होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुराको खेल क्षेत्रको विकासमा निरन्तरता दिएका छाैँ: नेता थापा
Breaking News

बाजुराको खेल क्षेत्रको विकासमा निरन्तरता दिएका छाैँ: नेता थापा

  • नागरिक रैबार
बाजुराको खेल क्षेत्रको विकासमा निरन्तरता दिएका छाैँ: नेता थापा
दोस्रो छेडेदह कप फुटबल प्रतियोगिताको उद्धघाटन समारोहमा बोल्दै नेकपा सुदूरपश्चिम अध्यक्ष कर्णबहादुर थापा :तस्बिर मदन विक

नागरिक रैबार/बाजुरा १४ कार्तिक। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कणर्बहादुर थापाले बाजुराको खेल क्षेत्रको विकासका लागि प्रयाप्त लगानि सहित निरन्तर लागिरहेको बताएका छन् ।

विहिबार छेडेदह स्पोट्र्स क्लवद्धारा आयोजित दोस्रो छेडेदह कप फुटबल प्रतियोगिताको उद्धघाटन समारोहमा बोल्दै नेता थापाले बाजुरामा खेलक्षेत्रको विकासका लागि प्रयाप्त लगानि गरिने बताएका हुन् ।

खेल क्षेत्रपनि जीवनको एउटा अभिन्न अंग हो । खेलक्षेत्र जीवनको सफलता र असफलतासंग जोडिएकोले खेल रहरका लागि मात्र नभई देश जनता र राष्ट्रको प्रतिष्ठालाई उचो पार्नका लागि खेलकुद अति आवश्यक भएकोले नै खेल क्षेत्रको विकासमा लगानी गरिने नेता थापाको भनाई थियो ।

विज्ञापन

प्रतियोगिताका प्रमुख अतिथि समेत रहेका नेता थापाले प्रतियोगितामा सहभागी खेलाडीहरुलाइ उत्साहित पार्दै आगामी दिनमा बाजुराको खेल क्षेत्रको विकासका लागि आवश्यक लगानीसहित खेलकुदका सवै सामाग्री, प्रयाप्त मात्रामा खेलमैदान, खेलप्रशिक्षकको व्यवस्था गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

पूर्व संविधान सभा सदस्य तथा पुर्व उद्योगमन्त्री समेत भएको बेला बाजुराको खेलक्षेत्रमा विकास गर्नका लागि तिन वटा क्षेत्र माथिल्लो क्षेत्र कोल्टी र तल्लो क्षेत्र पशुपति मावि ताँप्रामा प्रयाप्त खेलमैदान निर्माण र जिल्लाको सदरमुकाम मार्तडीमा बहुउद्देश्यीय कवर्डहल निर्माणका लागि आवश्यक लगानी गरेको नेता थापाले बताएका थिए ।

नेता थापाले आफु राजनीति गर्नुभन्दा अगाडि खेलाडी भएको र अहिले सक्रिय राजनीति संगसंगै सक्रिय रुपमा खेल क्षेत्रमा समेत लागिरहेकोले बाजुराको खेल क्षेत्रमा प्रयाप्त लगानी गर्ने बताएका छन् । अर्को प्रसंगमा बोल्दै नेता थापाले भने नेपाल देशभरीमा धेरै मान्छेहरु राजनीतिमा भएपनि खेलक्षेत्रमा भने सक्रिय नभएको उहाँले बताउँनु भएको थियो ।

बाजुराको सवै भन्दा ठुलो धनराशी नगद पुरस्कार राशी भएको दोस्रो छेडेदह कप फुटबल प्रतियोगिता विहिबार उद्धघाटन भएको छ । खप्तड छेडेदह गाउँपालिकाको आटिचौरस्थित दशरथ माविको खेल मैदानमा संचालन हुने उक्त प्रतियोगिताका खेलहरु आज (शुक्रबार) विहानबाट संचालन भएका छन् ।

छेडेदह स्पोट्र्स क्लवका अध्यक्ष लोकेन्द्र खड्काको अध्यक्षतामा भएको उक्त प्रतियोगिताको उद्धघाट्न नेकपा सुदुरपश्चिम प्रदेशका अध्यक्ष तथा पुर्ब उद्योग मन्त्री कणर्बहादुर थापाले गरेका थिए ।

प्रतियोगितामा बाजुरा जिल्ला भित्रका २२ वटा टिम सहभागि भएका छन् । प्रतियोगितामा प्रथम हुने सहभागि टिमलाई १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित प्रमाण पत्र र मेडल प्रदान गरिने भएको छ भने प्रतियोगितामा दोस्रो हुने टिमलाई १ लाख १ हजार १ सय ११ रुपैया सहीत प्रमाण पत्र र मेडल प्रदान गरिने क्लवका अध्यक्ष खड्काले बताएका छन् ।

त्यसै गरी खेलमा वेष्ट पिलियर, राइजिङ पिलियर, वेष्ट किपर, वेष्ट डिफेन्डर र सर्वाधिक गोल कर्तालाई पनि पुरस्कार सहीत मेडल र प्रमाण प्रदान गरिने आयोजकले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार