होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढिगंगा नगरपालिका मेयर शाहलाई कोरोना पोजेटिभ
समाचार

बुढिगंगा नगरपालिका मेयर शाहलाई कोरोना पोजेटिभ

  • नागरिक रैबार
बुढिगंगा नगरपालिका मेयर शाहलाई कोरोना पोजेटिभ

बाजुरा   — बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाका नगर प्रमुख दिपक बिक्रम शाहलाई कोरोना पुष्टि भएको छ । केही दिन अगाडी स्वाव संकलन गरी अछामको कमलबजारमा रहेको प्रयोगशालामा गरिएको परिक्षणमा नगर प्रमुख शाहको कोरोना पोजेटिभ देखीएको बुढिगंगा नगरपालिकाले जनाएको छ ।

मेयर शाह लगायत ४७ जनाको स्वाव संकलन गरी पठाएको र मेयर शाह भन्दा बाहेक सबैको निगेटिभ देखीएको नगरपालिकाले जनाएको छ । मेयर शाह हाल टाटेँ स्वास्थ्य चौकीको क्वाटरमा रहेका बताएका छन । उनको स्वास्थ्यमा कुनै समस्या नभएको मेयर शाहले जनाएका छन । स्वाव संकलनको बेला सामान्य रुघाखोकी लागेको मेयर शाहले बताए । मेयर शाह कार्तिक २३ गते जिल्ला प्रशासन कार्यालयको सर्बदलिय बैठकमा समेत सहभागी रहेका थिए ।

केही दिन पहिला टाटेँ स्वास्थ्य चौकीमा कार्यरत १ जना कर्मचारी समेत कोरोना पोजेटिभ देखीएका थिए । हाल सम्म बाजुरामा ४ हजार ३३ जनाको परिक्षणमा बाजुरामा ५ सय ९२ जना कोरोना संक्रमीत रहेका छन भने हाल सम्म २ जना संक्रमीतको मृत्यु भईसकेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार