होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • शिक्षा
  • बुढीगंगामा रहेको सिंगाडा मावि एक महिनादेखि प्रधानाध्यापक विहिन
शिक्षा

बुढीगंगामा रहेको सिंगाडा मावि एक महिनादेखि प्रधानाध्यापक विहिन

  • नागरिक रैबार
बुढीगंगामा रहेको सिंगाडा मावि एक महिनादेखि प्रधानाध्यापक विहिन

नागरिक रैबार/बाजुरा १२ फागुन । जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. १० मा रहेको सिंगाडा मावि एकमहिनादेखि प्रधानाध्यापक विहिन बनेको छ ।यस अघिका प्रधानाध्यापक विश्णुध्वज शाह गत माघ १८ गतेबाट सेवा अवधि सकेर विदाई भएपछि विद्यालय प्रधानाध्यापक विहिन बनेको हो ।
प्रधानाध्यापक शाहको विदाईपछि विद्यालय व्यवस्थापन समितिले प्रअ छनोट गर्न सकेको छैन् । विद्यालयमा प्रधानाध्यापक रिक्त भएपछि विद्यालयमै कार्यरत रहेका स्थायी शिक्षक रण बहादुर साउँद र चन्द्रकला शाहले प्रअ को जिम्मेवारी सम्हाल्ने इच्छ्या राखेपछि विद्यालय व्यवस्थापन समितिले साउँद र शाह मध्ये कसलाई प्रअको जिम्मेवारी दिने एकिन निणर्य गर्न सकेको छैन् ।

यता शिक्षा नियमावली २०५९को परिक्षेद १७ को नियम ९३ को उपनियम १ देखि १६सम्म प्रधानाध्यापक सम्बन्धि व्यवस्था गरिए अनुसार व्यवस्थापन समितिले सामुदायिक विद्यालयमा रिक्त प्रधानाध्यापकको हकमा शिक्षा शास्त्र विषयमा कम्तीमा प्रमाणपत्र पास वा सो सरह, निम्न माध्यमिक तहको हकमा शिक्षा शास्त्र विषयमा कम्तीमा स्नातक तह वा सो सरह, माविको लागि शिक्षा शास्त्रमा कम्तीमा स्नातकोत्तर तह वा सो सर उत्तीणर् गरि सम्बन्धित तहमा स्थायी शिक्षक मध्ये बाट दरखास्त आव्हान गर्नु पर्ने उल्लेख छ ।

विद्यालय व्यवस्थापन समिति पनि शिक्षा नियमावली अनुसार विद्यालयमा प्रअ छनोट गर्ने प्रक्रियामा रहेको भएपनि तर हालका निमित्त प्रअको जिम्मेवारी सम्हालेका रण बहादुर साउँदले शिक्षा नियमावली अनुसार विव्यसलाई प्रअ तोक्न नदिने दावी गरेपछि प्रअको छनोटमा समस्या सिर्जना भएको विव्यस अध्यक्ष दलबहादुर साउँदले बताएका छन् ।

विज्ञापन

यता बुढीगंगा नगरपालिकाका विद्यालय निरिक्षक जयलाल न्यौपानेले मावि स्तरको विद्यालय भएकोले मावि स्थायी शिक्षकले मात्र यस विद्यालयमा प्रअ हुन् पाउँछ भनेर दवाव दिएको र विद्यालयमा माविको स्थायी दरवन्दी शिक्षक नभएपछि विद्यालयमा प्रअ छनोटमा झन विवाद भएको बुढीगंगा नगरपालिका १० का वडा अध्यक्ष तथा सोही विद्यालयका पदेन सदस्य धर्मराज जोशीले बताएका छन् । अवको केही दिन भित्रै शिक्षा नियमावली अनुसार प्रअ छनोट गरेर गर्ने समेत वडा अध्यक्ष जोशीको भनाई छ ।

विद्यालय व्यस्थापन समितिका अध्यक्ष दल बहादुर साउदले कि विनि सरले मावि दरबन्दी दिएर स्थायी शिक्षक पठाइदिए प्रअ बनाउन सजिलो हुन्थ्यो नत्र प्रावि स्वीकृत मावि अनुमति पाएको विद्यालयमा प्रावि स्थायी मावि सम्मको योग्यता भएको शिक्षकलाई प्रअ बनाउँदा राम्रो हुन्थ्यो विव्यस अध्यक्ष साउँदको भनाई छ ।

उक्त विद्यालयमा प्रअका लागि दावी गर्दै आएका शिक्षक रण बहादुर साउँदको एस एल सि सम्मको योग्यता छ भने शिक्षिका चन्द्रकला शाहको स्नातकोत्तर तह सम्मको मावि शिक्षक लाइसेन्स रहेको छ । विद्यालय १ महिनापुग्न लाग्दा समेत प्रधानाध्यापक विहिन बनेको भएपनि विव्यसले विद्यालयमै कार्यरत रहेका साउँद र शाह मध्ये एकजनालाई प्रअ छनोट गर्न नसकेपछि विद्यालय संचालनमा समस्या भएको छ । कक्षा १ देखि १० सम्म पढाइ सन्चालन गर्दै आएको उक्त विद्यालयमा साढे चार सय बढी विद्यार्थी अध्ययनरत रहेका छन् भने १२ जना शिक्षकहरु कार्यरत छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार