होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १ भदौ । बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका रुडी गाउँभन्दा तल र छुद्दरी गाउँ नजिकैको भिर फुटेर धुँवा, धुलोसहितको सुक्खा पहिरो खसेको स्थानीयवासीले बताएका छन् । लगातार सुक्खा पहिरो खस्न थालेपछि कर्णाली नदीको केही भाग थुनिएको जगन्नाथ गाउँपालिका रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन्। उनले रुडी गाउँको तलबाट निरन्तर तीन दिनदेखि […]
नागरिक रैबार बाजुरा ३२ साउन जिल्लाकाे बडीमालिका नगरपालिकाले वडा नं ८ का ८० वर्षिया तुले थापालाई मरेकाे भनी घाेषित गरेर उनकाे सामाजिक सुरक्षा भत्ता राेकेकाे पाईएकाे छ । केही दिन अगाडि मात्रै थापा अाफ्नाे सामाजिक सुरक्षा भत्ता बुझ्न बैंकमा पुगेका थिए । बैकमा पुग्दा उहाँकाे मृत्यु भएकाे भनि नगरपालिकाले खाता बन्द गरिदिएकाे थाहा पाएपछि उनी […]
नागरिक रैबार/बाजुरा ३२ साउन। जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा न १ साप्पाटामा रुणीको तल र छुद्धरी गाउँ नजिकै सुख्खा पहिरो जान थालेपछि कर्णाली नदि थुनिने खतरा बढेको छ । गाउँको तलबाट निरन्तर सुख्खा पहिरो जान थालेपछि नजिकै बग्ने कर्णाली नदि थुनिने खतरा बढेको हो । जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीको पारी पट्टि स्वामीकार्तिक खापर गाउँपालिका वडा […]
नागरिक रैबार/बाजुरा ३१ साउन। जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा न १ साप्पाटामा रुणीको तल र छुद्धरी गाउँ नजिकै सुख्खा पहिरो जान थालेपछि कर्णाली नदि थुनिने खतरा बढेको छ । गाउँको तलबाट निरन्तर सुख्खा पहिरो जान थालेपछि नजिकै बग्ने कर्णाली नदि थुनिने खतरा बढेको हो । जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीको पारी पट्टि स्वामीकार्तिक खापर गाउँपालिका वडा […]
नागरिक रैबार/बाजुरा २९ साउन । नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका सदस्य विनोद गिरीको हृदयघात भएर निधन भएको छ । एक्कासी भएको हृदयघातपछि शुक्रबार बिहान गिरीको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो । शनिबार बिहान मात्रै घरबाट कोल्टी बजार गएका र असहज महसुश भएपछि उनी लुम्बिनी होटल पछाडीको मकैबारीमा पल्टेको अबस्थामा फेला पारेको […]
नागरिक रैबार बाजुरा २९ साउन । बाजुरा जिल्ला बडीमालिका नगरपालिका वडा नं.९ को प्रशासनिक भवन निर्माण गर्न उपयुक्त जग्गा छनोटका लागि सेवाक्षेत्रभित्रका समुदायको आम भेलाबाट वडा कार्यालयमा संचारकर्मी प्रेमबहादुर वि.कको संयोजकत्वमा १३ सदस्यीय सम्भाव्यता अध्ययन समिति गठन गरिएको वडा कार्यालयका सदस्य सचिव गोरख वहादुर रावलले जानकारी दिनुभएको छ । शुक्रबार वडा कार्यालयको सभाहलमा कार्यवाहक वडाध्यक्ष […]
नागरिक रैबार / बाजुरा २९ साउन । बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा नम्बर ८र १० बिचमा पर्ने बेताल छडि झरना पर्यटकको पर्खाइमा रहेको छ । साफे मार्तडी सडक खण्डको करिब २० मात्रै मिनेट पैदल यात्रा रहेको झरना संरक्षण र प्रसार प्रसार अभावमा अाेझेलमा रहेको बुढिगंगा नगरपालिका वडा नम्बर ८ का स्थानीय कृष्ण थापाले बताउनुभयो । […]
भउचप्रसाद यादव,काठमाडौँ : देशका २६ जिल्लामध्ये सबैभन्दा बढी गरिब घरपरिवार बाजुरामा रहेको देखिएको छ । सरकारले गरेको एक अध्ययनमा बाजुराका कुल घर परिवारमध्ये ७१.१ प्रतिशत गरिब रहेको देखिएको हो । उक्त अध्ययनका अनुसार जिल्लामा कुल २१ हजार ७११ घरपरिवार रहेका छन् । त्यसमध्ये छ हजार ३९३ अति गरिब घरपरिवार पाइएको छ । अध्ययन गरिएका जिल्लामध्ये […]
नागरिक रैबार । बाजुरा २८ साउन । हरेक वर्ष आजकै दिन मनाउने गरेको अन्तराष्ट्रिय युवा बाजुरा जिल्लामा पनि २२ औँ अन्तर्राष्ट्रिय युवा दिवस बडीमालिका नगरपालिकाको सभाहलमा विभिन्न क्षेत्रका युवाहरु जम्मा भई एक औपचारिक अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ । “खाद्य प्रणालीमा रुपान्तरण, मानव र भुमण्डलीय स्वास्थ्यका लागि युवा नवपर्वद्धन” भन्ने मुल नाराका साथ २२ औँ […]
नागरिक रैबार । बाजुरा २७ साउन ।भाद्र १ गते बाजुरा जिल्लाका विभिन्न ४ सीमा नाकामा हेल्थ डेस्क राखिने भएको छ । कोरोना भाइरसको तेस्रो लहर फैलिने उच्च जोखिम रहेकाले जिल्लाका विभिन्न ४ सीमा नाकामा हेल्थ डेस्क राखिने भएको हाे । जिल्ला बाहिरबाट स्वास्थ्य उपचार नै नगरि जिल्ला भित्रिनाले कोरोना संक्रमण फैलिन सक्ने भन्दै कोरोना भाइरसको […]
नागरिक रैबार । बाजुरा २७ साउन । मानव अधिकार एलाइन्स बाजुराले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ६ वटा बुँदामा ध्यानार्कषण गराएको छ । बुधबार प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ६ बुँदे माग सहित ध्यान आर्कषण गराएको मानव अधिकार एलाइन्स बाजुराका अध्यक्ष तुलाराम जैशीले बताए । सरकारले भूमिहिन आयोग हालसालै […]
नागरिक रैबार । बाजुरा २६ साउन । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रतिनिधिमुलक प्रहरीहरु बजारमा भेटे जतिका सर्वसाधारणहरुलाई तपाईको मास्क खोई भन्दै नभएकाहरुलाई मास्क लगाउन सुझाउँदै उनीहरुलाई मास्क वितरण गर्दै हिडिरहेको छ । “नेपाल मास्क अभियान” साप्ताहिक कार्यक्रम अन्तर्गत कोभिड-१९ को संक्रमणबाट उत्पन्न हुन सक्ने जोखिम न्युनिकरणको लागि जिल्ला बाजुरा बडीमालिका नगरपालिका वडा नं. ८ र […]
बाजुरा २५ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुन गइरहेको सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटवल प्रतियोगिता छनोटमा पहिलो पटक सुदूरपश्चिम प्रदेशबाट रानीवन स्पोर्टस् क्लब बाजुराको टोलीले सहभागिता जनाउने भएको छ । अर्को महिनाको १० गते आयोजना हुन गइरहेको लिगको छनोटका लागि रानीवन स्पोर्टस् क्लब बाजुराले आईतबार एन्फामा आफ्नो नाम दर्ता गराएको क्लबका […]
बाजुरा २५ साउन । जिल्ला प्रशासन कार्यालय बाजुराले स्वास्थ्य मापदण्ड पुरा नगरी विद्यालय सञ्चालनमा आएका विद्यालयलाई तत्काल बन्द गर्न प्रत्येक स्थानीय तहलाई जानकारी गराएको छ । जिल्लाका ९ वटै स्थानीय तहलाई एकसाथ पत्राचार गर्दै जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा सामाग्रीको प्रयोग गर्न नसकिने अवस्थामा विद्यालय बन्द गर्न आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम […]
नागरिक रैबार बाजुरा २४ साउन । कृषि ज्ञान केन्द्र बाजुराले स्वामीकार्तिक खापर गाउँपालिका वडा नं १ बाहुनी गाउँमा उत्पादित प्याज खच्चडमार्फत ढुवानी गराई बाजुरा जिल्लाको सदरमुकाम मार्तडी लगाएतका स्थानीय बजारहरुमा पुगाईएको छ । बाउँनी गाउँका ४० भन्दबढी स्थानीयले खेतमा उत्पादन गरेको प्याजलाई कृषि ज्ञान केन्द्र बाजुरा र स्वामिकार्तिक खापर गाउँपालिका कृषि विकास शाखाको ढुवानी अनुदान […]
नागरिक रैबार/बाजुरा २२ साउन । हिमाली गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रमेश बिकलाई भिरमाथिबाट खसेको ढुंगा लागेर वडा अध्यक्ष गम्भिर घाइते भएका छन् ।निर्माणाधिन स्वास्थ्य चौकीको अनुगमन गर्न गएको बेला भिरबाट खसेकोे ढुंगा लागेर घाइते भएका हिमाली गाउँपालिकाका रोजगार संयोजक बिर्खराज पाण्डेले बताएका छन । वडा अध्यक्षको टोली फैतीको स्वास्थ्य चौकीमा अनुगमन […]
नागरिक रैबार विहिवार २१ साउन । जिल्ला अस्पताल बाजुरामा उपचारार्थ दुई बच्चामा देखियो डेल्टा भेरिएन्ट भाइरस देखा परेको छ । जिल्ला अस्पताल बाजुरामा रुगाखोकी तथा स्वासप्रस्वासमा समस्या भई बिरामी भएर आएका दुई बच्चामा उक्त भाइरस देखा परेको हो । जिल्ला अस्पताल बाजुुराले धनगढी हुँदै काठमाडाँै रिफर गरेको एक १० वर्षीया बालकलाई कोरोना भाइरसको प्रकारलाई जनाउने […]
नागरिक रैबार/बाजुरा २१ साउन । बाजुराका एक बालकमा कोरोना भाइरसको डेल्टा भेरियन्ट देखिएको छ। जिल्ला अस्पताल बाजुराबाट धनगढी हुँदै काठमाडौँ रेफर गरिएका १० वर्षीय बालकमा डेल्टा भेरियन्ट प्लस देखिएको हो। एन्टिजेन जाँच गर्दा नेगेटिभ देखिएका उनको केही दिन निमोनियाको उपचार गरिएको जिल्ला अस्पतालले जनाएको छ। ती बालकको काठमाडौँमा भेन्टिलेटरमा राखेर उपचार गरिएको र अहिले सञ्चो […]
जिल्ला प्रशासन कार्यालय बाजुराले नदिको आसपासमा रहेका बस्तीलाई सर्तक रहन अनुरोध गरेकाे छ । जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लामा मनसुनका कारणले बाढी,पहिरो जाने गरेकाले बुढिगंगा नदि लगायतका नदीको आसपास र तटीय क्षेत्रमा नजान आग्रह गरेको हाे । बुधबार निमित्त प्रमुख जिल्ला अधिकारी समीर भण्डारीद्धारा हस्ताक्षरित सार्वजनिक सुचनामा नदीको छेउछाउ र पहिरो गएको ठाउँबाट सुरक्षित ठाउँमा […]
नागरिक रैबार / ७ साउन बाजुरा । जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ८ थापाबाडाका स्थानीयहरुले नगरपालिकालाई ध्यानाकर्षण गराएका छन् ।थापाबाडाको भम्कीचौरदेखि खुलामंच सम्म निर्माण गरेको सडकका कारण थापाबाडाका बस्ती जोखिम्मा परेपछि नगरपालिकालाई स्थानीयहरुले ध्यानाकर्षण गराएका हुन् । बस्ती तल र माथिबाट पहिरो खस्न थालेपछि अहिले सो वडाका थापाबाडा, पुजारीबाडा, डाँडा र चैडील क्षेत्रका स्थानीयका सयौं […]