होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • बुढीगंगा
  • मेची महाकाली बुहारी संयुक्त आवाजको सहयोगमा अति बिपन्न दुई परिवारलाई खाद्यान्न
बुढीगंगा

मेची महाकाली बुहारी संयुक्त आवाजको सहयोगमा अति बिपन्न दुई परिवारलाई खाद्यान्न

  • नागरिक रैबार
मेची महाकाली बुहारी संयुक्त आवाजको सहयोगमा अति बिपन्न दुई परिवारलाई खाद्यान्न

राजेन्द्र बहादुर रोकाया बाजुरा ।
मेची महाकाली बुहारी संयुक्त आवाजको आर्थिक सहयोगमा अति बिपन्न दुई परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । जिल्लाको बुढीगंगा नगरपालिका ६ का अति बिपन्न दुई परिवारका लागी आज दश हजार बराबर नगद तथा खाद्यान्न सहयोग गरिएको छ । बुढीगंगा नगरपालिका ६ कि जानकी बोहरा बिरामी भएर जिल्ला अस्पताल बाजुरामा उपचार गराउन पुग्नु भएको थियो । जिल्ला अस्पतालमा उपचार सम्भब नभए पछि अस्पतालले बोहरालाई अन्तै रिफर ग¥यो । आर्थिक अभावका कारण अहिले अन्त गएर उपचार गर्न खर्च नभएर घरमै रोग संग लडिरहेको र घरमा खानेकुराको समेत अभाव भएकाले एक महिनाको लागी पुग्ने गरी आज मेची महाकाली बुहारी संयुक्त आवाज जिल्ला अध्यक्ष रिता शाहीले पिडितको घरमै पुगेर नगद सहित चार केजि दालराहत स्वरुप खाद्यान्न सहयोग गर्नुभएको हो । बोहराको परिवारलाई एक कट्टा चामल, चार केजि दाल, तिन केजि चिनी, पाँच केजि नुन, चार पिस साबुन सरसफाईका सम्पूर्ण सामाग्री बिस्कुट चिउरा लगाएत एक महिनालाई खान पुग्ने गरी खाद्यान्न सहयोग गरिएको अध्यक्ष शाहीले बताउनुभयो । त्यस्तै सोही वडाका चक्र खयाएतको परिवारलाई समेत खाद्यँन्न सहयोग गरिएको छ खडायतको परिवारलाई पनि एक कट्टा चामल, चार केजि दाल, तिन केजि चिनी, पाँच केजि नुन, चार पिस साबुन सरसफाईका सम्पूर्ण सामाग्री बिस्कुट चिउरा लगाएत एक महिनालाई खान पुग्ने गरी खाद्यान्न सहयोग गरिएको छ । खडायतकी श्रीमतीको मृत्यु भएको र घरमा एउटा मात्रै छोरा पालिरहेका र उनको घरमा आर्थिक अवस्था कमजोर भएकाले आज राहत स्वरुप खाद्यान्न सहयोग गरिएको हो । उक्त खाद्यान्न बुढीगंगा नगरपालिकाका नगर प्रमुख दिपक बिक्रम शाह उप प्रमुख तारा खातीले घरमै पुगेर हस्तान्तरण गर्नुभएको छ । मेची महाकाली बुहारी संयुक्त आवाज बाजुराकी अध्यक्ष रिता शाहीले जानकी बोहराको उपचारका लागी पहल गर्ने प्रतिबद्धता दिनुभएको छ । जिल्लामा अति बिपन्न बालबालिका र महिलाको हकहितका लागी काम गर्ने उद्देश्य अनुरुप जिल्लाका बिभिन्न पालिकामा सहयोग गर्दै आएको जिल्ला अध्यक्ष रिता शाहीले जानकारी दिनुभएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार