होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २४ साउन । बाजुराको धार्मिक तथा पर्यटकीय स्थल बुढीनन्दाको दर्शन गरेर फर्किने क्रममा हराएका खिमराज उपाध्याय सम्पर्कमा आएका छन् । बडीमालिका नगरपालिका ९ उखाडी स्थायी घर भएका ५५ वर्षका उपाध्याय हिजो शुक्रबार दिउसो चरिदह भन्ने स्थानबाट हराएका थिए । निरन्तरको खोजी पश्चात बुढीनन्दाकै पाटनको भेडीगोठमा सकुसल भेटिएको उनका छोरा हिमालराज उपाध्यायले बताएका छन् […]
नागरिक रैबार/बाजुरा २४ साउन। बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–९ स्थित बिस्नापानी भन्ने स्थानमा भिरबाट लडेर मृत्यु भएका तीर्थयात्रीको शव निकालिएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५, नारायणटारका ५२ वर्षीय विप्लव ओझाको शव शुक्रबार साँझ उद्धार गरिएको हो। साउन २२ गते राति बडीमालिका मन्दिर दर्शन गरेर नाटेश्वरी धाम जाँदै गरेका ओझा अचानक बाटोबाट करिब ७०० मिटर तल बिस्नापानी […]
नागरिक रैबार/बाजुरा २४ साउन। प्रशिद्व धार्मिक स्थल बुढीनन्दा माताको दर्शन गर्न गएका एक जना सम्पर्क विहिन भएका छन् । सम्पर्क विहिन हुनेमा बडीमालिका नगरपालिका ९ उखाडी निवासी ५५ वर्षका खिमराज उपाध्याय रहेका छन् । बुढीनन्दा माताको दर्शन गरेर फर्किने क्रममा चरिदह भन्ने स्थानबाट सम्पर्क विहिन भएको उनका छोरा हिमालराज उपाध्यालय जानकारी दिएका छन् । उनका […]
बाजुराको बडीमालिका दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा एक जना तीर्थयात्रीको भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–५ काठमाडौं बस्ने ५२ वर्षीय विप्लव ओझा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए । हवारीका अनुसार बडीमालिका दर्शन गरेर बिहीबार साँझ ७ बजे नाटेश्वरी आउने क्रममा विस्नेपानी नजिकै भीरबाट लडेका ओझा […]
राजेन्द्र विक बाजुरा,२२साउन। स्थानीय सरकारको नेतृत्व सम्हालेर नागरिकको सेवा गरिसक्नुभएका बडिमालिका नगरपालिका, बाजुराका पुर्व मेयर पदम बडुवाल अहिले भने आफ्नै गाउँमा किसानको भूमिकामा रहनुभएको छ। नेपाली कांग्रेस बाजुराका उपसभापति समेत रहनुभएका बडुवालले मेयरको कार्यकाल सकिएपछि आफ्नो जन्मथलो बडिमालिका नगरपालिका वडा नम्बर ६, जडाङ्गामा भैंसीपालन व्यवसाय संञ्चालन गर्दै आउनुभएको छ। उहाँको यो भैंसी पालन यात्रा आत्मनिर्भरता […]
नागरिक रैबार/बाजुरा २१ साउन। बाजुराको बुढीगंगा नगरपालिकाले बडीमालिकामा लाग्ने पुजाकाे अवसरमा साउन २३ गतेका दिन सार्वजनिक बिदा दिने दिएको छ । बुधबार नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै साउन २३ गतेका दिन सार्वजनिक विदा दिने भएको हो । नगरपालिकाको साउन २० गते बसेको कार्यपालिकाको बैठकले गरेकाे निर्णय अनुसार उक्त दिन सार्वजनिक विदा दिन लागेको हो […]
नागरिक रैबार बाजुरा २१ साउन जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत कार्यालय सहयाेगी नर बहादुर रावलकाे उपचारका क्रममा काठमाडौंमा मृत्यु भएकाे छ । रावलकाे मंगलबार दिउसाे काठमाडौंकाे प्रहरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे मृतकका आफन्त नरेन्द्र रावलले बताएका छन् । उनका अनुसार रावलकाे एक महिनादेखि पेटमा पानी जम्ने समस्या देखिएपछि उपचारमा लागि काठमाडौं ल्याईएकाे थियाे । […]
नागरिक रैबार/बाजुरा २० साउन। सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकाको पूजाका लागि बाजुराको सरकारी टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सितल बहादुर रावल र बडीमालिका नगरपालिका ४ का वडा अध्यक्ष अर्जुन नाथको नेतृत्वमा सरकारी टोली बडीमालिका प्रस्थान गरेको हो। सरकारी टोलीले बाजुराको बडीमालिका माताको मन्दिरमा साउन २३ गते […]
नागरिक रैबार/बाजुरा १९ साउन। बाजुराको बडीमालिका नगरपालिकाले प्रमुख धार्मिक स्थल बडिमालिकामा लाग्ने मेलाकाे अवसरमा २ दिन विदा दिने भएको छ । साेमबार नगरपालिकाले एक सार्वजनिक सूचना जारी गरेर साउन २० र २३ गतेका दिन सार्वजनिक विदा दिने भएको हो । नगरपालिकाको साउन आज बसेकाे कार्यपालिकाको बैठकले उक्त २ दिनसार्वजनिक विदा दिने निर्णय गरेकाे हाे । […]
कालीकोट । कालीकोटको रास्कोट नगरपालिकाले बडिमालिका जाने तीर्थयात्रीका लागि चिकित्सकसहितको टोली परिचालन गरेको छ। बडिमालिकामा हरेक वर्ष भाद्र शुक्लपक्ष चतुर्दशीका दिन पूजाआजा गर्नेको घुइँचो लाग्छ। यस वर्ष भाद्र शुक्लपक्ष चतुर्दशी साउन २२ गते परेकाे छ। साेकाे मध्यनजर गर्दै नगरपालिकाले पूजा र बडिमालिका दर्शन गर्न आउने भक्तजनको आकस्मिक स्वास्थ्य समस्या र दुर्घटनाको जोखिमबाट बचाउन नगरपालिकाले चिकित्सकसहितको […]
नागरिक रैबार/बाजुरा १८ साउन। बाजुराको त्रिवेणाी नगरपालिकाले ३ दिन सार्वजनिक बिदा दिने दिएको छ । आइतवार नगरपालिकाले एक सार्वजनिक सूचना जारी साउन २१ देखि २३ गतेसम्म ३ दिन सार्वजनिक विदा दिने भएको हो । नगरपालिकाको साउन ६ गते बसेको कार्यपालिकाको बैठकले सार्वजनिक विदा दिन लागेको हो । प्रमुख प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा साउन […]
नागरिक रैबार/बाजुरा १८ साउन। नेकपा एमाले जिल्ला कमिटी बाजुराले यहि साउन २५ गतेदेखि पालिका स्तरीय प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । स्थानीय तहमा भइरहेको विकास निर्माण बारे सम्वन्धित पालिका स्तरमै गएर छलफल सहीतको प्रशिक्षण आयोजना गर्न लागेको शनिबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजन रोकायाले जानकारी दिएका छन् । प्रचार प्रसार […]
नागरिक रैबार/बाजुरा १८ साउन। बाजुराको सदरमुकाम मार्तडीमा अवस्थित रेडियो पाैरखी पहिरोको उच्च जोखिममा परेको छ । शनिबार साँझको अविरल वर्षासगै आइतबार विहान पहिरो गएपछि रेडियो स्टेशन पहिरोको जोखिममा परेको हो । आईतबार विहान आएको पहिरोले रेडियोको स्टेशन तलको पुरै पर्खाल भत्किएको रेडियो पौरखीका निमित्त स्टेशन मेनेजर रामबहादुर विकले बताएका छन् । उहाँका अनुसार रेडियो आगाडीको […]
नागरिक रैबार । बाजुराकाे बडीमालिका नगरपालिका ९ मार्तडी तल्लाबाडाका ७ वर्षिया गाैतम थापाकाे काठमाण्डाैमा उपचारका क्रममा मृत्यु भएको छ । थापाको काठमाण्डाै स्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । ७ वर्षका थापालाई बचाउनकै लागि चिकित्सकको टोलीले ४८ घण्टा लामो समय दिएका थिए । तर उनको ज्यान बचाउन नसकिएको उपचारमा […]
नागरिक रैबार/बाजुरा ८ साउन। हिमाली गाउँपालिकामा भएको जीप दुर्घटनामा थप एकजनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा अन्दाजि वर्ष ३५ कि जुनेली राेकाया रहेकी छन् । यस अघि जीप दुर्घटनामा परेर हिमाली गाउपालिका ५ की अन्दाजी ६० बर्षिया बाचा रोकाया, अन्दाजी ६५ की विजौरा रोकायाकाे घटना स्थलमै मृत्यु भएको थियाे । बिहीवार बिहान वडा नम्बर […]
नागरिक रैबार/बाजुरा ८ साउन। बाजुरा जिल्लाकाे हिमाली गाउँपालिका ५ किउडी बाट धुलाचौर तर्फ आउदै गरेको जिप तुनीगडामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएकाे छ । मृत्यु हुने हिमाली गाउँपालिका -५ किउडी गाउँकि ७६ वर्षीय बाचा रोकाया र ७५ वर्षीय बिजौरा रोकाया घटना स्थलमा मृत्यु भएको छ, भने अन्य १५ जना घाइते भएका छन । जिप […]
राजेन्द्र विक बाजुरा,३साउन। बाजुराको बडीमालिका नगरपालिका ६ र ८ को सीमा क्षेत्र रापकमा पर्ने विरेखोला झरनाको एकैदिन ३ हजार जना आन्तरिक पर्यटकले भ्रमण गरेका छन्। साउने संक्रान्तिको अवसरमा बिहिवार बिरेखोला झरना स्थलमै गरिएको लाइभ देउडा कार्यक्रम संगै झरनाको प्रत्यक्ष टिकट काटेरै एक हजार भन्दा बढि र बाहिर बाटै करिब २ हजार आन्तरिक पर्यटकले अवलोकन गर्नुभएको […]
नागरिक रैबार/बाजुरा २ साउन। मार्तडी-गाैमुल जाेड्ने ठुलीसाँघु खोलामा अस्थायी काठेपुल निर्माण गरिएको छ । खोलामा रहेकाे पुरानो पुल ठेकेदारले भत्काएपछि १ महिनादेखि आउजाउमा समस्या हुँदै आएको थियो । बर्षातको समयमा खोलामा पानीको बहाव बढेपछि नागरिकहरुलाई आवतजावतमा समस्या भएको भन्दै बडीमालिका नगरपालिकाको सकृयतामा हाललाई अस्थायी काठेपुल निर्माण गरिएको छ । खोलामा पुल निर्माण कार्य अलपत्र पारेर […]
नागरिक रैबार/बाजुरा १ साउन। बाजुरामा असारको अन्तिम सम्ममा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत जेठ दोस्रो हप्तादेखि सुरु भएको धान रोपाइँ अहिले सम्म जम्मा ८४ प्रतिशत सम्पन्न भएको हो । लामो समयसम्म परेको खडेरीका कारण असार अन्तिम सम्म जिल्लाका ९ वटै स्थानीय तहमा करिव ८४ प्रतिशत धान रोपाइँ सम्पन्न गरिएको भएको कृषि ज्ञान […]
प्रमित विक–बाजुराको बडीमालिका नगरपालिका–८ र ६ को सिमा क्षेत्रमा पर्ने वीरेखोला झरनामा लाइभ देउडा हुने भएको छ । केही वर्षयता आन्तरिक पर्यटकको गन्तव्य बनेको वीरेखोला झरनाको प्रचार प्रसार तथा प्रर्वद्धनका लागि लाइभ देउडा कार्यक्रम सञ्चालन गरिने भएको हो । साउने सक्रान्तिको अवसर पारी भोली साउन १ गते विहीबार वीरेखोला झरनामा देउडीया विस्ना विष्ट र पुने […]