होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
शेरबहादुर सार्की/बाजुरा ७ असोज। बाजुराका किसानलाई यती बेला जंङ्गली जनावरबाट खेती कसरी जोगाउ भन्ने निकै चिन्ता परेको छ । पाक्न लागेको धानबालीमा जंङ्गली जनावर भालु, बँदेल र बाँदरको रजाँइ हुनथालेपछि किसान चिन्ता परेका छन् । पछिल्लो समय जिल्लाका अधिकाशं ठाउँमा सामुदायिक बनको सङ्ख्या वृद्धि हुँदै गएपछि जंङ्गली जनावरको सङ्ख्या पनि बढेर ती जनावर खेतीमा पस्न […]
राजेन्द्र बहादुर रोकाया बाजुरा । मेची महाकाली बुहारी संयुक्त आवाजको आर्थिक सहयोगमा अति बिपन्न दुई परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । जिल्लाको बुढीगंगा नगरपालिका ६ का अति बिपन्न दुई परिवारका लागी आज दश हजार बराबर नगद तथा खाद्यान्न सहयोग गरिएको छ । बुढीगंगा नगरपालिका ६ कि जानकी बोहरा बिरामी भएर जिल्ला अस्पताल बाजुरामा उपचार गराउन […]
राम बहादुर विक/बाजुरा २६ भदौ । गत साउन २५ गते राति अविरल बर्षासंगै बुढीगंगा नदिमा आएको बाढीले जडाङ्गामा रहेको बेलिव्रिज बगाएपछि साँफे-मार्तडी सडकको सम्वन्ध विच्छेद भएको थियो । बाढीले उतm ठाँउमा रहेको बेलीब्रिज पुल बगाएपछी स्थानियहरुलाई आवत जावत गर्न निकै सास्ती खेप्नु परेको थियो ।स्थानियहरुले सास्ती खेपी रहेको केही दिन पछी बडिमालिका नगरपालिका वडा ५ […]
मलाई रिस उठ्छ । मेरै आखा अगाडी प्रत्येक दिन नगरपालिका असफल भइरहेछ । लुट मच्चिरहेछ । वर्षमा दुइचोटी आगलागीको वार्षिक कार्यक्रम लागु गरिदै छ । त्यो देखेर मलाई असाध्यै रिस उठ्छ। जनताको पैसामा प्राविधिक प्रत्येक वर्ष तराईमा घडेरी बैना गरिरहेछ। जनताको कर तिरेको पैसाको कुनै रेकर्ड छैन। सेटिंग चलाउने स्वतन्त्रताको भरपूर फाइदा उठाइरहेछन्। कर्मचारीहरू अझ […]
नागरिक रैबार/बाजुरा १९ भदौ। बुढीगंगा नदिमा आएको बाढीका कारण ताँप्रीसेराको पुल बगाएपछि आवत जावत गर्न स्थानीयहरुले उक्त ठाउँमा तुईन जडान गरेका छन् । करिव डेढ महिना अघि बाढीका कारण ताँप्रीसेराको पुल बगाएपछि साविकको कैलाशमाण्डौं जाने र आउने स्थानीयलाई समस्या हुँदै आएको थियो । पुल बगाएपछि कैलाशमण्डौं जाने स्थानीयहरु एक घण्टाको पैदल यात्रा गरेर बल्दे नजिकैकोे […]
नागरिक रैबार/बाजुरा १८ भदौ। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टसहितको टोलीले बाढी प्रभावित परिवारलाई राहत वितरण गरेको छ । विहिबार मुख्यमन्त्री सहितको टोलीले अछाम र बाजुरा जिल्लाका बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन सहित बाढीपहिरोबाट प्रभावित बनेका परिवारलाइ राहत वितरण गरेको हाे । मुख्यमन्त्रि सहितको टोलीले बाजुरामा गत साउन २५ गते र भदौ २ गते […]
नागरिक रैबार/बाजुरा १८ भदौ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहितको टोली अछामको रामारोशन र बाजुराको बाढी पहिरोे प्रभावित क्षेत्रमा अनुगमन गर्न आउने भएका छन् । अविरल वर्षासंगै बाढी पहिरोका कारण क्षेती भएको अछामको रामारोशन गाउँपालिका र बाजुराको त्रिवेणी, बुढीगंगा, बुढीनन्दा र बडीमालिका नगरपालिका र गौमुल गाउँपालिकाका विभिन्न प्रभावित ठाउँको स्थलगत अनुगमन गर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री […]
नागरिक रैबार/बाजुरा १७ भदौ। त्रिभुवन विश्व विद्यालयका चर्चित युवा विद्यार्थी हेमराज थापालाई गृह जिल्ला बाजुरामा भव्य स्वागत गरिएको छ । बुधबार साँझ बाजुरा सदरमुकाम मार्तडी पुगेका विद्यार्थी थापा सहितको टोलीलाई खप्तड मालिका युवा संजाल बाजुराका युवाहरुले फुलमाला, खादा र अविर लगाई भव्य स्वागत गरेकाे खप्तड मालिका युवा संजाल बाजुराका वरिष्ठ उपाध्यक्ष राजेन्द्र रोकायाले बताएका छन् […]
बाजुरा जिल्लामा असार यता अविरल बर्षासँगै आएको बाढी र पहिरोले साँफे मार्तडी सडकखण्ड छेदविच्छेद् भएको लगभग तीन महिना जति पुग्न लागि सकेको छ । यस विषयमा जन चाँसो राख्ने जो कोहीले सामाजिक सञ्जाल वा नयाँ प्रविधि अनुसारको भर्चअल गफ र नेताहरुको फूर्सदको राजनीति सिबाहेक अरु केही हुन सकेको छैन् । तर, त्यस यता बाजुराली जनताले […]
अर्जुन शाह। फुर्सद मिल्यो कि बडिमालिका खबर र नागरिक रैबार पल्टाइरहन्छु । शनिवार मध्यान्ह्रतिर पनि बडिमालिका खबर पल्टाउँदै थिएँ । संयोगले त्यसभित्र कुनै कार्यक्रमको ‘जुम लाइभ’ चलिरहेको रहेछ । त्यो ‘लाइभ’ बाजुराको अवरुद्ध सडक सूचारु गर्ने सन्दर्भमा जिम्मेवारहरुबीचको भर्चुअल मिटिङको रहेछ । बाजुराको विकासका सवालहरुमा उहिल्यैदेखि रुची र पैरवीकर्ताको नाताले पनि होला, मेरा आँखाहरु अरु […]
नागरिक रैबार/बाजुरा बाजुरा ९ भदौ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाजुराले बडीमालिका नगरपालिका वडा नं.४ ओलेनाका महिला र किसोरीहरुलाई मर्यादा सामाग्री सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाईटी बाजुरा शाखाको समन्वय तथा युएन एफपिएको सहयोगमा उक्त सामाग्रीहरु सो ठाउँका महिला, किसोरीहरुलाई सहयोग गरेको हो । कोरोना भाईरस कोभिड-१९ संक्रमण बढीरहेको बेला जोखिममा रहेका महिला […]
बाजुरा — बुढीगंगा नगरपालिका ९ तल्लो कप्रीतोलाका ३९ बर्षिया मदनबहादुर शाह मृत्त फेला परेका छन् । मानसिक रुपमा बिरामी भएका शाहलाई उनको परिवारले उपचारको लागि अछामको साफेबगर लिने क्रममा बुढीगंगा नगरपालिका १० रिठा बजार नजिक पिसाव गर्न जान्छु भन्दै झारी तिर गएको उनका दाजु तपेन्द्र शाहले जानकारी दिएका छन् । पारिवारीक श्रोतका अनुसार पिसाब गर्ने […]
नागरिक रैबार/बाजुरा ८ भदौ। नेपाल पत्रकार महासंघ बाजुराका सह-सचिव तथा राष्ट्रिय दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेश समितिका सचिव पत्रकार शेरबहादुर सार्कीलाई पत्नी शोक परेको छ । बुढीगंगा नगरपालिका-१० निवासी पत्रकार सार्कीकी पत्नी पुनीदेवी सार्कीको सोमबार बिहान ३५ वर्षको उमेरमा उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा असामयिक निधन भएको हो । शार्कीका चार छोरी र एक छोरा […]
राजेन्द्र बहादुर रोकाया बाजुरा । साहित्यकार तथा सामाजिक अभियान्ता रिता शाही (रितु) को पहलमा जिल्लाको बुढिगंगा नगरपालिका वडा नंम्बर २ र ३ का ४० परिवारलाई खाद्यान्न सहयोग गर्नुभएको छ । श्रावण २५ गते राती आएको अविरल बर्षा संगैको बाढीका कारण बिस्थापीत भएका परिवारलाई राहत स्वरुप १ लाख बरावरको खाद्यान्न सहयोग गरेको सामाजिक अभियान्ता रिता शाही […]
नागरिक रैबार बाजुरा २ भदौ गृहमन्त्री रामबहादुर थापा सहितकाे टाेली बाजुरा अाईपुगेकाे छ । साउन २५ गते राति अविरल वर्षासंगै बुढीगंगा नदिमा अाएकाे बाढीका कारण प्रभावित भएका परिवारलाई राहत तथा उद्घार गर्न गृहमन्त्री सहितकाे टाेली बाजुरा अाईपुगेकाे हाे । गृहमन्त्री नेतृत्वको टोलि सुर्खेत हुंदै बाजुरा तर्फ प्रस्थान गरेकाे हाे । टाेलीले गौमुल गाउंपालिकाकाे सिम सिम, […]
नागरिक रैबार बाजुरा २ भदौ गृहमन्त्री रामबहादुर थापा सहितकाे टाेली बाजुराका बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्घारका सामाग्री लिएर बाजुरा अाउने भएकाे छ । यस अघि हेलिकप्टरमा बाजुराका बाढी प्रभावित क्षेत्रकाे अनुगमन र प्रभावित परिवारलाई राहत तथा उद्घार गर्न बाजुरा अाउने भनिएकाे भएपनि प्रतिकुल माैषमका कारण गृहमन्त्री सहितकाे टाेली बाजुरा अाउने कार्यक्रम स्थगित भएकाे थियाे […]
नागरिक रैबार/बाजुरा ३० साउन। अविरल वर्षाका सँगै आएको बाढीका कारण बाजुरा जिल्लामा भएको धनजनको क्षति प्रति नेपाल विद्यार्थी संघ बाजुराले ध्यानाकर्षण पत्र बुझाएको छ । यहि साउन २५ गते अविरल वर्षासँगै आएको बाढीले साँफे-मार्तडी सडक खण्ड अन्तर्गत बुढिगंगा नदीमा भएको बेलिब्रिज र सडक बगाएपछि नेविसंघ बाजुराले सरकारकाे ध्यानाकर्षण गराएकाे हाे ।साँफे-मार्तडी सडक खण्ड अन्तर्गत बुढिंगगा, […]
नागरिक रैबार/बाजुरा २९ साउन। जिल्लाको सदरमुकाम मार्तडीमा ल्याउन लागेको अवैध मदिरा अस्थाई प्रहरी पोष्ट रिठाबजारले बरामद गरि नष्ट गरेको छ । अछाम साँफेबगरबाट से.१ ज २२२४ नम्बरको जीपमा चाउचाउसंगै लुकाईछिपाई मार्तडी ल्याउँदै ५५ पेटी अवैध मदिरा अस्थाई प्रहरी पोष्ट रिठाबजार बाजुराले बरामद गरि नष्ट गरेको हो । बुधबार साँझ प्रहरीले चेकजाँच गर्ने क्रममा सन्तरा नामक […]
नागरिक रैबार/बाजुरा २८ साउन । गत आइतबार आएको बाढी र पहिरोबाट पीडित बनेका परिवारका लागि धनगढीमा राहत सँकलन सूरु गरिएको छ । बाजुराका बाढी पहिरो पीडितका लागि पदम खत्री स्मृती प्रतिष्ठान बाजुराले धनगढीमा राहत संकलन गर्न सुरु गरेको छ । प्रतिष्ठानले बुधबार धनगढीमा एक कार्यक्रमको आयोजना गरी राहत संकलन अभियान थालनी गरेको पदम खत्री स्मृती […]
नागरिक रैबार/बाजुरा २७ साउन। जिल्लाको सदरमुकाम मार्तडीको दुनिहाटबजारमा रहेको पुष्प जनरल स्टोरको हिलटप होटल नजिकैको गोदामबाट १० पेटी धारा तेल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । रातिको मौका छोपेर विभिन्न समयमा पुष्प जनरल स्टोरको गोदामबाट १० पेटी धारा तेल चोरी गरेर मार्तडी बजारमै विक्री गरिरहेको अवस्थामा प्रहरीले बुढीगंगा नगरपालिका ५ का १८ […]