होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • जब उपप्रमुख विष्ट एम्वुलेन्स लिएर गर्भवती महिलाको घर पुग्दा..
देश/प्रदेश

जब उपप्रमुख विष्ट एम्वुलेन्स लिएर गर्भवती महिलाको घर पुग्दा..

हाम्रै रैछ नगर, राम्रै रैछ सरकार :जगत सार्की

  • नागरिक रैबार
जब उपप्रमुख विष्ट एम्वुलेन्स लिएर गर्भवती महिलाको घर पुग्दा..

नागरिक रैबार/बाजुरा १७ जेठ । बाजुरा जिल्लाको वडीमालिका नगरपालिका ९ झराउलेकी २२ वर्षिया २ छोरीकी आमा पवित्रा सार्की केही दिनयता प्रसव पीडामा निकै तड्पीरहेकी छिन् । विगतमा दुईवटा सन्तान प्राकृतिक रुपमा जन्माउन नसकेकी उनी यो वेला गर्भवती भएर निकै तनावमा छिन् ।

सामाजिक तथा पारिवारिक समस्याले उनी गर्भवती त भईन् । तर, बच्चा प्राकृतिक रुपमा जन्माउन नसक्नेमा ढुक्क थिईन् । किनकी उनलाई यस अघिनै डाक्टरको सल्लाह अनुसार भविश्यमा अर्को सन्तान जन्माउँदा पर्न सक्ने जोखिमका बारेमा राम्ररी जानकारी थियो । र, यो कुरा उनका श्रीमान् जगतलाई सार्कीलाई पनि राम्रोसंग थाहा थियो ।

तर, सामाजिक कुरितिको सिकार हुन् त्यति सजिलो थिएन्, जो पत्निले अर्को पटक बच्चा जन्माउन । त्यो दोहोरो पीडाले मन निकै पीरोलिएको थियो । सकिन यसै भयो । जगतले भने ।गर्भवती शार्कीे तेस्रो सन्तान जन्माउनका लागि केही दिन अघिमात्र जिल्ला अस्पताल बाजुरामा आएकी थिईन् । अस्पतालमा उनको गर्भवती अवस्था र स्वास्थ्य स्थितिका बारेमा डाक्टरहरुले चेकजाँच गरेका थिए । अस्पतालले गर्भवती सार्कीको अवस्थालाई चेकजाँच गरेपछि जिल्लामा गर्भवति गराउन नसकिने भन्दै सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरेकोे थियो ।

विज्ञापन

यता अस्पतालले श्रीमतिलाई रिफर गरेपछि झन तनावको भारीले कुल्चिन थाल्यो जगतले भने । छरछिमेक नातागोता सबैलाई समस्या सुनाउँदै समाधानको खोजिमा निकै दौडधुप गरँे । वडा कार्यालय गए । वडाध्यक्षले यहाँ हामीले गर्न सक्ने केही छैन् । त्यस्तो खाले बजेट नै हुँदैन् भनेपछि सिधै नगरपालिकामा निवेदन लिएर गए । निवेदनमा मेयर सावले गाडी लैजाउ । बाँकी अरु आफै व्येहोर्नु । ड्राईभरको खानाखर्च अनि गाडीमा तेल सब आफै भर्नु । हामी यहाँ भन्दा केही गर्न सक्दैनौँ भनेर तोक लाएर गए शार्कीले नागरिक रैबारसंग दुखेसो पोखे ।
आफूले जसरी नि पत्निलाई बचाउन पर्ने छ । एकातिर डाक्टरले छिटो धनगढी लैजाउ भनेका छन् । के गरौँ गरौँ भयो थप्दै उनले कुरा राखे ।
जगतकी श्रीमति पबित्राले यो भन्दा पहिला दुई पटक अप्रेशसन गरेर बच्चा जन्माएकोले बाजुरा अस्पतालले रिफर गर्नुपरेको डा. शेर बहादुर साउँदले बताएका छन् । फेरिपनि अप्रेशन गरेर बच्चा जन्माउनु पर्ने हुन्छ ।

दुई पटक भन्दा बढि अप्रेशन गर्दा निकै जटिल हुने गर्छ । त्यो बेला रगतको व्यवस्थापन त्यस्तै परे पाठेघर नै फाल्नु पर्ने अबस्था हुन्छ । यहाँ सम्भव नभएपछि रिफर गरेको डा. साउँदले बताएका थिए । आर्थिक अभावकै कारण गर्भवती दलित महिला घरमै बसेकी भन्ने खवरपछि उनलाई बडीमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्ट एम्वुलेन्स लिएर गर्भवती दलित महिलाको घरमा पुगेकी थिईन् । यसरी श्रीमति प्रसव पिडामा छट्पटाईरहेको बेला जनप्रतिनिधि गाडी लिएर घरमै पुगेपछि पवित्राका श्रीमान जगतले खुसी हुँदै भने हाम्रै रैछ नगर, राम्रै रैछ सरकार !

शनिबार बडीमालिका नगरपालिकाको आर्थिक सहयोगमा बुढीगंगा नगरपालिकाको एम्वुलेन्स मार्फत बाजुराबाट उद्धार गरि धनगढी पठाईएको बडीमालिका नगरपालिकाले जनाएको छ ।गर्भवती दलित महिलाको प्रत्येक्ष उद्धारका लागि बडीमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्ट गर्भवति महिलाको घरमै एम्वुलेन्स लिएर पुगेकि थिईन् ।

जेठ १५ गते बडिमालिका नगरपालिकामा आर्थिक सहयोगका लागि जगत सार्कीले निवेदन दिएको भएपनि नगरपालिकाले आर्थिक व्यवस्थापन गरी शनिबार एम्वुलेन्स लिएर गर्भवति महिलाको घरमै पुगेर उद्धार गरी सेती प्रादेशिक अस्पताल धनगढी पठाएको उपप्रमुख कविता बिष्टले बताइन ।

उद्धार कार्यमा बडीमालिका नगरपालिकाका उप प्रमुख कविता विष्ट,सोही नगरपालिका–८ का वडाध्यक्ष प्रकाश रावल, नेपाल पत्रकार महासंघ बाजुुराका अध्यक्ष प्रकाश सिंह, सचिव प्रेम वि.क. र नेपाल प्रेस युनियनका अध्यक्ष तथा किनारा अनलाइनका प्रधान सम्पादक प्रेम रौलेको संलग्नता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार