होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • ‘कुटुमा कुटु’को रफ्तारः १५ करोड पटक हेरिने पहिलो नेपाली गीत
मनोरञ्जन

‘कुटुमा कुटु’को रफ्तारः १५ करोड पटक हेरिने पहिलो नेपाली गीत

  • नागरिक रैबार
‘कुटुमा कुटु’को रफ्तारः १५ करोड पटक हेरिने पहिलो नेपाली गीत

युटुब नेपालमा चर्चामा आएसँगै गीतसंगीतको सफलताको मापन यही प्लेटफर्म बन्ने गरेको छ । हिजोआज, गीतको युटुब भ्यूजको आधारमा त्यसको सफलताको मापन गरिन्छ । दर्शक तथा श्रोताले रुचाएका गीतले छोटो समयमा करोडौ भ्यूज पाउने गरेका छन् ।

सन् २०१७ को मे २८ मा रिलिज ‘कुटुमा कुटु’ बोलको गीतले भ्यूजको रफ्तारलाई छाडेको छैन । चलचित्र ‘२ रुपैयाँ’मा समावेश यो गीतलाई युटुबमा १५ करोड पटक हेरिएको छ । १५ करोड पटक हेरिने यो पहिलो नेपाली गीत हो ।

 

विज्ञापन

यो गीत आज पनि विभिन्न कार्यक्रमदेखि टिकटकमा लोकप्रिय छ । यो गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत छ । गीतमा राजनराज, राजन इशान र मेलिना राइले स्वर भरेका छन् ।

गीतको भिडियोमा नायिका स्वस्तिमा खड्काको नृत्य हेर्न सकिन्छ । उनको साथमा गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार निश्चल बस्नेत र असिफ शाहको नृत्य छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार