होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • ‘एक्स ९’मा सुनिल सेट्टीलाई अफर, अनमोलसँग होला पर्दा शेयर ?
बलिउड/हलिउड

‘एक्स ९’मा सुनिल सेट्टीलाई अफर, अनमोलसँग होला पर्दा शेयर ?

  • नागरिक रैबार
‘एक्स ९’मा सुनिल सेट्टीलाई अफर, अनमोलसँग होला पर्दा शेयर ?

चलचित्र ‘लप्पन छप्पन र लप्पन छप्पन २’का निर्देशक मुकुन्द भट्टले निर्देशन गर्न लागेको तेश्रो चलचित्र ‘एक्स ९’का लागि बलिउड नायक सुनिल सेट्टीलाई अफर गरिएको छ । निर्देशक भट्टले दिएको जानकारी अनुसार, सुनिलसँग एक साताको समय मागिएको छ ।

सुनिललाई खलपात्रको भूमिकाका लागि अफर गरिएको हो । सुनिलसँग मौखिक कुरा भैसकेको र यसमा उनी सकारात्मक रहेको जानकारी दिदै निर्देशक भट्टले भने–‘कागजी संझौता हामी निषेधाज्ञा खुलेपछि गर्नेछौ । उहाँ काम गर्नका लागि सकारात्मक हुनुहुन्छ । उहाँ खलपात्रमा देखिएपनि भूमिका भने सस्पेन्स छ ।’

 

विज्ञापन

सुनिलले दिनको पारिश्रमिक लिने भएकाले एक सातामा नै उनको छायांकन सक्ने योजना निर्माणपक्षको छ ।

यो चलचित्रको छायांकन नेपाल, भारत र यूरोपका विभिन्न देशमा गर्ने तयारी गरिएको छ । चलचित्रका लागि नायक अनमोल केसीलाई पनि अफर गरिएको छ । चलचित्रको शिर्ष भूमिकामा अनमोललाई अफर गरिएको र उनी पनि काम गर्न तयार रहेको निर्देशक भट्टले जानकारी दिए । उनले भने–‘अनमोलसँग कागजी संझौता मात्र हुन बाँकी छ । अनमोल काम गर्नका लागि तयार छन् । अहिले उनी चलचित्रका लागि शरीर बनाइरहेका छन् ।’

नेपाली चलचित्रलाई नयाँ लेभलको बनाउने सोच अनुसार यसपटक कथा पनि सोही अनुसार तयार पारेको मुकुन्द बताउँछन् । चलचित्रका लागि बजेट उच्च भएपनि विश्व बजारमा नै यो चलचित्र प्रदर्शन गर्न सकिने उनको तर्क छ ।

कोभिडको नयाँ लहर नआएको खण्डमा तिहारपछि चलचित्रको छायांकन सुरु गर्ने योजना रहेको निर्देशकले जानकारी दिए ।

यदि, सुनिल र अनमोल दुबै काम गर्न तयार भएको खण्डमा नेपाली चलचित्रको पर्दामा पहिलो पटक बलिउड स्टार र नेपाली चलचित्रका चर्चित नायकविचको भिडन्त दर्शकले हेर्न पाउनेछन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार