होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • वडा नं.९ले गर्यो जग्गा छनोटका लागि संचारकर्मी वि.कको संयोजकत्वमा सम्भाव्यता अध्ययन समिति गठन
बडीमालिका

वडा नं.९ले गर्यो जग्गा छनोटका लागि संचारकर्मी वि.कको संयोजकत्वमा सम्भाव्यता अध्ययन समिति गठन

  • नागरिक रैबार
वडा नं.९ले गर्यो जग्गा छनोटका लागि संचारकर्मी वि.कको संयोजकत्वमा सम्भाव्यता अध्ययन समिति गठन

नागरिक रैबार
बाजुरा २९ साउन ।

बाजुरा जिल्ला बडीमालिका नगरपालिका वडा नं.९ को प्रशासनिक भवन निर्माण गर्न उपयुक्त जग्गा छनोटका लागि सेवाक्षेत्रभित्रका समुदायको आम भेलाबाट वडा कार्यालयमा संचारकर्मी प्रेमबहादुर वि.कको संयोजकत्वमा १३ सदस्यीय सम्भाव्यता अध्ययन समिति गठन गरिएको वडा कार्यालयका सदस्य सचिव गोरख वहादुर रावलले जानकारी दिनुभएको छ ।

No description available.

विज्ञापन

शुक्रबार वडा कार्यालयको सभाहलमा कार्यवाहक वडाध्यक्ष लालबहादुर नेपालीको अध्यक्षतामा बसेको आम भेलाबाट सञ्चारकर्मी तथा बुद्धीजिबी प्रेमबहादुर वि.कको संयोजकत्वमा १३ सदस्यीय उपयुक्त जग्गा छनोट गर्न सम्भाव्यता अध्ययन समिति गठन गरिएको हो ।

नगरपालिकाले वडा नं. ९ को प्रशासनिक भवन नभई हालसम्म मार्तडीको साविक ८मा रहेका दलित सामुदायिक भवनमा घरबहाल लिई प्रशासनिक कार्यसम्पादन भई रहेकाले अब वडा कार्यालयको आफ्नै प्रशासनिक भवन निर्माण गर्नका लागि उपयुक्त जग्गा हेरी नगरपालिकामा जानकारी गराउन भनिएकाले सेवाक्षेत्रभित्रका समुदायको आम भेला बोलाई भवन निर्माणका लागि उपयुक्त जग्गा हेर्न भनि सम्भाव्यता अध्ययन समितिमार्फत जान सो समिति गठन गरिएको कार्यवाहक वडाध्यक्ष नेपालीले नागरिक रैबारलाई बताएका छन् ।

No description available.

कार्यवाहक वडाध्यक्षसहित वडा समितिका सवै सदस्यहरुको रोहवरमा गठन गरिएको जग्गा छनोटका लागि सम्भाव्यता अध्ययन समितिलाई भदौ मसान्तसम्मको समयावधी दिई लिखित प्रतिवेदन वडा कार्यालयमा पेश गर्न समेत निणर्य गरेको वडा कार्यालयले जानकारी गराएको छ ।

साथै सम्भाव्यता अध्ययन समितिमा संयोजक प्रेमबहादुर वि.क, सदस्य किट्टो लवार, शान्ति ध्वजाली, मानबहादुर वि.क, चन्द्र थापा, काँशी नेपाली, मिन थापा, गोरख विष्ट, सौरे लवार, विश्वराज पाध्याय, जया लवार, जित चदारा र माया खड्का रहेको सदस्य सचिव गोरख बहादुर रावलले बताएका छन् ।No description available.

बडीमालिका नगरपालिका वडा नं. ८ र ९ नं. वडा कार्यालयको प्रशासनिक भवन निर्माण गर्न जग्गा खरिदका लागि आवश्यक रकम नगरपरिषद्ले छुट्याई सकेको वडा कार्यालयले जनाएको छ ।

No description available.

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार