होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बुढीगंगाका जनप्रतिनिधिको लापरवाहीले नगरबासी हैरान !
Breaking News

बुढीगंगाका जनप्रतिनिधिको लापरवाहीले नगरबासी हैरान !

  • नागरिक रैबार
बुढीगंगाका जनप्रतिनिधिको लापरवाहीले नगरबासी हैरान !

नागरिक रैबार/बाजुरा ५ फागुन। जिल्लाको बुढीगंगा नगरपालिकामा जनप्रतिनिधिहरुको लापरवाहीका कारण नगरबासी हैरान बनेका छन् ।
नगरपालिकाका नगरप्रमुख दिपक विक्रम शाह र उपप्रमुख तारा खातिको लापरवाहीका कारण नगरपालिकामा ३ महिना वित्न लाग्दा समेत प्रमुख प्रशासकीय अधिकृत विहिन बनेको भन्दै नगरबासी आक्रोसित बनेका छन् ।

नगर सरकार गठन भएको सूरुदेखि नै विवादित बन्दै आएको बुढीगंगामा स्थानीयहरुले कार्यकारीको माग गर्दै ३ दिन देखि नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । नगरबासीका समस्याको समाधान नहुँदासम्म नगरपालिकामा तालावन्दी जारी राख्ने नगरबासीको भनाई छ ।

यस अघिका प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जनको सरुवा भएपछि नगरपालिकामा आर्थिक कारोबार ३ महिनादेखि ठप्प रहेको छ । कार्यकारी नहुँदा विकासे कामका भुक्तानी, सामाजिक सुरक्षा भत्ता, शिक्षक, कर्मचारीहरुको तलव निकासा हुन् सकेको छैन् ।

विज्ञापन

नगरपालिकामा ३ महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नुहँदा आर्थिक कारोबारोका साथै नगरपालिकाबाट हुने सम्पूर्ण कामहरुमा बाधा भएपछि नगरपालिकामा तालबन्दी गरिएको स्थानीय हिक्मत थापाले बताएका छन् । नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको पुर्ति नहुँदासम्म नगरबासीले कार्यालयमा ३ दिनदेखि लगाएको ताला नखाेल्ने स्थानीय थापाको भनाईछ ।

यता नगर प्रमुख दिपक बिक्रम शाह भने नगरपालिकामा कार्यकारी अधिकृतको समस्याको समाधान नगरेर विदेश भ्रमणमा निस्किएका छन् । नगर प्रमुख शाहले नगरपालिकामा कार्यकारीको विवाद नमिलाएकै कारण नगरपालिकामा तालावन्दी गर्न जनतालाई बाध्य बनाउने काम भएको नगर उपप्रमुख तारा खातिको भनाई छ ।

बुढीगंगा नगरपालिकामै जन्मेका नेताहरु राज्यका मन्त्री देखि साँस‌द सम्म भइसकेका छन् । तर उनीहरुको आफ्नो नगरपालिकामा यसरी ३ महिनासम्म एउटा कार्यकारी नपाउँनुले नगरबासीका लागि हास्यास्पद कुरा भएको स्थानीय सर्कल थापाले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार