होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • रोकिएको ‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण आउँदो साताबाट हुने
मनोरञ्जन

रोकिएको ‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण आउँदो साताबाट हुने

  • नागरिक रैबार
रोकिएको ‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण आउँदो साताबाट हुने

नेपालकै नम्बर १ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण आउँदो साताबाट हुने भएको छ । यो शोको प्रशारण २ साताअघि रोकिएको थियो ।

शोमा सहभागी केही प्रतिस्पर्धी र कोचलाई कोरोना संक्रमण भएपछि यो शोको प्रशारण रोकिएको हो । २ साता अगाडि आयोजकले सामाजिक संजालमार्फत कोरोना संक्रमण बढेकाले जोखिम लिन नसकिने भन्दै शोको प्रशारण रोकिएको जानकारी गराएको थियो ।

तर, कोरोना संक्रमित कोच र प्रतिस्पर्धीहरु कोरोना संक्रमणमुक्त भएकाले शोको प्रशारण सुरु गर्न लागिएको वुझिएको छ । यो शोका निर्देशक लक्ष्मण पौडेलले आउँदो साताबाट शोको प्रशारण आरम्भ हुने जानकारी दिएका छन् ।

विज्ञापन

दर्शकले निकै मन पराएको यो शोको १८ भाग प्रशारण भैसकेको छ । हिमालय टीभी एचडीमा हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट यो शो प्रशारण हुँदै आएको थियो । तर, २ साता अगाडि कोरोनाको जोखिम बढेपछि शोको प्रशारण रोकिएको थियो ।

शोको ‘ब्लाइन्ड अडिसन र ब्याटल राउन्ड’ सकिएको छ । आउँदो साताका लागि प्रशारण हुने भागको छायांकन भैसकेको वुझिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार