बिहिबार, असार १०, २०७८
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • प्रमोद खरेलले भने- ‘८ महिनामा कोरोनाले दुई पटक आक्रमण गर्यो’
मनोरञ्जन

प्रमोद खरेलले भने- ‘८ महिनामा कोरोनाले दुई पटक आक्रमण गर्यो’

  • नागरिक रैबार
प्रमोद खरेलले भने- ‘८ महिनामा कोरोनाले दुई पटक आक्रमण गर्यो’

काठमाडौं । गायक प्रमोद खरेलले कोरोनाले आफुलाई ८ महिनामा दुई पटक छोएको बताएका छन् । बिहिबार आइसोलेसनबाट मुक्त भएको खुसी शेयर गर्दै खरेलले आफु दुई पटक कोरोना संक्रमित भएको जानकारी दिएका हुन् ।

‘८ महिनाको अन्तरालमा कोरोनाले २ चोटी आक्रमण गर्यो’ उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘पहिलो डोज भ्याक्सिन पनि लाएकै थिए । तर पनि आएर छोड्यो ।’ उनले आजै आइसोलेसनबाट मुक्त भएको समेत जनाएका छन् ।
पहिला कोरोना लागेका र खोप लगाएका सबैलाई कोरोनाबाट सचेत रहन र सुरक्षित रहन समेत आग्रह गरेका खरेलले आफ्नो उपचारमा गर्ने डाक्टर तथा आफुलाई यो अवधिमा सहयोग गर्ने धन्यवाद समेत भनेका छन् ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै