होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • अभिनेता यशले गरे तीन हजार फिल्म मजदुरलाई सहयोग
बलिउड/हलिउड

अभिनेता यशले गरे तीन हजार फिल्म मजदुरलाई सहयोग

  • नागरिक रैबार
अभिनेता यशले गरे तीन हजार फिल्म मजदुरलाई सहयोग

मुम्बई । फिल्म ‘केजीएफ’ अभिनेता यश अभिनयको अलवा सहयोगी भावनाका कारण पनि चर्चित छन् । उनी आफ्ना फ्यानको ध्यान राख्ने र उनीहरुका लागि केही न केही समेत गर्दछन् ।

अहिले भने अभिनेता कन्नड फिल्म उद्योगका मजदुरका लागि सहयोगी हात बढाएका छन् । कोरोनाको कारण फिल्मको काम बन्द भएको कारण दैनिक ज्यालमजदुरी गर्ने कामदार अहिले आर्थिक समस्यामा छन् । फिल्म उद्योगका ३ हजार बढी मजदुरलाई उनले सहयोग गर्ने भएका छन् ।

‘मेरो कन्नड फिल्म उद्योग कोरोनाको कारण नराम्रो अवस्थामा छ । यस्तो अवस्थामा म फिल्म उद्योगको २१ डिपार्टमेन्टका ३ हजार बढी मजदुरलाई आफ्नो तर्फबाट ५, ५ हजार रुपैया उनको खातामा हाल्दिन्छु ।’ आफ्नो सहयोगले कोरोनाले पुर्याएको नोक्सानको भरपाई नभएपनि केही सहयोग मिल्ने उनको भनाइरहेको छ ।

विज्ञापन

यश छिट्टै फिल्म ‘केजीएफ च्याप्टर २’मा देखिने छन् । फिल्ममा उनको अलवा रवीना टन्डन, संजय दत्तको पनि मुख्य रहेको छ । फिल्म १६ जुलाइमा रिलिज हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार