होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • अभिनेत्री नीताको आक्रोशः ‘मेरो देशले मेरो रक्षा गर्न सक्दैन’
मनोरञ्जन

अभिनेत्री नीताको आक्रोशः ‘मेरो देशले मेरो रक्षा गर्न सक्दैन’

  • नागरिक रैबार
अभिनेत्री नीताको आक्रोशः ‘मेरो देशले मेरो रक्षा गर्न सक्दैन’

काठमाडौं–अभिनेत्री नीता ढुंगाना एक वर्षयतादेखि अभिनेता तथा ज्योतिष हरिहर अधिकारीको प्रेममा छिन् । हरिहर यतिबेला पितृ शोकमा छन् । उनका पिता रामबहादुरको कोरोना संक्रमणका कारण सोमबार निधन भएको हो ।

आफ्नो हुनेवाला ससुराको कोरोनाका कारण निधन भएपछि नीताले फेसबुकमा एक स्टाटस लेख्दै आक्रोश पोखेकी छन् ।

‘मेरो देश, मेरो गौरव भनेर सोच्ने मान्छे म, आज म किन यो देशमा जन्मिएँ होला जस्तो लागिरहेको छ । मेरो देशले मेरो रक्षा गर्न सक्दैन भन्ने कुरा आज आएर थाहा पाएँ ।’ उनले लेखेकी छन् ।

विज्ञापन

उनले कोरोनाको विरुद्ध संसार लडिरहदा आफ्नो देशले आफूलाई झन् लात हान्छ भन्ने कुरा आभाष भएको उल्लेख गरेकी छन् ।

‘यो कठिन अवस्थामा जनताको लागि लड्नुपर्ने तर यहाँ त लडाइ कुर्सीको लागि भैरहेको छ । समयमा अस्पतालमा उपचार नपाएर आज मैले मेरो नजिकको अग्रज गुमाएँ,’ उनले अगाडि लेखेकी छन् ।

समयमा नै आइसियूको व्यवस्थापन र अक्सिजन पाएको भए कसैले पनि अल्पायुमा ज्यान गुमाउनु नपर्ने नीताको बुझाई छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार