होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नहकुल जाेशी/ काेल्टी ९ जेठ। बाजुराको हिमाली गाउँपालिका वडा नं ७ की एक बालिकाको परिवारले हाल उपचार गर्न समस्या भएको भन्दै सहयोगका लागि अपिल गरेका छन । हिमाली सात वाधुका जसी लुवारकी छोरी विपना लुहार बैसाख तीन गते भिरबाट लडेर सक्क्त घाइते भएपछि हाल राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौंमा उपचार गराई रहेकी छन । विपना लुवारको […]
शर्मिला रोकाया/काेल्टी ९ जेठ। बाजुुुुुराकाेे स्वामीकार्तिक खापर गाउँपालिका घर भई हाल बैदेशिक रोजगारीमाा रहेका एक ब्यक्तिले गाउँपालिका र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीलाई स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । हाल विश्वभरी फैलिरहेको नोवेल कोरोना भाईरसका कारण स्वास्थ्यकर्मी उच्च जोखिमा रहेको भन्दै स्वास्थ्य केन्द्र कोल्टीमा र गाउँपालिकामा स्वास्थ्य सामाग्रि सहयोग गरेको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं पाँच […]
नागरिक रैबार बाजुरा ९ जेठ गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा बाजुराका अध्यक्ष एवं एचआरसी बाजुराका कार्यकारी निर्देशक अग्निराज शाहीलाई मातृ शोक परेको छ । अध्यक्ष शाहीकी आमाको शुक्रबार विहान धनगढीमा निधन भएको पारिवारिक श्रोतले बताएको छ । अध्यक्ष शाहीकी आमाको निधन भएपछि उनकाे परिवारप्रति परेको शाेकमा सुवेच्छुकहरुले गहिरो सम्वेदना व्यक्त गरेका छन् ।
नागरिक रैबार/बाजुरा ९ जेठ। बाजुराका प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेको बाजुराबाट सरूवा भएको छ । गृह मन्त्रालयले बाजुरा जिल्ला सहित ५ जिल्लाका सिडियोहरुको एकसाथ सरुवा गरेको हो । गृह मन्त्रालयले बाजुराका सिडिओ गंगाप्रसाद न्यौपानेलाई अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलमा पठाएपछि बाजुरामा भने कृष्णप्रसाद गैरे आउने भएका छन् । पठाएको छ । गृह मन्त्रालयले रसुवा, नवलपरासी, […]
नागरिक रैबार/बाजुरा ९ जेठ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको भवन निर्माणका लागि शिलानास गरिएको छ ।बडीमालिका नगरपालिका ९ स्थित जीउलामा निर्माण हुन लागेको उक्र भवनको शुक्रबार एक कार्यक्रमका विच नेकपा बाजुराका कार्यालय सदस्य नेता गगन रावलले शिलानास गरेका हुन् । भवनको शिलानास कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा नेता गगन रावलले बाजुरामा […]
रामबहादुर विक/बाजुरा ८ जेठ। राज्यबाट सेवा लिइरहेका सरकारी कर्मचारीहरुले आस्थाका आधारमा कुनै काम नगर्न नेविसंघ बाजुराका उपाध्यक्ष जनक थापाले आग्रह गरेका छन् । उपाअध्यक्ष थापाले राज्यको नुनपानी खाईरहेका व्यतmीहरुले जिल्लामा आस्थाका आधारमा काम गरिरहेको हुँदा आगामी दिनमा यस्तो नर्गन हुन समेत चेतावनी दिनु भएको छ । नेविसंघका उपाअध्यक्ष थापाले राजनितिक आस्थाका आधारका काम गर्ने , […]
, रामबहादुर विक/बाजुरा ७ जेठ । बाजुरा जिल्लाका ९ स्थानिय तह गरी ५८ जना क्वारेन्टाइनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका बरिष्ट जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताउनुभएको छ । मंगलबार सम्म जिल्लाका ९ स्थानिय तह गरी २० जनाको आरडिटी परीक्षण गरीएको बरिष्ट जनस्वास्थ्य अधिकृत पन्तले बताउनुभयो । उहाँका अनुसार मंगलवार गरीएको आरडिटी परीक्षणमा २० जनाकै रिपोर्ट […]
नागरिक रैबार/बाजुरा ७ जेठ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाजुराका सचिवालय सदस्य पुरबहादुर रावतले बाजुरा जिल्लामा कर्मचारीकाे आवरणमा लुकेर राजनीति गर्नेलाई रंगेहात समात्ने चेतावनी दिएका छन् । उनले सामाजिक संजाल फेसबुकमार्फत लेखेर भनेका छन् राष्ट्र सेवा गर्ने राष्ट्रसेवकलाई हाम्राे दरिलाे साथ रहन्छ तर कर्मचारीकाे आवरणमा लुकेर राजनीति गर्ने जाे सुकै कर्मचारीलाई रङ्गे हात समात्ने छाै । बाजुरा […]
नागरिक रैबार/बाजुरा ७ जेठ। निजामति कर्मचारीहरुको आधिकारीक टे«ड युनियन बाजुरा, नेपाल निजामति कर्मचारी संगठन बाजुरा र नेपाल निजामति कर्मचारी युनियन संघ बाजुरामा आवद्ध सम्पूर्ण निजामति कर्मचारीहरुले राजनीतिक हस्तक्षेपका विरुद्ध एकजुट भएर लाग्ने प्रतिवद्धता जनाएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको राष्ट्रसेवक निजामति कर्मचारीहरुको सयुक्त बैठकले बाजुरा जिल्लामा विभिन्न राजनीतिक दलका भातृ संघ, संगठनले निजामति […]
नागरिक रैबार/बाजुरा ७ जेठ । नेकपा बाजुराका सचिव भरत बुढाले त्रिवेणी नगरपालिकाले राजनीतिक पुर्वाग्राही सोच राखेर आफुलाई क्वारेन्टाइनमा बस्न नमानेको आरोप लगाएको प्रति आपत्ति जनाएका छन् । आफु नगरपालिका प्रवेश गरेदेखि नै कसैसंग भेटघाट नगरी होम क्वारेन्टाइनमा बसीरहेको भएपनि नगरपालिकाले ६ दिनपछि राजनीतिक आस्थाकै कारण सुरक्षाकर्मी समेतलाइ परिचालन गरेर तुरुन्त नगरपालिकाको होम क्वारेन्टाइनमा बस्नका लागि […]
नागरिक रैबार/बाजुरा ७ जेठ। सदुरमुकाम मार्तडी नजिकैको भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका ९ तल्लाबाडा घर भएका ६० वर्षिया हरिबहादुर थापा रहेका छन् । बुधबार विहान बडीमालिका नगरपालिका ९ र ३ मा पर्ने खडीगाढ मेलामा गाई वस्तुका लागि घाँस काट्ने क्रममा भिरबाट लडेका उनको अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको […]
नागरिक रैबार/बाजुरा ७ जेठ। त्रिवेणी नगरपालिकाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराका सचिव भरत बुढाले नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बस्न नमानेपछि आपत्ति जनाएको छ । त्रिवेणी नगरपालिकाले मंगलबार नगरपालिकामा गरेको पत्रकार सम्मेलनमा नगरपालिकाका नगरप्रमुख रामसिंह रावलले नेकपा बाजुराका सचिव भरत बुढा बन्दाबन्दीको समयमा जिल्ला बाहिरबाट आउँदा नगरपालिका संग कुनै समन्वय नगरेकोे आफ्नो मनमर्जीले गाउँमा गएर बसेको आरोप […]
नागरिक रैबार/बाजुरा ७ जेठ। बुधबार विहान पाण्डुसेनबाट मार्तडी तर्फ आउँदै गरेको जीप गरेको से १ ज ९९० नम्बरको जीप पाण्डुसेनस्थित पुरानो प्रहरी चौकी नजिकै दुर्घटना भएको छ । जीप दुर्घटनामा परेर पाँच जना सामान्य घाईते भएका छन् । बुढीनन्दाकै २६ वर्षिया चालक प्रज्वल रोकायाले चलाएकाे जीप दुर्घटनामा परेकाे हाे । घाईते हुनेमा बुढीनन्दा नगरपालिका ८ […]
रामबहादुर विक/ बाजुरा ६ जेठ । बाजुराबाट स्वाव संकलन गरी धनगढी पठाइएका ७ जनाको रिर्पोट नेगेटिभ आएको छ । पिसिआर परिक्षणका लागी धनगढी पठाएका ७ जनाकाे रिर्पोट नेगटिभ आएको जिल्ला स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दया कृष्ण पन्तले बताउनु भएको छ । जिल्ला स्वास्थ्य कार्यलय बाजुराका प्रमुख पन्तका अनुशार तिन जना आइसोलेसनमा र होम क्वारेन्टाइनमा वसेका […]
नागरिक रैबार/बाजुरा ५ जेठ। बडीमालिका नगरपालिका वडा नं. ८ ले वडा भित्रका दिर्घरोगीहरुका लागि निःशुल्क औषधी वितरण गरिरहेको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमणले देश बन्दाबन्दी रहेको बेला समस्यामा परेका दिर्घरोगीहरुलाई वडा नं. ८ को समन्वय र मानवताका लागि हामी भन्ने अभियान अन्तरगत निशुल्क रुपमा औषधि वितरण गरिएको वडा अध्यक्ष प्रकाश रावलले बताएका […]
नागरिक रैबार/बाजुरा ४ जेठ। बाजुरा जिल्लामा सरकारी कार्यालयका केही कर्मचारीहरुले नेपाली काँग्रेस पार्टीको खुलेरै राजनीति गरेको भन्दै राष्ट्रिय युवा संघ नेपाल र अनेरास्वीयुले आपत्ति जनाएका छन् ।आईतबार अनेरास्ववियू र राष्ट्रिय युवा संघ नेपाल बाजुराले प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेलाई केही सरकारी कार्यालयका कर्मचारीहरुले खुलेरै काँग्रेस पार्टीको राजनीति गरेको भन्दै ध्यानाकर्षण समेत गराएका छन् । आइतबार […]
रामबहादुर विक/बाजुरा ४ जेठ। बाजुराबाट ७ जनाको स्वाव संकलन गरी धनगढी पठाइएको छ । भारत बाट आएका ७ जनाको स्वाव संकलन गरी आज धनगढी पठाइएको जिल्ला स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दया कृष्ढा पन्तले बताउनु भएको छ । भारत बाट आएका ७ जनाको पिसिआर टेष्टका लागी थ्रोट स्वाव संकलन गरि धनगढी पठाएको स्वास्थ्य कार्यलय प्रमुख पन्तले […]
नागरिक रैबार/बाजुरा ४ जेठ। जिल्लाको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माद्यमिक विद्यालयले शैक्षिक शत्र ०७६ मा लिएकाे वार्षिक परिक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ । गत फागुन २७ गतेबाट संचालन भएको बार्षिक परिक्षाको नतिजा प्रकाशन गर्ने सम्वन्धमा विद्यालयमा आवश्यक निर्णय भए पश्चात भोली सोमबार वार्षिक परिक्षाको नतिजा सार्वजनिक गर्न लागेको हो । विद्यालयले आईतबार एक सूचना […]
रामबहादुर विक/ बाजुरा ३ जेठ।हिमाली गाँउपालिका वडा नं ७ बाधुमा भिरबाट लडेर एक बालिका घाइते भएकी छन् ।घाईते हुनेमा साेही गाउँपालिका वडा नं ७ बाँधु घर भएकी १६ बर्षिया विपना विक रहेकाे जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी निरिक्षक एंव सुचना अधिकारी दान बहादुर रोकायाले बताए । विक दिउसो सोही वडाको जंगलमा भैसीलाई घाँस काट्ने क्रममा […]
नागरिक रैबार/बाजुरा ३१ बैशाख। जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. १० का अतिविपन्न परिवारलाई राहत वितरण गरिएको छ ।नगरपालिकाको सहयोग तथा वडा कार्यालयको समन्वयमा वडा भित्र रहेका ५ सय ८८ परिवारलाई राहत स्वप खाद्यन्न वितरण गरिएको हो । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड – १९) बाट खाद्यन्नको अभाव झेलेका परिवारहरुका लागि राहत बितरण गरिएको वडा […]