होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ३० फागुन। बढिगंगा नगरपालिका १ नम्मर वडाका स्थानिय बासीहरु बस्तीविस्तारको माग गर्दै जिल्ला प्रशासन कार्यालय बाजुरा पुगेका छन् । जिल्लाको साँफे मार्तडी सडक खण्ड अन्तरगतको अम्कोटको पहिरोले गर्दा अम्कोट बासीहरुको उठिबास भएको वर्षौ वित्दा पनि जिल्ला प्रशासन कार्यालयले चासो नदेखाएपछि अम्कोट बासी प्रशासनमा आउन बाध्य भएको अम्कोटका स्थानीय लक्ष्मी पाध्यायले बताएका छन् । […]
बाजुराः बाजुराको बडिमालिकास्थित बुढीगंगा नदीमा पुल निर्माणको काममा ढिलाइ भएको छ। ठेकेदारको लापरवाहीका कारण पुल निर्माणमा ढिलाइ भएको बताइएको छ। ५० मिटर लामो पुल निर्माणका लागि २०७३ असार ३० मा ठेक्का भएको थियो। ठेक्का पाएको काष्ठमाण्डौं मसिना जेभीको लापरवाहीका कारण अहिलेसम्म पुल निर्माण कार्य पूरा हुन नसकेको स्थानीयले बताएका छन्। चार करोड ४७ लाख लागतमा […]
१ बुढीगंगा नगरपालिका- १३६५२ २ खप्तड छेडेदह गाउँपालिका-११९०६ ३ त्रिवेणी नगरपालिका – ११६०६ ४ बुढीनन्दा नगरपालिका- १०९४४ ५ बडिमालिका नगरपालिका- ९७८८ ६ स्वामिकार्तिक खापर गाउँपालिका- ७४६२ ७ गाैमुल गाउँपालिका- ६०७४ ८ जगन्नाथ गाउँपालिका – ५४९२ ९ हिमाली हिमाली गाउँपालिका- ५१८९ जम्मा : ८२११३ श्राेत : निर्वाचन आयाेग
नागरिक रैबार/बाजुरा १२ फागुन । जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. १० मा रहेको सिंगाडा मावि एकमहिनादेखि प्रधानाध्यापक विहिन बनेको छ ।यस अघिका प्रधानाध्यापक विश्णुध्वज शाह गत माघ १८ गतेबाट सेवा अवधि सकेर विदाई भएपछि विद्यालय प्रधानाध्यापक विहिन बनेको हो । प्रधानाध्यापक शाहको विदाईपछि विद्यालय व्यवस्थापन समितिले प्रअ छनोट गर्न सकेको छैन् । विद्यालयमा प्रधानाध्यापक रिक्त […]
नागरिक रैबार/बाजुरा ५ फागुन । बुढिगंगा नगरपालिकामा स्थानीयले लगाएको ताला ४ दिन पछि आज खुलेको छ । नगर कार्यपालिकाका पदाधिकारी र स्थानीय बिचको सहमती पछि चारदिनपछि ताला खोलेको स्थानीय हिक्मत थापाले बताएका छन् । चार दिन अगाडीदेखी स्थानीयहरुले नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत चाहियो भन्दै तालाबन्दी गरेका थिए । नगरपालिकाको आर्थिक अधिकार सहित प्रमुख प्रशासकिय अधिकृत […]
नागरिक रैबार/बाजुरा ५ फागुन। जिल्लाको बुढीगंगा नगरपालिकामा जनप्रतिनिधिहरुको लापरवाहीका कारण नगरबासी हैरान बनेका छन् । नगरपालिकाका नगरप्रमुख दिपक विक्रम शाह र उपप्रमुख तारा खातिको लापरवाहीका कारण नगरपालिकामा ३ महिना वित्न लाग्दा समेत प्रमुख प्रशासकीय अधिकृत विहिन बनेको भन्दै नगरबासी आक्रोसित बनेका छन् । नगर सरकार गठन भएको सूरुदेखि नै विवादित बन्दै आएको बुढीगंगामा स्थानीयहरुले कार्यकारीको […]
नागरिक रैबार/बाजुरा २९ माघ। नेपाली काँँग्रेस प्रदेश‘ख’ को कोषाध्यक्षमा जनकबहादुर रोकायालाई मनोनित गरेकाे छ । नेपाली काँँग्रेस प्रदेश‘ख’ को शनिबार बसेको कार्य समितिको दाेस्राे पूर्ण बैठकले प्रदेश‘ख’ काे कोषाध्यक्षमा रोकायालाई मनोनित गरेको हाे । नेपाली काँँग्रेस प्रदेश‘ख’ पार्टीको दोस्रो पुर्ण बैठकले जेष्ठ सदस्यका रुपमा रहेका रोकायालाई कोषाध्यक्षमा मनोनित गरेको नेपाली कांग्रेस प्रदेश‘ख’ का सचिव चक्रराज […]
नागरिक रैबार/बाजुरा २६ माघ।नेकपा एमाले जिल्ला कमिटी बाजुराको माघ २५ गते सदरमुकाम मार्तडीमा बसेको पदाधिकारीको प्रथम बैठकले जिल्लाका ९ वटै पालिकामा इन्चार्ज तोकेको छ । पार्टीकाे विधान बमाेजिम जिल्लाका ९ वटै पालिकामा नेताहरुलाई पालिका इन्चार्जको जिम्मेवारी तोकेको पत्रकार सम्मेलन मार्फत एमाले बाजुराका सचिव भरत थापाले जानकारी गराएका छन् । एमाले सचिव थापाका अनुसार एमालेको पदाधिकारी […]
नागरिक रैबार बाजुरा २३ माघ। जिल्लाको बुढिगंगा नगरपालिका वडा न ६ बाम्काबजार नजिकै मोटर साईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अछाम घर भई बाम्का बजारमा व्यापार गर्दै आएका बलबहादुर सुनार रहेका छन् । सुनारकाे घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सु.प्र.प. ०१-००८ प ४०५० नम्मरको […]
नागरिक रैबार बाजुरा ८ माघ। बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाको वडा न ४ स्थित खडलवाडाकी एक महिला आज विहान जङ्गली भालुको आक्रमणमा परि घाईते भएकी छन । घाईते हुनेमा सोही नगरपालिका वडा न ४ खडालवाडाकी ४८ बर्षिया नन्दा रावत घाईते भएकी हुन । बिहानको समयमा घर नजिकै भालुले आक्रमण गरेको उनका छोरा राजेन्द्र रावतले जानकारी दिएका […]
नागरिक रैबार/बाजुरा ३० पुस। नेकपा एमाले बाजुराको जिल्ला कमिटिमा देशकै कान्छी समि विष्ट सदस्यमा निर्वाचित भएकि छन् । चार वर्ष पहिले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को क्याम्पस कमिटी सदस्यबाट औपचारिक रुपमा राजनीतिमा प्रवेश गरेकी विष्टले अनेरास्ववियु जिल्ला कमिटी सदय र पार्टीको जनवर्गिय संगठनमा रहेर भूमिका खलेकी थिइन् । ‘कक्षा–८ देखि राजनीतिमा चासो […]
नागरिक रैबार बाजुरा २७ पुस । अमेरीका बस्ने नेपाली नागरिक बुवा नारायण खना र आमा छला खनालकी एक बर्षिया छोरी काब्य खनालको जन्मदिनको अबसरमा बाजुराको एक बिद्यालयका गरिव तथा बिपन्न बालबालिकाहरुलाई जकेट उपहार दिएकी छन । बाजुराको बुढिगंगा नगरपालिका वडा न १० मा रहेको सिगाडा माध्यामीक बिद्यालयका ५७ जना बालबालिकाहरुलाई जन्मदिनको अबसमार जकेटहरु उपलब्ध गराएको […]
नागरिक रैबार/बाजुरा १८ पुस नेकपा एमाले बाजुराको सातौ जिल्ला अधिवेशनका लागि जिल्लाका ६९ वटै वडाबाट सर्वसम्मत प्रतिनिधी छनोट भएका छन् । पार्टीको संगठीत सदस्य संख्याको आधारमा जिल्लाका ६९ वटै वडाबाट जिल्ला अधिवेशनमा सहभागि हुने प्रतिनिधीहरु सर्वसम्मत छनोट गरिएको एमाले बाजुराले जनाएको छ । एमाले बाजुराका अनुसार ५० जना बराबर १ खुला, ३५ जना बराबर १ […]
नागरिक रैबार/बाजुुरा १८ पुस।बाजुराबासीको दशैं तिहारपछिको ठुलो पर्वका रुपमा मनाईने भुवो पर्व सूरु भएको छ । जिल्लामा मनाइने साँस्कृतिक पर्व भुवा सुरु भएको हो । महाभारतको कथा र पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले भस्सो पर्व पनि भन्ने गरेका छन् । पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो […]
नागरिक रैबार/बाजुरा १५ पुस। जिल्लाको बुढीगंगा नगरपालिकामा २ दिने निःशुल्क आँखा शिविर संचालन गरिने भएको छ । बुढीगंगा नगरपालिका स्वास्थ्य शाखा र गेटा आँखा अस्पताल कैलालीको सयुक्त आयोजनामा यही पुस २८ र २९ गतेका दिन टाँटे स्वास्थ्य चौकीमा शिविर संचालन हुने बुढीगंगगाका स्वास्थ्य संयोजक दिपक शाहले बताएका छन् । शिविरमा आँखा उपचारमा आउने विरामीहरुको मोतिया […]
नागरिक रैबार/बाजुरा १४ पुस। बाजुराको सदरमुकाम मार्तडीसहित जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ ।मंगलबार साँझदेखि परेको अविरल वर्षासंगै हिमपात भएपछि यहाँको जनजिवन कष्टकर बनेको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान भने खुशी भएका छन् । सिचाई नहुँदा गहुँ बाली नलगाएका किसानलाई राहत भएको छ ।हिउँदे वर्षाका कारण पहाडी क्षेत्रमा लगाइका विभिन्न […]
नागरिक रैबार/बाजुरा १ पुस। बाजुरा जिल्लाका ३ नगरपालिकासहित २ गाउँपालिकामा सन २०२० देखि संचालन हुँदै आएको स्वास्थ्य अधिकार सुधार परियोजनाको जिल्ला स्तरीय समिक्षा तथा योजना बैठक मार्तडीमा सम्पन्न भएको छ । कोईकाको आर्थिक सहयोग तथा गुडनेवर्स इन्टरनेशनल, पिसवीन, किर्डाकको प्राविधिक सहयोगमा उक्त परियोजनाको जिल्ला स्तरीय समिक्षा तथा योजना बैठक सम्पन्न भएको हो । परियोजना लागु […]
नागरिक रैबार/बाजुरा २७ मंसिर। नेकपा एमाले बाजुराका प्रभावशाली नेता मिनबहादुर विष्टले नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको सदस्य पदबाट राजिनामा दिएको घोषणा गरेका छन् । नेता विष्टले एमाले प्रदेश कमिटी सदस्यबाट आजकै मिति देखि राजिनामा गरेको व्यहोरा आइतबार साँझ सामाजिक संजाल मार्फत जानकारी गराएका हुन् । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका वडा न. ७ घर भएका नेता […]
नागरिक रैबार/बाजुरा २४ मंसिर। लैङिगक हिँसा विरुद्धको १६ दिने अभियान अन्तरगतको आज अन्तिम दिन बाजुरा जिल्लामा विभिद् कार्यक्रम गरी समापन गरिएको छ ।घरबाटै सूरु गरौं, महिला हिंसा अन्त्य गरौं भन्ने मुल नाराका साथ हरेक वर्ष नोवेम्बर २५ देखि डिसेम्वर १० सम्म यो अभियान देशभर मनाईदै आएको छ । लैङिगक हिँसा विरुद्धको १६ दिने अभियान बाजुरा […]
नागरिक रैबार/बाजुरा १९ मंसिर। बाजुराको सदरमुकाम मार्तडीको थुवाकाँध नजिकै साँफे-मार्तडी सडक खण्डमा अटोरिक्सा दुर्घटनामा परि मृत्यु भएकाको पहिचान खुलेको छ । अटोरिक्सा दुर्घटनामा परि मृत्यु हुनेमा बुढीगंगा नगरपालिका १ मा रहेको जनप्रभात आधारभुत विद्यालयका पूर्व प्रधानाध्यापक खगेन्द्र उपाध्याय र सोही नगरपालिकाकै प्रकाश नेपालीको मृत्यु भएको छ । आईतबार साँझतिर सदरमुकाम मार्तडीबाट बल्देतिर जाँदै गरेको अटोरिक्सा […]