नागरिक रैबार/बाजुरा १ भदौ ।मानव संसोधन केन्द्र एच आरसी बाजुराले जिल्ला अस्पताल बाजुरालाई करिव ३ लाख बढीको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
नेपालमा कोरोना भाईरस कोभिड-१९ को संक्रमण फैलिरहेकोले कोभिड संक्रमण बाट बच्नका लागि एचआरि बाजुराले जिल्ला अस्पताल बाजुराका स्वास्थ्य कर्मीलाई मध्येनजर गरी ३ लाख बढीको स्वास्थ्य सामाग्री सहयोग गरेको संस्थाका कार्यकारी निर्देशक अग्नीराज शाहीले बताएका छन् ।
एचआरसी बाजुराले जिल्ला अस्पताल बाजुरा सहित जिल्ला प्रहरी कार्यालय बाजुरा र ससस्त्र प्रहरी लाई समेत स्वास्थ्य सामाग्री सहयोग गरेको हो । जिल्ला अस्पतालमा अक्सिजन सिलिण्डर ५ ओटा, के एन नाईन्टी फाईप मास्क १ सय ५०, सर्जिकल मास्क २० डिब्बा सेनिटाईजर २ सय ५० मिलि लिटरको १ सय लगायातका साम्रगी सहयोग गरेको एचआरसी बाजुराले जनाएको छ ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय बाजुरालाइ एन नाइन्टीफाइभ मास्क,सर्जिकल मास्क, सेनिटाइजर, ग्लोब्स, फेस सिल्ड, पिपिई सेट, गम बुट,पल्स अक्सिमिटर लगायत गरी ४८ हजार बराबरको स्वास्थ्य तथा सुरक्षा सामाग्री र शसस्त्र प्रहरी बल बाजुरालाई एन नाइन्टीफाइभ मास्क,सर्जिकल मास्क, सेनिटाइजर, ग्लोब्स, फेस सिल्ड, पिपिई सेट, गम बुट,पल्स अक्सिमिटर लगायत गरी २२ हजार बराबरको स्वास्थ्य तथा सुरक्षा सामाग्री सहयोग गरिएको थियो ।
जिल्ला अस्पताल बाजुरामा ३ लाख ५० हजार, जिल्ला प्रहरी कार्यालय बाजुरालाई ४८ हजार ससस्त्र प्रहरी बल बाजुरा गुल्मलाई २८ हजार बराबरको स्वास्थ्य साम्रागी सहयोग गरिएको संस्थाका कार्यकारी निर्देशक शाहीले बताए ।
स्वास्थ्य सामाग्रीहरु मंगलबार एक औपचारीक कार्यक्रमका विच बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जिल्ला अस्पताल बाजुराका प्रमुख प्रकाशराज जोशी, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख मदनजीत महरा, शसस्त्र प्रहरी बल बाजुराका प्रमुख दिपक विष्टलाई हस्तानतरण गरेका थिए ।
स्वास्थ्य सामाग्री हस्तान्त्रण गर्दै प्रमुख जिल्ला अधिकारी अधिकारीले भने बाजुरामा पनि पछिल्लो समय कोरोना फैलिन नदिन विभिन्न उपायहरु अपनाएको बताएका छन् । साथै उहाँले सबैले आ-आफ्नो क्षेत्रबाट कोरोना महामारीलाई नियन्त्रण गर्न लागिपर्न आग्रह समेत गरेका छन् ।
फेसबुक प्रतिक्रियाहरु