होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जिल्ला अस्पताल बाजुरामा उपचारार्थ दुई बच्चामा देखियो डेल्टा भेरिएन्ट भाइरस
समाचार

जिल्ला अस्पताल बाजुरामा उपचारार्थ दुई बच्चामा देखियो डेल्टा भेरिएन्ट भाइरस

  • नागरिक रैबार
जिल्ला अस्पताल बाजुरामा उपचारार्थ दुई बच्चामा देखियो डेल्टा भेरिएन्ट भाइरस
फाएल तस्वीर

नागरिक रैबार
विहिवार २१ साउन ।
जिल्ला अस्पताल बाजुरामा उपचारार्थ दुई बच्चामा देखियो डेल्टा भेरिएन्ट भाइरस देखा परेको छ । जिल्ला अस्पताल बाजुरामा रुगाखोकी तथा स्वासप्रस्वासमा समस्या भई बिरामी भएर आएका दुई बच्चामा उक्त भाइरस देखा परेको हो ।
जिल्ला अस्पताल बाजुुराले धनगढी हुँदै काठमाडाँै रिफर गरेको एक १० वर्षीया बालकलाई कोरोना भाइरसको प्रकारलाई जनाउने डेल्टा‘भेरिएन्ट’ भाइरस देखिएको छ ।
अर्को एक जना बच्चाको बाजुराबाट स्वाव संकलन गरी डोटी प्रयोगशालामा गरिएको परिक्षणबाट कोरोना पोजेटिभ देखिएको जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख प्रकाश जोशीले बताएका छन ।
पछिल्लो एक साता यता धेरै बालबालिकाहरु बिरामी भएर जिल्ला अस्पताल बाजुरामा भर्ना गरी उपचार गराईरहेको कार्यालय प्रमुख जोशीले बताए ।
कार्यालय प्रमुख जोशीले भने – निज १० वर्षीया बालकलाई जिल्ला अस्पताल बाजुरामा एन्टिजेन जाँच गर्दा नेगेटिभ भएपछि उनलाई चार दिन जति निमोनियाको उपचार गरेको थियो ।
अस्पताल बाजुरामा सञ्चो नभएपछि धनगढी रिफर गरेको थियो । धनगढीमा पनि उपचार सम्भव नहुने भन्दै काठमाडौ रिफर गरेको थियो । त्यहाँ कोरोना जाँच गर्दा कोरोना भाइरसको डेल्टा भेरिएन्ट देखिएको अस्पताल बाजुराका प्रमुख डा. जोशीले वताएका छन् ।
बच्चालाई उपचारका क्रममा लिदा बाटोमा सरेको हो, या बाजुरा हुदै उक्त भाइरसले संक्रमण गरेको हो, कुनै जानकारी नभएको जोशीले वताए । उक्त बच्चाको सम्पर्कमा रहेका अन्यको स्वाब संकलन गरेर पिसिआर गर्ने तयारी रहेको जोशीले वताए ।
कोरोना भाइरसको डेल्टा भेरिएन्ट देखिएको बच्चालाई काठमाडौमा भेन्टिलेटरमा उपचार पछि सञ्चो भएर डिस्चार्ज गरेको परिवारले बताएका छन् ।
अस्पताल बाजुरा अहिले ९ जना बच्चाको उपचार भइरहेको छ । निमोनिया जस्तो लक्षण देखा परेको बच्चाहरुको अक्सिजनको साहारामा उपचार भइरहेको अस्पतालले जनाएको छ । १३ जनाको स्वाब संकलन गरेर डोटी पठाएकोमा एक जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार