजनाले […]
नायिका स्वेता खड्काले आफूले समाजप्रतिको जिम्मेवारी नभुल्ने प्रण गरेकी छिन् । उनले सामाजिक संजालमा स्टाटस लेख्दै भनेकी छिन्–‘हो, मेरो अभिनयको क्षेत्र भिन्नै छ । जहाँ म नचाहेर पनि हास्नुपर्छ, मन नलागी नलागी रुनु पर्छ । थाकेको हुन्छु, नाच्नु पर्छ । मौन बस्ने मन हुँदा हुँदै, गुनगुनाएको जस्तो गर्नुपर्छ । त्यो चलचित्रको एउटा पाटो हो । […]
हिमालय टेलिभिजनबाट प्रशारण हुँदै आएको नम्बर १ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ शुक्रबार प्रशारण भएन । आज शनिबार पनि यो शो प्रशारण नहुने कार्यक्रमको निर्माण टिमले जानकारी दिएको छ । कोरोना भाइरसको संक्रमण बढेको भन्दै शुक्रबार र शनिबार शोको नकआउट चरणका भागहरु प्रशारण नहुने आयोजकले जनाएको छ । ‘दि भ्वाइस अफ नेपाल’को आधिकारिक फेसबुक […]
काठमाडौ– अभिनेता खगेन्द्र लामिछाने र मेनुका प्रधान स्टारर फिल्म ‘डमरुको डण्डीबियो’ अब दर्शकले निःशुल्क हेर्न पाउने भएका छन् ।दिवंगत निर्देशक छेतेन गुरुङ निर्देशित फिल्मलाई दर्शकले सिनेमाघर एपमा निःशुल्क हेर्न पाउने भएका हुन् । फिल्मका अभिनेता तथा सिनेमाघर एपका खगेन्द्र लामिछानेले लकडाउनको समय मनोरञ्जनपूर्ण र यादगार बनोस् भनेर ‘सिनेमाघर एप’ को तर्फबाट नेपालमा बस्ने दर्शकहरुको लागि […]
केही दिन अगाडि नायिका प्रियंका चोपडाले भारतमा कोरोनाका कारण समस्यामा परेका मानिसहरुको सहयोगका लागि भन्दै सहयोग कोष स्थापना गरेकी थिइन् । उनले, अनलाइनको माध्यमबाट सुरु गरेको यो कोषमा २२ करोड भारतीय रुपैयाँ जम्मा भएको उल्लेख गरेकी छिन् । सामाजिक संजालमा यो कुराको जानकारी दिदै प्रियंकाले खुशी व्यक्त गरेकी छिन् । प्रियंकाको यो अभियानमा हलिउडका गायक–गायिका, […]
नायक नाजिर हुसेनले कोरोना संक्रमितलाई अक्सिजन जोहो गर्नका लागि एक लाख रुपैयाँ सहयोग गरेका छन् । उनले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई मंगलबार एक लाख रुपैयाँ सहयोग गरेका हुन् । केन्द्रले कोरोना संक्रमितका लागि अक्सिजन सिलिण्डर सहयोग गरिरहेको छ । ‘नेपाली दाजुभाई–दिदीबहिनीहरुको जिवनरक्षाका लागि उहाँहरु फिल्डमै खटिरहनुभएको छ । त्यसले मलाई छोइरहेको थियो । स्वास्थ्य […]
कोरोना भाइरसको दोश्रो लहरका कारण नेपालमा दैनिक ९ हजार भन्दा बढी संक्रमित देखिएका छन् । कोरोना संक्रमण भएका मानिसहरुलाई अक्सिजन अत्यावश्यक देखिएको छ । तर, देशका विभिन्न जिल्लामा अक्सिजनको अभाव भएका खबर सार्वजनिक भैरहेका छन् । अक्सिजनको अभाव भएको खबर सार्वजनिक भएसँगै नेपाली चलचित्रका कलाकारहरु पनि अगाडि सरेका छन् । सामाजिक कार्यमा आफूलाई सक्रिय बनाउँदै […]