होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • गर्भवतिकाे पीडामा यस्ताे छ मेयरकाे जनउत्तरदायी ताेक
Breaking News

गर्भवतिकाे पीडामा यस्ताे छ मेयरकाे जनउत्तरदायी ताेक

  • नागरिक रैबार
गर्भवतिकाे पीडामा यस्ताे छ मेयरकाे जनउत्तरदायी ताेक

नागरिक रैबार
बाजुरा १६ जेठ ।
बाजुरा वडीमालिका नगरपालिका ९ की एक गर्भवती दलित महिला एकतिर प्रसव पीडामा छन् भने अर्कोतिर उनले आर्थिक सहयोगका लागि स्थानीय सरकारलाई दिएको निवेदनमा सहयोग हुन नसक्ने गरि तोक लगाएको थाहापाएपछि झन हैरान भएकिछन् ।
हिजो विहीवार जिल्ला अस्पतालमा चेकजाँचका लागि ल्याएकी जगत शार्कीकी २२ वर्षीया श्रीमति पवित्रा  सार्कीलार्ई जिल्ला अस्पताल बाजुरामा उपचार हनु नसक्ने भनि डाक्टरले धनगढी रिफर गरेपनि आर्थिक अभावले घरमै रहेको उनका श्रीमान् जगत शार्कीले नागरिक रैबारसंग भने ।
वडीमालिका नगरपालिकाको कार्यालयमा आर्थिक सहयोगका लागि मेयरसावलाई निवेदन दिएकोमा एम्बुलेन्समा तेल र चालकको सम्पूर्ण खर्च स्वयम् विरामीका तर्फबाट व्येहोर्ने गरि तोक लगाएकोमा निकै निरास भएको बताए ।
उनले भने आर्थिक अभावले यहाँ आयौँ । स्थानीय सरकार छ भन्ने आश थियो । सब एकाएक मर्यो । अब श्रीमती कसरी बचाउँने हो ? बढा चिन्ता भयो । भनेको टाईममा ऋण सापटपनि कोही पत्याउँदैन् । अस्पतालले जतिशक्दो चाँडो विरामी लिएर जाउनस् भनेको छ । यहाँ आफूलाई भने के गर्ने के गर्ने भएको छ शार्कीले दुखेसो पोखे ।
जिल्ला अस्पताल बाजुराले २२ वर्षीया पवित्रा शार्कीको बच्चा पाँउने बेला अवस्था जटिल हुने भन्दै सेती प्रादेशिक अस्पताल रिफर गर्यो । तर, धनगढी जान एम्बुलेन्सको भाडा तिर्न नसकेपछि घरमा लगेको पबित्राका श्रीमान जगत सार्कीले बताएका छन् ।
पबित्राले यो भन्दा पहिला दुई पटक अप्रेशसन गरेर बच्चा जन्माएकोले बाजुरा अस्पतालले रिफर गर्नुपरेको डा. शेर बहादुर साउदले बताएका छन् । फेरिपनि अप्रेशन गरेर बच्चा जन्माउनु पर्ने हुन्छ, दुई पटक भन्दा बढि अप्रेशन गर्दा निकै जटिल हुने गर्छ, त्यो बेला रगतको व्यवस्थापन त्यस्तै परे पाठेघर नै फाल्नु पर्ने अबस्था हुन्छ, यहाँ सम्भव नभएपछि रिफर गरेको डा. साउदले वताए । उनलाई आईसियुको व्यवस्थापन भएको ठाँउ समेत आवश्यक हुनसक्ने चिकित्सले वताएका छन् ।
अस्पतालले जेठ २२ गते पबित्राको बच्चा पाँउने मिति दिएको छ, अस्पतालले त २ हप्ता पहिला नै सुबिधा सम्पन्न ठाँउ लग्ने भनिसकेको थियो, तर १५ गते मात्र रिफर कागज बनाउन आएको अस्पतालले जनाएको छ ।
पबित्रालाई तत्काल धनगढी लग्नुपर्ने चिकित्सले वताए, तर पैशा नभएपछि घरमै छन्, उनका श्रीमान सहयोगका लागि छरछिमेक तथा अन्यत्र दौडधुप गरिरहेको आफन्त गोरख वि.कले बताए ।
जेठ १५ गते वडीमालिका नगरपालिकामा आर्थिक सहयोगका लागि जगत सार्कीले निवेदन दिएको भएपनि नगरपालिकाले आर्थिक व्यवस्थापन गर्न नसक्ने वताएको छ । नगरपालिकाले निबेदनमा नगर प्रमुखले लगाएको तोकमा भनिएको छ, एम्बुलेन्सको तेल र डाइभरको खानाको स्वयम गर्भवतीको परिवारले गर्ने एम्बुलेन्सको व्यवस्थापन गर्ने गरि तोक आदेश दिएको छ । कतै बाट धनगढी लिन सहयोग नपाएपछि जगतको परिवार भौतारि रहेको छ ।


अर्कोतिर ड्राईभरले एम्बुलेन्स सहि कन्डीसनमा नभएको बताएका छन् । वडीमालिका नगरपालिका प्रमुख प्रशासकिय अधिकृत यज्ञ अर्यालले भने एम्बुलेन्स निःशुल्क सेवा व्यवस्थापन नभएको वताएका छन् ।
एम्बुलेन्सको तेल निःशुल्क गर्नका लागि पनि नगरप्रमुखको आदेश गरे मात्र निशुल्क गर्न सकिने बताएका छन् । नगरप्रमुखलाई यस विषयमा सोधपुछ गर्दा यहाँभन्दा अरु केहीगर्न सकिदैन् भन्दै गएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार