होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • नेकपा एमाले (समाजबादी) पार्टी बाजुरामा झन बलियो बन्छः नेता रावत
Breaking News

नेकपा एमाले (समाजबादी) पार्टी बाजुरामा झन बलियो बन्छः नेता रावत

  • नागरिक रैबार
नेकपा एमाले (समाजबादी) पार्टी बाजुरामा झन बलियो बन्छः नेता रावत

नागरिक रैबार/बाजुरा ३ भदौ। नेकपा एमाले (समाजबादी) पार्टीका नेता तथा पूर्व माधव समूहका जिल्ला कमिटी सचिव पुरबहादुर रावतले नेकपा एमाले (समाजबादी) पार्टी बाजुरामा झन बलियो बन्ने दावी गरेका छन् ।

बुधबार नागरिक रैबारको “खासकुरा” विषेशमा बोल्दै नेता रावतले सो कुराको दावी गरेका हुन् । यस अघि बाजुरामा नेकपा एमालेको माधव समूहले गठन गरेको समानान्तर कमिटीको जिल्ला सचिव समेत रहेका नेता रावतले बाजुरामा सवै नेता तथा कार्यकर्ताहरु झन एकढिक्का भएर समाजवादी पार्टीमा संगठित भएर लाग्ने बताएका छन् ।

विज्ञापन

बाजुरामा तत्कालिन एमालेको माधव समूहको समानान्तर कमिटीको जिल्ला अध्यक्ष बनेका गगन रावलसहित आफुहरु बाजुरामा नेकपा एमाले (समाजवादी) पार्टी निर्माणको विषयमा एकमत रहेको समेत नेता रावतले बताए ।

मान्छेहरु नयाँ चिजहरु रोज्छन् । नयाँ बाटोमा आउँछन् । समाजवादको बाटो नेकपा एमालेको ओली समूहले विराएकोले असली कम्युनिष्टहरु माधव नेपालले दर्ता गरेको दल एमाले (समाजबादी) पार्टीमा एकपछि अर्को गर्दै क्रमशः आउनेछन् उनले भने ।

नेकपा एमालेको ९ औं महाधिवेशनले आत्मसाथ गरि अघि बढ्ने भनिएको समाजबादलाई ओली समूहले विस्थापित गर्दै लगेको आरोप समेत नेता रावतले लगाएका छन् । समाजबादको संरक्षण गर्दै समग्र नेपालको कम्युनिष्ट आन्दोलनलाई सफल बनाउनकै लागि माधव नेपालको नेतृत्वमा एमाले (समाजबादी) पार्टी स्थापना भएको उनको दावी छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार