होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, चैत्र २५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बाजुरा जिल्लाले पनि मनायो अन्तर्राष्ट्रिय युवा दिवस
समाज

बाजुरा जिल्लाले पनि मनायो अन्तर्राष्ट्रिय युवा दिवस

  • नागरिक रैबार
बाजुरा जिल्लाले पनि मनायो अन्तर्राष्ट्रिय युवा दिवस

नागरिक रैबार ।
बाजुरा २८ साउन ।
हरेक वर्ष आजकै दिन मनाउने गरेको अन्तराष्ट्रिय युवा बाजुरा जिल्लामा पनि २२ औँ अन्तर्राष्ट्रिय युवा दिवस बडीमालिका नगरपालिकाको सभाहलमा विभिन्न क्षेत्रका युवाहरु जम्मा भई एक औपचारिक अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ ।
“खाद्य प्रणालीमा रुपान्तरण, मानव र भुमण्डलीय स्वास्थ्यका लागि युवा नवपर्वद्धन” भन्ने मुल नाराका साथ २२ औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको राष्ट्रिय युवा महासंघ बाजुराका अध्यक्ष मदनराज जोशीले बताए ।

No description available.

विभन्न सरकारी तथा गैर सरकारी निकायहरुको सहयोग र समन्वयमा राष्ट्रिय युवा महासंघ बाजुरा , राष्ट्रिय युवा परिषद बाजुरा र वडीमालिका नगरस्तरीय युवा संजाल बाजुराको संयुक्त आयोजना दिवस सफलतापूर्वक समपन्न गरेको कार्यक्रम संचालक तथा वडीमालिका नगरस्तरीय युवा सञ्जालका अध्यक्ष प्रशान्तराज जोशीले बताए ।

विज्ञापन

कार्यक्रममा समाज परिवर्तनमा युवाहरुको भुमिका, सम्भावना, चुनौती, तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय युथ नीति नियमका विषयमा राष्ट्रिय युवा महासंघ बाजुराका अध्यक्ष मदनराज जोशीले सहजीकरण गरेका
राष्ट्रिय युवा परिषद बाजुराका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व भुमिसुधार सहायकमन्त्री जनकराज गिरी रहेका थिए ।

विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोनाका वीचमा आफ्नो सक्रिएता पूर्वक बाजुराली जनताको हितमा काम गरेको भन्दै जिल्ला स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख दयाकृष्ण पन्त र जिल्ला अस्पताल बाजुराका प्रमुख डा. प्रकाश राज जोशीलाई सम्मान गरेका छ ।

No description available.
सोही दिवसकै अवसर पारेर स्थानीय उत्पादनको प्रर्वद्धन संरक्षण गर्दै कृषि व्यवसायमार्फत आत्म निर्भर बनी आय-आर्जनको दायरालाई फराकिलो पारी सफल युवा कृषक हुन भएको भन्दै बडीमालिका नगरपालिका वडा नं.९ निवासी श्री मायादेवी वि.क.लाई आवश्यक कृषि सामाग्रीहरु, विउविजन तथा सम्मानपत्रसहित खादा ओडाएर सम्मान गरिएको थियो ।

No description available.

साथै विभिन्न मिडियामा आवद्ध युवा संचारकमीहरुलाई सञ्चारका माध्ययबाट समाजलाई सुसुचित पारेको भन्दै रेडियो बाजुराका स्टेशन म्यानेजर कृष्ण ओली, तुला राम जोशी, मालिका टुडेका प्रेम रौले, किनारा न्युजका अध्यक्ष छक्क मल्ल, बडीमालका खबरका लक्ष्मीराज पाध्यायलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै