


सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरामा विहान ७ बजेबाट सूरु भएकाे मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ। बिहानैदेखि मतदाताहरू उत्साहका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।
जिल्लाका विभिन्न मतदान केन्द्रहरूमा मतदाताको उल्लेख्य उपस्थिती देखिएको छ। सुरक्षा व्यवस्था कडा पारिएकाले अहिलेसम्म कुनै अप्रिय घटना नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
विज्ञापन


मतदानलाई व्यवस्थित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई परिचालन गरिएको छ। मतदान केन्द्रहरूमा मतदाताहरूलाई लाइन व्यवस्थापन, मतदाता पहिचान तथा मतदान प्रक्रियालाई सहज बनाउन कर्मचारीहरू खटिएका छन्।
स्थानीय तह र सुरक्षा निकायका अनुसार बेलुकीसम्म मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु